करोनाभाइरसको संक्रमणबाट जोगिन घरबाहिर निस्कँदा र फर्किँदा के गर्ने?


संयम तथा संकल्प यो दुवै शब्द यस्तो शब्द हो जसका कारण तपाईं हरेक अप्ठेरो परिस्थितिको समेत सामना गर्न सक्नुहुन्छ । आज सिङ्गो पृथ्वी कोरोनाभाइरस (COVID-19) को संक्रमणको सामना गरिरहेको छ । यस्तोमा हाम्रो पनि जिम्मेवारी हुन्छ की हामी आफ्नो स्तरमा यस वैश्वीक संक्रमणकालिन अवस्थालाई सावधानीका साथ रोक्ने तथा संक्रमण हुनै नदिने प्रयास होस् । यदी हरेक नागरिकले संयमाता अपनाएर आफ्नो व्यक्तिगत सरसफाई तथा घर तथा सार्वजनिक स्थलहरु दूर्गन्धरहित तथा सफासुग्घर राखेर सामाजिक दूरीलाई कायम राख्दै अनावश्यक घर बाहिर ननिस्किने हो भने यो स्वास्थ्य संकट जस्तो कठिन युद्धमाथी विजय प्राप्त गर्न सकिन्छ ।

पोषणविदः प्रज्ञा रिमाल

बल्ल कोरोना संक्रमितको संख्यात्मक रुपमा दैनिक बढिरहेको बखत र विदेशबाट नेपालीहरु ल्याउन थालिएको बखत झण्डै तीन महिनाको लकडाउनको अवस्था पछि अब देशको राजधानी काठमाण्डौ लगायत देशका कैंयन शहरहरुमा आर्थिक गतिविधिको तयारी थालिएको छ । लकडाउन खुकुलो हुँदै गएको छ र मानिसहरुको चहल पहल बढेको देख्न सकिन्छ । वास्तवमैं सावधानी अपनाउनुपर्ने समय बल्ल शुरु भयो । यसकारण यहाँ आवश्यक यो छ की तपाईं अत्यावश्यक कामले बाहिर निस्कँदा तथा बाहिरबाट घर फर्किंदा निम्न कुराहरुमा गम्भिरता साथ ध्यान दिनुहोस्ः

घरको सरसामान लिनका लागि घरबाट बाहिर निस्कने बेला के गर्ने?
१. घरबाट सक्दो अनावश्यक निस्किंदै ननिस्कने ।
२. नाक मुख ढाकिने गरी मास्क अथवा रुमाल तथा आँखामा चश्मा (सन ग्लास) अनिवार्य लगाउने तथा खल्तिमा ह्याण्ड सेनिटाइजर अनिवार्य लिएर हिंड्ने ।
३. यदी नजिकै मात्र कतै निस्किनु छ भने आफ्नो मोबाइल घरमैं छाड्नुहोस् ।
४. पर्सको साटो हातमा अथवा गोजीमा पैसा तथा झोला बोकेर निस्कनुहोस् ।
५. लिफ्टको बटन अथवा एटिएमको बटन या गेटको ह्याण्डल छुनुपरे टिश्यू पेपरको प्रयोग गर्नुस् अथवा ह्याण्ड सेनिटाईजरको प्रयोग गरेर मात्र प्रयोग गर्नुहोस् । प्रयोग गरिएका टिश्यू पेपरलाई जथाभावी नफाल्नुहोस्, डस्टबिनमा राख्नुहोस् ।
६. बाहिर सामान खरिद गर्दा सामान बाहेक बाहिरको अरु कुनैपनि चिजबिज नछुनुहोस् ।
७. बाहिर सामान खरिद गर्दा अथवा अन्य कुनैपनि अवस्थामा नाङ्गो हातले आफ्नो आँखा, मुख अथवा अनुहारको कुनै पनि भागलाई नछुनुहोस् ।
८. हाँच्छ्यूँ गर्दा रुमाल अथवा टिस्यू भए टिस्यू प्रयोग गर्नुहोस् अथवा हातको कुहिनेको बिचको भागमा नाक तथा मुखराखेर छ्ँयू गर्नुहोस् र सक्दो चाँडो त्यतिखेर प्रयोग गर्नुभएको कपडा तथा कुहिनो सहित हात खुट्टा साबुन पानीले मिचि मिचि धुनुहोस् ।

खरिद गरिएका सामान घरमा लग्ने बेला
१. घरको ढोकाको ह्याण्डल नछुनुहोस । घरमा भएका सदस्यलाई बोलाएर ढोका खोल्न भन्नुहोस् र यदि सुविधा छ भने घर बाहिर नै साबुन पानीले हात खुट्टा धुने र सरसामानहरु नबिग्रिनेगरेर धोइपखाली गर्ने र सम्भव छ भने नुहाउँदा पनि हुन्छ ।
२. घरमा प्रवेश गरिसकेपछि सामानहरु, सवारीसाधनको साचो तथा छुट्टा रकमहरु छन् अथवा पर्स बोक्नुभएको छ भने सुरक्षित गरी छेउमा राख्नुहोस् र ह्याण्ड सेनिटाइजर छर्कनुहोस् ।
३. मोबाइल यदि बाहिर लग्नुभएको हो भने थोरै सेनिटाइजर टिस्यूमा राखेर मोबाइलको स्क्रिन र प्यानल राम्री पुछ्नुहोस् ।
५. घरमा बाहिरबाट आएका जुनसुकै सामानलाई घरमैं तयार पारीएको ब्लीचको घोलले समेत सफा गर्न सक्नुहुन्छ । घरमैं ब्लीचको घोल तयार पार्न सजिलो छ । त्यसका लागि एक लिटर पानीमा एक बिर्को अथवा २ ठूलो चम्मच ब्लीच मिसाउनुहोस् र राम्री घोल्नुहोस् । यसरी तयार पारीएको ब्लीचलाई मोटरसाइकल, साइकल अथवा चारपाङ्ग्रेमा छर्किएर समेत संक्रमणरहित बनाउन सक्नुहुन्छ ।
६. यदी बाहिर जाँदा अथवा घर फर्किंदा हातमा लगाउने सर्जिकल ग्लब्स प्रयोग गर्ने गर्नुभएको छ भने त्यसलाई खोल्नुहोस् र साबुन पानीले हात तथा त्यस ग्लब्सलाई राम्ररी पखाल्नुहोस् ।

—-
लेखक प्रज्ञा रिमाल पोषण विज्ञ हुनुहुन्छ


Loading comments...