शीर्षासन कति समय गर्नुपर्छ?


सुयोग ढकाल, २२ जेष्ठ, काठमाण्डौ । शीर्षासन हठ योगहरुमा मुख्य मुद्राहरुमध्येको एउटा हो, जसलाई आसनको राजा समेत भन्ने गरिन्छ । शीर्षासन एउटा अत्यन्तै लाभकारी योग हो । यसमा व्यक्तिले आफ्नो खुट्टालाई माथी तथा शीरलाई तल अर्थात् टाउकोले टेके उल्टा उभिएको मुद्रामा आफूलाई स्थिर राख्दछ । योगाशनम यो अत्यन्तै कलात्मक, लोकप्रिय, उपयोगी तथा प्रभावकारी आसन हो ।

शीर्षासन कति समय गर्नुपर्छ?
शीर्षासन कतिञ्जेलसम्म गर्नुपर्छ भन्ने विषयमा एकमत भेटिन्न । केही योगशिक्षकहरु यसलाई २ मिनेटसम्म गर्ने सुझाव दिन्छन् भने केहीले यो आशन ३ देखि ५ मिनेटसम्म गर्ने सुझाव दिन्छन् । योगाभ्यासमा लागेकाहरुका अनुसार प्रारम्भमा कम्तीमा ३० सेकेण्डसम्म शीर्षासनको अभ्यास गर्नुपर्छ । फेरी विस्तारै विस्तारै केही दिनपछि तपाईं शीर्षासनको समय बढाउँदै लैजानुहोस् । यदि तपाईं शीर्षासनको अभ्यास दैनिक रुपमा गर्नुहुन्छ भने यसले तपाईंलाई कैंयन किसिमले फाइदा पुर्याउन सक्छ ।

शीर्षासनको फाइदाहरुः

शरिर सन्तुलनमा सहयोग गर्छ
तपाईंको शरीरलाई तन्दरुस्त राख्नुबाहेक, शीर्षासनले तपाईँले आफूलाई सन्तुलन गर्ने क्षमता बढाउँछ । यो आसनको माध्यमले तपाईँ आर्ट अफ बाइलेन्सको बारेमा सिक्न सक्नुहुन्छ । यो आसनका क्रममा सन्तुलन बिग्रिएर पटक पटक खस्नबाट जब तपाईं आफूलाई बचाउनुहुन्छ यो क्रमले तपाईँको सन्तुलन क्षमताको विकास गर्दछ ।

तनावदेखि टाढा राख्छ
शीर्षासन तनाव तथा चिंताबाट मुक्तिका लागि सहयोगी छ । यसले तपाईँको दिमाग तथा शरीरलाई शान्त गर्न मदत गर्छ । यस बाहेक यसले तनाव बढाउन सहयोग गर्ने हार्मोनको उत्पादनलाई कम गरेर तनावको सामना गर्न तपाईँलाई सहायता गर्छ ।

मस्तिष्कका लागि सहयोगी छ शीर्षासन
शीर्षासन योगले मस्तिष्क कोशिकाहरुका लागि एउटा समृद्ध अक्सिजनयुक्त रक्तसञ्चार गर्दछ । शीर्षासनले पिट्यूटरी तथा पीनियल ग्रंथिहरुको स्राव नियमित गर्ने गर्दछ । स्मरण शक्ति, एकाग्रता, उत्साह, स्फूर्ति, निर्भय, आत्मविश्वास तथा धैर्य बढाउँदछ । शीर्षासनले एकाग्रतामा सुधार गर्दछ किनकी यसले मस्तिष्कमा रगतको प्रवाहलाई बढाउँछ । जसले तपाईंको दिमागलाई स्पष्ट तथा तेज राख्दछ ।

यसले तपाईँको दृष्टिमा सुधार गर्नसक्छ
यदि तपाईँ शीर्षासनलाई नियमित रूपले गर्नुहुन्छ भने यसले रक्तसञ्चारमा सुधार गर्दछ । जसको कारण यसले आँखा, कान तथा नाकको उचित कामकाजमा समेत सहयोग पुर्र्याउँदछ । यसले घाँटी तथा नाकको पीडा, मायोपिया तथा खोंकीजस्ता कैंयन रोगहरुलाई निको पार्न समेत सहयोग गर्दछ ।

स्वस्थ्य हड्डिहरुका लागि लाभकारी
शीर्षासन गर्नाले तपाईँको हड्डिहरु बलियो हुन्छन् जसबाट तपाईँ ओस्टियोपोरोसिस जस्ता रोगहरुबाट टाढै रहनुहुनेछ । यसकारण युवावस्थामामा गरिएको शीर्षासनले तपाईँको बुढेसकालमा हुनसक्ने सम्भावित ओस्टियोपोरोसिस जस्तो स्वास्थ्य समस्याबाट बचाउन सहयोग गर्छ । यस बाहेक शीर्षासन इम्यून सिस्टम तथा कार्यक्षमतालाई बढाएर उर्जावान बनाउँछ । यो योग मुद्राले पाचनकार्यलाई बढाउन समेत सहयोग गर्दछ ।

अन्य अनेक स्वास्थ्य समस्याको सामना गर्न मदत गर्छ
शीर्षासनले यौन्विकारहरुको सामना गर्न मदत गर्दछ । जस्तै प्रोस्टेट समस्या, ल्यूकोरेरिया, शुक्राणुरोधक, तथा सम्पूर्ण सामान्य रजोनिवृत्ति तथा मासिक रजस्वलासँग सम्बन्धित समस्याहरु । यस बाहेक शीर्षासनको नियमित अभ्यास रक्त वाहिकाहरुमा हुने दवावबाट राहत समेत प्रदान गर्दछ ।


Loading comments...