
अन्तराष्ट्रिय पर्वतीय ग्रेट हिमालयन महोत्सव पोखरामा
१७ मंसिर २०७५, सोमबार १४:३१
पोखरामा ‘अन्तराष्ट्रिय पर्वतीय ग्रेट हिमालयन महोत्सव‘ हुने भएको छ । महोत्सव नेपाल पर्वतारोहण संघंको आयोजनामा डिसेम्बर १० देखि १२ सम्म ३ दिन अन्तराष्ट्रिय पर्वतिय संग्रहालय, पोखरा-१७ मा गर्न लागिएको हो । सन् २०१४ मा संयुक्त राष्ट्रसंघले डिसम्बर ११ लाई अन्तराष्ट्रिय पर्वतीय दिवस घोषणा गरेपछि नेपाल पर्वतारोहण संघले पनि पर्वतीय महोत्सव आयोजना गर्दै आएको छ ।
विगत ५ बर्ष देखि मनाइँदै आएको यस महोत्सवमा विज्ञान, प्रविधि, खानाका परिकार, सूचना केन्द्र, विभिन्न पर्यटकीय वस्तु सहितका ३० भन्दा बढी व्यावसायिक स्टलहरु रहनेछन् । गुरुङ, मगर, राई, लिम्बू, शेर्पा, थकाली तामाङलगायतका अन्य जनजाति तथा समुदायका सांस्कृतिक नाच तथा खानाका परिकारलाई समेत प्रतिस्पर्धात्मक रुपमा राखिने र उक्त खानाका परिकारमध्ये प्रथम, द्वितीय र तृतीयलाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिने छ ।
खेल पर्यटनको विकास गर्ने उद्देश्यका साथ ४५ किमीको अल्ट्रा म्याराथन हुनेछ । जसलाई ‘एनएमए बैकुण्ठ मानन्धर हिमालयन म्याराथन’ नाम दिइएको छ । म्याराथनका प्रथम विजेतालाइ रु १ लाख दृतिय विजेताले रु ५० हजार र तृतीय विजेताले रु २० हजार पुरस्कार स्वरुप प्राप्त गर्ने छन भने महिला हरुका लागि हाप म्याराथुन जस्मा प्रथम हुनले रु ५० हजार, द्धितिय हुनेले २५ हजार र तृतीय हुनेले १५ हजार पाउने आयोजकले बताए ।
महोत्सवमा हिमालयन साइक्लिङ, टोनी हेगन टुरिजम पेन्टिङ, तारो हान्ने र छेलो हान्ने, बोल्डरिङ क्लाइम्बिङ समावेश गरिएको छ । साइक्लिङतर्फ विजेताले एक लाख १० हजार र पन्टिङतर्फ विजेताले ५५ हजार पुरस्कार पाउनेछन् साथैप्रसिद्ध हिमाल आरोहण गर्नेलाई सम्मान गर्ने कार्यक्रमसमेत रहेको छ ।
५० हजार भन्दा बढीले अवलोकन गर्ने पर्यटन बोर्डको सहकार्यमा हुने यस महोत्सवले भिजिट नेपाल २०२० लाई समेत सहयोग पुग्ने हिसावले पर्वतीय महोत्सव आयोजना गरिएको आयोजकले दाबी गरेका छन ।
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारत सरकारको आर्थिक सहयोगमा काठमाडौंस्थित मदन भण्डारी स्मृति कलेजका लागि निर्मित कलेज भवनको आज
काठमाडौं– सडकपेटी नै कब्जा गरेर सञ्चालन गरिएका वर्कसपलाई काठमाडौं महानगरपालिकाले कारबाही गरेको छ। बुधबार महानगरले बिजुली बजारको आर्क ब्रिजबाट देब्रेतर्फ
मिति २०७९।११।०१ गते अं.१६;५० बजेको समयमा काठमाण्डौ जिल्ला काठमाण्डौ महानगरपालिका वडा नं.१६ माछापोखरी चोक स्थितमा नेपाल यातायात स्वतन्त्र मजदुर संगठन,
विरगञ्ज, १४ पुस छिमेकी मुलुक भारतमा कोभिड–१९ को संक्रमण फैलन थालेपछि वीरगन्ज नाकामा उच्च सतकर्ता अपनाइएको छ । इनरुवा नाकामा