लकडाउनमा पेन्सनको टेन्सन : यता बेवास्ता, भारतमा भने एडभान्स पेन्सन वितरण


महोत्तरीका दिनेश ढकाल नेपाल सरकारका सेवानिवृत्त कर्मचारी हुन्, रोगका कारण सामान्य हिँडडूल गर्न समेत बाधा पुगेका उनी आइतवार विगतका केहि महिनासम्मको पेन्सन बुझ्न जनकपुरस्थित राष्ट्रिय वाणिज्य बैंकमा पुगे । दिनेश लगायत दशौं लाख सेवानिवृत्त कर्मचारीहरु आफ्नो जीवन सरकारी सेवामा अर्पण गरेपछि पेन्सनको सहारामा बाँचिरहेका छन्, घरखर्च, ओखती लगायतका कुराहरुमा यस्ता कर्मचारीको पेन्सन रकममा निर्भरता रहन्छ ।

पहिले फोन गर्दा बैंक आइतबार खुल्ने भएको बताएपनि बैंक उक्त दिन बन्द रहेको र बुधवार आउन भनेर जनकपुर शाखामा सूचना टाँसिएको थियो । बल्ल तल्ल दश ठाँउमा प्रहरी गुहारेर बैंक पुगेका दिनेश गाँउ फर्किए, दिनेश जस्ता अरु धेरै मान्छेहरु बैंकका दैलोसम्म पुगेर फर्किएका छन् । चैतमा चेकबुक सकिएको भएर चेक काटेर पनि पठाउन नसकेको दिनेशको गुनासो छ, उनी भोली फेरि बैंक जाँदैछन् ।

प्रस्तुतीः सुयोग ढकाल

पटक पटक बैंकमा लकडाउन अगाडि नै चेकबुक हस्तान्तरणका लागि निवेदन दिएको र उक्त निवेदकलाई प्रक्रिया पूर्र्याएर आफ्नो चेकबुक दिन पत्राचार समेत गरेका दिनेशका निवेदन त्यहाँका कर्मचारीले बुझेनन, नयाँ कर्मचारीहरु धेरै भएकाले मेरो निवेदन नलिएका होलान दिनेश भन्छन् । दिनेशकी श्रीमती चैतको शुरुवाती हप्तामा नै बैंक पुगेकी थिइन ।

सरकारले कोरोना त्रासमा पेन्सन बित्तरणमा कुनै रचनात्मक विधि नअपनाएको एकातिर छ भने क्रमशः महिनावारी पेन्सनको रकम जम्मा हुने मिति पनि सर्दै गएको छ, महिनाको पहिलो हप्ता खातामा जम्मा हुने पेन्सन अब उक्त महिनाको अन्तिम हप्तामा मात्र जम्मा हुन्छ ।

अब कुरो गरौं भारतको: इम्प्लोइमेन्ट प्रोभिडेन्ट फण्ड अर्गनाइजेशनले भने सेवानिवृत्त कर्मचरीहरुलाई कोरोनाको बिषम् परिस्थितीमा आफ्ना राष्ट्रसेवक पूर्व कर्मचारीहरुलाई पेन्सन रकम अग्रिम भुक्तानी गरेको छ । कोरोना कहरपछि नै भारत सरकारले ८६८ कारोड भारु पेन्सन र अर्को १०५ करोड भारु अग्रिम भुक्तानका लागि जम्मा गरीसकेको छ ।

नेपालमा भने तराईका जिल्लामध्यको महोत्तरीमा यस्तो पेन्सन प्राप्तिका लागि यति समस्या छ भने भौगोलिक बिकट क्षेत्रहरुमा कस्तो अवस्था हो, सहजै अनुमान गर्न सकिन्छ ।

लकडाउनको ३ महिना पुग्ने संघारमा सरकारी तर्फबाट नागरीकको सेवा सुहलियत र जीवनयापनका लागि निकै थोरै पहल भएको पाइन्छ, स्वास्थोपचारका संरचनामा पनि यतिका दिनहरुमा केहि सुधार नआएको पाइन्छ ।

पेन्सन वितरणको सवालमा भने सरकार संवेदनशील हुन जरुरी देखिन्छ, बुढ्यौली लागेका कर्मचारीलाई सहज वितरण गर्न सक्नु र समयमा नै दिन सक्नु न्यूनतम मापदण्ड हो ।


Loading comments...