७ जना संक्रमीत पुष्टि भएको नगरपालिकामा सयौंको जुलुस: विरोध ठूलो कि स्वास्थ्य ?


यो महोत्तरी जिल्लाको भंगहा नगरपालिकाको दृश्य हो, बजार छेउको श्री माध्यमिक बिधालय भंगाहामा ३०० जना भन्दा धेरै क्वारेन्टाइनमा छन् । नगरपालिकाको संयोजनमा नेपालभारत वोर्डरमा अलपत्र नगरवासीहरुलाई गाडी पठाएरै नगरपालिकासम्म उद्धार गरेर ल्याइयो र ल्याएर क्वारेन्टाइनमा राखिएको छ । संभवत आफ्ना नगरवासीहरुलाई सिमावाट उद्धार गर्ने पहिलो नगरपालिकाहरुको सूचीमा भंगाहा नगरपालिका पर्दछ यद्धपी अहिले त्यहाँ राजनैतिक खिँचातानीका कारणले गर्दा पटक पटक संक्रमणको जाेखिमको परवाह नगरि नाराजुलुक र सैयौंको संख्यामा बिरोध र्‍यालीहरु निकालिरहेका छन् ।

जनता समाजवादी पार्टीका मेयर सन्जीब साहको विरोधमा यी र्‍यालीहरु नेपाली काँग्रेस तथा नेकपा संयूक्तका कार्यकर्ताहरुले निकालेको बताइएको छ, सामाजिक दुरीको कुनै परवाह स्थानीयलाई विरोधका लागि निकालिएका यस्ता र्‍यालीले विरोध त जनाउला तर भोलीका दिनमा संक्रमणको जोखिमलाई बढाउने सम्भावना चाँही प्रशस्त छ ।

राहतका बिषयमा मेयरसंगको बिवादपछि यि र्‍यालीहरु आयोजना गरिएका हुन्, पहिलो चरणमा हप्तादिन अघि नै एउटा र्‍याली आयोजना भएको बताइन्छ । मेयर साहले भने पटक पटक आन्दोलनरत पक्षलाई आफ्नो कुराहरु लिएर वार्तामा आउन र आफूमार्फत केहि गल्ती भएको नभएको छानविन गर्न आव्हान गर्दै आएका छन् ।

मेयर सञ्जिव साह

राहत वितरणका कुरा देखि राहतको परिमाणसम्ममा चित्त नबुझेको स्थानीयहरु र्‍यालीमा उत्रिएको बताइन्छ, नगरपालिकाले भने प्रथम चरणको राहतमा १० किलो चामल, एक लिटर तेल, एक प्योकट नुन र एक किलो दाल वितरण गरिसकेको छ ।

विवाद अनि बैमनस्यतालाई लकडाउनमा पनि र्‍याली निकालेर प्रदर्शन गरिनु उचित उपाय नहुन सक्छ यद्धपी नगरपालिकामा सयौंको संख्यामा मान्छे भेला पारेर र्‍याली निकाल्दै जनस्वास्थ्य माथि नै खेलवाड गरिरहेको स्थानीयको भनाई छ । मेयरसँगको विवादलाई लिएर नगरवासीको स्वास्थ जोखिमसँग सम्झौता गर्न नहुने तर्क धेरैको छ ।

यस्ता सयौंका संख्यामा मान्छे सहभागी गरेर निकालिएको भीडको प्रयोजन र प्रयोजन दुबै भंगहा नगरपालिकावासीका लागि जोखिम भएको छ । सारा विश्व नै कोरोना त्रासमा भएका बखत भँगहा नगरपालिकाको राजनीतिज्ञहरुको राजनीतिको शिकार समग्र नगरपालिका नहोला भन्न सकिँदैन ।


Loading comments...