ओली र नेतेनयाहुको फोन वार्ताः नेपाल इज्रेल सम्बन्धको ६० वर्ष


सन् १९६० को जुन १ तारिखका दिन दक्षिण एसियाली राष्ट्रहरु मध्ये पहिलो राष्ट्रका रुपमा विश्वकै पहिलो यहुदी राष्ट्रका रुपमा इज्रेलको समर्थनमा नेपालले भोट गरेको हो, आजपनि नेपाल इज्रेलको समबन्धको उदहारण र अपनत्व तेलअबिब र काठमाण्डौंसम्म सुनिन्छ ।

यसवर्षको जुन एक तारिखका दिन पनि नेपालका प्रधानमन्त्री ओली र इज्रेलका समकक्षी बेञ्जामिन नेतेनयाहुबिच फोन वार्ता भएको छ । स्मरण रहोस्स सन् १९६० मा नेपालका निर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइराला दक्षिण एसियाली राष्ट्रहरुमैं पहिलो निर्वाचित प्रधानमन्त्रीका रुपमा इज्रेलका तत्कालिन राष्ट्रनेता र संस्थापक डेभिड बेन गुरियनको निमन्त्रणामा इज्रेल पुगेका थिए ।

गत जुन १ तारिखका दिन कोरोना त्रास र दैलोमा रहेको आर्थिक मन्दीको चौघेरामा दुबै देशका नेताहरुले पछिल्ला ६० वर्षको पूनरावोलोकन गर्दै आगामी दिनमा नेपाल इज्रेल सम्बन्धलाई नयाँ उँचाईमा लैजाने संकल्प गरेको बताइन्छ ।

उनीहरुले उपयूक्त समयमा हाइलेभल भ्रमण मार्फत् दुवै देशका उच्चपदस्त अधिकारी र नेतृत्वको भेला गराई थप परियोजना र नितिहरुमा छलफल गर्ने पनि रुपरेखा तयार पारेको खबर छ । नेपालको परराष्ट्र मन्त्रालयको विज्ञप्तीमा यी कुराहरु बुँदागत रुपमा उल्लेख छन् । इज्रेलमा बिभिन्न रुपमा लाखौं नेपालीहरु कार्यरत छन् भने हरेक वर्ष हजारौं इज्रेलीहरु नेपालमा भ्रमणका लागि आउने तथ्याङ्क देखिन्छ ।

यस वार्ताका दौरान प्रधानमन्त्री ओलीले इज्रेली समकक्षीलाई विशेषत कोरोनाको उपचार अनि रोकथामका प्रविधीहरु इज्रेललाई नेपालसँग बाँड्न अनुरोध गर्नुभएको बताइएको छ, यसका साथै नेपाली परराष्ट्रमन्त्रीले आफ्ना इज्रेली समकक्षी गावि अश्कनाजीलाई पनि सन्देश पठाउनुभएको उल्लेख गरिएको छ ।

राजा महेन्द्रको शासनकालमा नेपाल र इज्रेलको सम्बन्ध स्थापना भएको हो, महेन्द्रको राष्ट्रवाद र दूरदर्शिता अनुरुप आजसम्म पनि नेपाल र इज्रेलको सम्बन्ध र छवीमा कुनै आँच आएको छैन । राजा महेन्द्र सन् १९५६ देखि १९७२ सम्म सिंहासनमा हुनुन्थ्यो भने यसै समयमा प्रधानमन्त्री विशेश्वर प्रसादले नेपालमा समाजवादी सरकार निर्माणका कदमहरु अघि सारेको पाइन्छ । राजा महेन्द्रले पनि सन् १९६३ मा इज्रेल भ्रमण गरेको इतिहास छ, नेहरुवियन भारत र माओत्से तुगंको चीनको समयमा नेपालले आफ्नो परराष्ट्र सम्बन्धलाई बढाउँदै नयाँ देश इज्रेलसँगको दौंतरी अघि बढाएको पाइन्छ ।

सन् २०१६ को मे महिनामा नेपालका तत्कालिन परराष्ट्र मन्त्री कमल थापाको औपचारीक इज्रेल भ्रमण नै पछिल्लो समयको नेपाली नेतृत्वहरुको इज्रेल भ्रमण हो ।


Loading comments...