लकडाउनको कारण मध्यम वर्गमा बढ्दै गएको आर्थिक र मानसिक तनाव


सगुन कायस्थ, काठमाण्डौ २०७७ जेष्ठ २१ बुधवार । कोरोना भाइरसले गर्दा विश्व स्थिर भइरहेको बेला नेपालमा पनि लकडाउन भएको दुई महिना पूरा भइसकेको छ तर संक्रमितहरुको संख्या भने दिन दुई गुणा रात चौगुणाका दरले दिन प्रतिदिन बढ्दै गइरहेको छ । जसको कारण लकडाउन कति दिन लम्बिने हो र यसको स्वरुप कस्तो हुने हो रु भन्न सकिने स्थितिमा छैन । सम्पूर्ण वर्गका मानिसहरु अहिले लकडाउनको सामना गरिरहेका छन् । लकडाउनको कारण दैनिक ज्याला मजदुरी गर्नेदेखि लिएर ठूल्ठूला उद्यमी पनि यसको मारबाट अछुतो रहन सकेनन् । हाल लकडाउनले गर्दा मध्यम वर्ग सबैभन्दा बढी चिन्तित हुन थालेका छन् । यतिबेला मध्यम वर्गका मानिसहरुमा मानसिक र आर्थिक समस्याले ठुलो तनाव उत्पन्न हुन थालेको छ । मध्यम वर्ग समाजको एउटा यस्तो वर्ग हो जसले देशको कूल जनसंख्याको ५०५ हिस्सा ओगटेको छ ।

लकडाउनपछि पनि उनीहरुसँग घरभाडा लिन सकिने स्थिति छैन । यो कुरा राम्ररी बुझेपनि बैँकको तिर्न बाँकी कर्जाले मुटुलाई छियाछिया बनाउँछ । बैंकले कर्जामा छुट नदिएपछि भाडा लिनुको अर्को विकल्प छैन । आज महिनौँ बितिसकयो न म कसैलाई राहत दिन सक्छु न त राहत लिन जान नै सक्छु ।

देशैभरि मध्यम वर्गीय परिवाकारको ठुलो हिस्सा भए पनि यस वर्गलाई लक्षित गरी सरकारले अहिलेसम्म कुनै किसिमको ठोस राहत प्याकेजको घोषण गर्न सकेको छैन । जसका कारण अहिले आएर मध्यम वर्गीय परिवारमा आर्थिक तथा मानसिक तनाव बढ्दै गएको एक सर्वेक्षणले देखाएको छ ।२०७२ सालको महाभूकम्पको मारबाट बल्लबल्ल तङ्ग्रिएका यस वर्गमा फेरि अहिले आएर कोरोना भाइरसले थप संकट उत्पन्न गरेको छ । कोरोना भाइरसको कारण सरकारले गरेको लकडाउनको मार सहनु बाहेक अरु कुनै विकल्प नरहेको मध्यम वर्गीय परिवारको गुनासो छ । हिजोआज हामीले दैनिकजसो आत्महत्या गरेको खबर विभिन्न सञ्चार माध्यमहरुबाट सुनिरहँदा उक्त आत्महत्याको कारणहरुबारे हामी भने बेखबर छौँ । लकडाउन सुरु भएयता नेपालमा पनि आत्महत्या र आत्महत्याको प्रयासमा बृद्धि भएको सरकारी आँकडाले प्रष्ट पार्छ ।

काठमाडौँको पुर्ख्यौली सम्पतिमा अडिएको व्यापारिक भवनको चौँथो तल्लामा बस्दै आएका आमा, बुबा, एक छोरा र एक छोरी भएको एउटा सानो र सुखी परिवार । बुबा काठमाडौँस्थित नाम चलेको कलेजको प्रोफेसर । छोरी एक प्राइभेट हस्पिटलमा स्टाफ नर्स । घरको पहिलो दोस्रो र तेस्रो तल्ला भाडामा दिएको कारण जीवनयापन गर्न सहजै थियो तर एक्कासी कोरोनाको काराणलकडाउनको मार खेप्नुपर्दा मन खिन्न पार्दै मलिन आवाजमा बुबा भन्दै थिए २०७२ सालको भूकम्पले आफू बस्ने घर ध्वस्त भयो । बैंकबाट ऋण लिएर साथी भाइहरुसँग सापटी लिएर वर्षौँ लगाएर बल्लतल्त बनाएको घर जुन घरबाट २०७७ सालमा ठुलो आशा थियो तर विडम्बना कोरोना कहरले बैंकको ऋण कसरी तिर्नेरु आफूले चढ्ने गरेको गाडीको किस्ता र छोरीले चढ्ने स्कुटिको किस्ता कहाँबाट ल्याएर तिर्ने रुगहभरी आँशु राखि अब त बिहान बेलुका दुई छाक टार्न पनि नसकिने अवस्था भयो भन्दै उनी चिन्तित थिए । न आफूले काम गर्ने कलेजबाट तबल आउँछ न त कतैबाट आउने आम्दानीको स्रोत नै छ । घर भाडामा बस्ने व्यक्तिहरु पनि हाल कोही छैनन् ।

लकडाउनपछि पनि उनीहरुसँग घरभाडा लिन सकिने स्थिति छैन । यो कुरा राम्ररी बुझेपनि बैँकको तिर्न बाँकी कर्जाले मुटुलाई छियाछिया बनाउँछ । बैंकले कर्जामा छुट नदिएपछि भाडा लिनुको अर्को विकल्प छैन । आज महिनौँ बितिसकयो न म कसैलाई राहत दिन सक्छु न त राहत लिन जान नै सक्छु । यिनै कुराले रातमा पनि मन झस्कने गर्छ । उनको यो पीडा आफ्नै ठाउँमा छ । यस्तै अर्का व्यक्ति जसको छोरी भर्खरै एक वर्ष पूरा हुँदै छिन् । जसले काम गर्र्र्ने हस्पिटलले तबल ५०५ कम दिन थालेको छ । सरकारले न्युनतम मासिक तलब रु १३,५००र तोके पनि यो व्यवहारमा भने लागू हुन नसक्दा दुई छाक टार्न पनि धौधौ भएको छ । यी परिवार केवल प्रतिनिधि परिवार मात्र हुन् । हाम्रा वरपर यस्ता थुप्रै मध्यम वर्गीय परिवार छन् जो अदृश्य रुपमा लकडाउनको ठुलो चपेटामा परेका छन् । काठमाडौँभित्र पनि घर भाडामा दिएर आफ्नो हातमुख जोर्ने व्यक्तिहरुको जीवन झट्टा हेर्दा हामीले सहज देखेपनि अहिलेको समयमा यो कष्टकर छ ।

बढ्दै गएको लकडाउनको कारण मध्यम वर्गमा पर्दै गएको लकडाउनको असर देशैभरि देखिन थालिसकेको छ । त्यसकारण जागिरको भरमा या घरभाडाका भरमा जीवन बिताइरहेका परिवारहरुको लागि बेलैमा ठोस कदम चाल्न हतार भइसकेको छ । यी कुरामा सरकारकारले तत्काल ध्यानाकर्षण गर्नु जरुरी छ ।


Loading comments...