हङकङप्रति नेपालको आधिकारीक धारणामा ‘द हिन्दू’को कभरेज


‘द हिन्दु’मा कालोल भट्टरजीले जुन ३ मा एउटा आलेख लेखेका छन्, नेपालले हङकङ चीनको हो भन्दै ‘एक चीन नीति’लाई सर्मथन गरेको भनी लेखेका छन् । बुधवारका दिन नेपालले कडा रुपमा हङकङ चीनको भाग रहेको बताएको उनले उद्धृत गरेका छन्, अंग्रेजी भाषामा लेखिएको यस आलेखमा प्रधानमन्त्री ओलीको तस्वीर प्रयोग गरिएको छ ।

नेपालको विदेश मन्त्रालयका प्रवक्ताका अनुसार नेपाल तठस्त र असंलग्नता नीतिलाई आत्मसाथ गर्दै हङकङमा कानूनी राज्य र सुव्यबस्था स्थापनामा चीन सरकारले चालेको कदमको नेपालले सराहना गरेको भनी कालोल भट्टरजीले लेखेका छन् । चीनको विवादास्पद सुरक्षा निती उपर नेपालको अवस्थामा नेपालले चीनको पक्षमा रहेको स्थापित गरेको तर्क दिंदै कालोलले यस सुरक्षा नियमले हगंकगंको सार्वभौमीक्ता नै खतम हुन सक्ने संभावना पनि रहेको बताएका छन् ।

चीनले भारतलगायत अन्य देशहरुलाई पनि यस नीतिको समर्थन गर्न आग्रह गरेकोमा पाकिस्तान र नेपालले यसलाई खुलेर समर्थन गरेको कालोलले लेखेका छन् । अक्टोबर सन् २०१९ मा नेपाल सरकार र चीनसरकारले चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणका दौरान दुबै देशमा चाइनाविरोधी प्रदर्शनकारी र अपराधीलहरुलाई टार्गेट गर्ने सम्झौता समेत गरेको कालोलको लेखमा लेखिएको छ । चीन बिरोधी तिव्बती मुभमेन्टलाई टार्गेट गरेर यो सम्झौता गरिएको दावी लेखमा गरिएको छ ।

त्यस्तै चीनको ‘सिन्हवानेट’ले पनि हङकङको कानून र सुव्यवस्था कायम गर्न चीनले गरेको प्रयासलाई नेपालको समर्थन शिर्षकमा समाचार लेखेको छ ।

नेपाल सरकारको आधिकारीक धारणा के?
नेपालले हङकङका लागि चीनको ‘राष्ट्रिय जन कांग्रेस’द्वारा अनुमोदित नयाँ राष्ट्रिय सुरक्षा कानूनलाई समर्थन गरेको छ । नेपाल सरकार, विदेश मन्त्रालयका प्रवक्ता भरतराज पौड्यालले नेपालले आफ्नो एक चीन नीतिलाई दोहोर्याएको र हङकङ चीनको अभिन्न अंगको रूपमा रहेको स्पष्ट गरेका छन् ।

हङकङका लागि चीनले अनुमोदन गरेको राष्ट्रिय सुरक्षा कानूनको सन्दर्भमा बोल्दै, “शान्ति, कानून र सुव्यवस्थाको रखरखाव राष्ट्रको प्राथमिक जिम्मेवारी हो” प्रवक्ता पौडेलले मिडियाकर्मीहरुको प्रश्नहरूको जवाफमा व्यक्त गरे ।

उनले नेपालले कुनै पनि देशको आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने कुरामा जोड दिए र हङकङमा कानून-व्यवस्था कायम गर्न चीनको प्रयासलाई समर्थन गरे ।


Loading comments...