विर्षनै नहुने इतिहास ‘पृथ्वीनारायण शाह’


आधुनिक नेपालका रचयता पृथ्वीनारायण शाहको संझना गर्दा या बारेमा लेख्दा आजभोली यो त राजावादी झोले भन्ने चलन छ । हरेक देशका एकएक रचयता हुन्छन्, देशलाई जोडेर जगेर्ना गर्ने उक्त रचयताको द्रष्ट्रव्यले देश अघि बढेको हुन्छ । पृथ्वीनारायण शाह तिनै दूरदर्शी राजा हुन्, नेता हुन् । यिनका दिव्योपदेश अनि द्रष्टव्यका किस्साहरु भारत अनि अन्य दक्षिण एसियाली देशका केहि लेखकहरुले लेखेका छन्, हामी यिनलाई बिसर्नुलाई लाई लोकतन्त्रको पालना ठान्दै बसेका छौं ।

राजा र पसलेमा फरक हुन्छ, राजाले देश जोड्दै ल्याउँदा केहि माथि अन्याय पनि भएको होला, कतै हिंसा पनि भएको छ, युद्ध त यिनको हस्ताक्षर नै थियो तर अस्तिका दशकमा हजारौं नेपालीहरु मारिने गरि युद्धरत पक्षलाई माफी दिएर सत्तामा ल्याउने अनि शान्ति स्थापनाको सन्देश विश्वलाई दिने नेपालले २०० वर्षअघिको राज्य एकिकरणको इतिहासलाई किन अपराध मानेका होला मलाई ताज्जुब लाग्छ ।

suyog dhakal
लेखकः सुयोग ढकाल

यो बिसं १९०० ताकाको कुरा हो, पृथ्वीनारायण शाहको मृत्यू भने बिसं १८३१ मा भएको हो, यिनले एकीकरण गर्दाताका कबुल गरेका र दिने घोषणा गरेका दानहरु १९०० बिक्रम सम्वतसम्म नियमित भएको पाइन्छ । यिनका राजपुरोहितहरु उपमन्यू वंशका ढकाल थरका थिए, ढकालहरु पृथ्वीनारायणको एकीकरणका कदमहरुमा आजपनि बसेका पाइन्छन् । नुवाकोट, सिन्धुली देखि हरेक ठाँउहरुमा रणनैतिक बिजयपछि पृथ्वी नारायण आफ्ना नजिकका मान्छेलाई त्यहाँ बसाले, ढकालरु एवं रितले बस्दै गए ।

यो चाँही बिक्रम सम्वत १८०० ताकाको कुरा हो, तारुका नुवाकोटकाका वाणी प्रसाद ढकाललाई जुन आजको त्यहाँ बसेका ढकाल पुस्ताहरु भनदा ठिक ७ पुस्ता अघिका मुल हुन्, वहाँलाई पृथ्वीनारायण हाले पुजा सामाग्रीका रुपमा मन्दिरका लागि दान दिएका केहि सामाग्रीहरुको तस्वीर मलाई फेसबुकको पेजवाट प्राप्त भयो । आफ्नो संस्कार, सभ्यता र संकल्पका लागि अनि राष्ट्रको मायाका लागि पृथ्वी नारायण शाहले गरेका राम्रा कदमहरु हामीले सराहना गर्न नसक्ने हो भने हामीले इतिहास भूलिदिए हुन्छ । गोर्खा अनि गोर्खाली शब्दलाई तिलान्जली दिए हुन्छ । यि दानका सामाग्रीहरुमा दियो, सुरो, करम, पात्रो र सुन चाँदीका सिक्काहरु थिए ।

लगभग १९४० तिर ५ हेक्टर बारी, ६०० रोपनी खेत प्रदान गर्नु भएको रहेछ । यी कुराहरु हनुमान ढोकामा रहेको शिलालेखमा पनि वर्णन गरिएको छ । यो एउटा एतिहासिक गौरवको विषय हो । हामीले यस विषयमा अझ खोज गर्नुपर्दछ् र यो आउँदो पुस्ताका लागी अझ बढि पठनिय र खोजनिय विषय हुनेछ ।

राजालाई हेला गर्नु लोकतन्त्रलाई माया गर्नु हैन, हरेक यूगमा राजनैतिक आयाम परिवर्तन भएको छ, राजा थिए, राजा हटे र यो गणतान्त्रीक लोकतन्त्र आयो । भोली यो तन्त्रका साटो अर्को तन्त्र आउन सक्नेछ र आउँछ पनि, सबै पद्धति र तन्त्रमा देशको अबिछिन्न इतिहास छ, पृथ्वीनारायण शाहको जयन्तीमा बिदा कटौति गरेर र उन्का बारेमा पाठ्यपुस्तकमा नलेखेर नपढाएर इतिहास मेटिन्न, सम्झना तिनैको हुन्छ जस्ले केहि दिएर र छाप छाडेर गएका हुन्छन् ।


Loading comments...