Lifestyle Portal
  •   २३ असार २०७९, बिहीबार

भारतले नेपालमा ५६ वटा उच्च माध्यमिक विद्यालयको पुनःनिर्माण गर्ने

२७ जेष्ठ २०७७, मंगलवार १०:११

नेपाल २०७७ जेष्ठ २६ । नेपालका गोरखा, नुवाकोट, धादिङ, दोलखा, काभ्रेपलाञ्चोक, रामेछाप र सिन्धुपाल्चोक जिल्लामा ५६ वटा उच्च माध्यमिक विद्यालयको पुनःनिर्माण गर्न भारतीय राजदूतावास तथा नेपाल सरकार शिक्षा मन्त्रालय अन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन इकाइबिच ७ वटा सम्झौतापत्रमा हस्ताक्षर भएको छ । नेपालमा भूकम्प पश्चातको पुनर्निर्माण कार्यक्रम अन्तर्गत भारत सरकारको नेरु २.९५ अर्ब आर्थिक सहयोगमा यी विद्यालयहरुको पुनःनिर्माण गरिनेछ ।

भूकम्प प्रतिरोधी क्षमताको लागि यी विद्यालयहरु नेपाल सरकारले तोकेको मापदण्ड अनुरुप पुनःनिर्माण हुनेछन् । विद्यालय पूर्वाधारमा शैक्षिक भवन, कक्षाकोठा, फर्निचर र छात्र तथा छात्राका लागि छुट्टै सरसफाइको सुविधा रहेको छ । भूकम्प प्रतिरोधी संरचना पुनर्निर्माणको क्षेत्रमा भारतकै प्रमुख संस्थान केन्द्रीय भवन अनुसन्धान संस्थान, रुड्कीले यी विद्यालयहरुको पुनःनिर्माणको लागि प्राविधिक सहयोग प्रदान गर्नेछ ।

भूकम्प पश्चातको पुनर्निर्माण परियोजना लगायत नेपालको सामाजिक–आर्थिक विकासका लागि नेपाल सरकार र यसका निकायहरुसँगको सहकार्यलाई निरन्तरता दिन भारत सरकार प्रतिबद्घ छ ।

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

नइ प्रकाशनको प्रतिष्ठा, गरिमा र महिमाको उचाइ अभिवृद्धिका लागि विशिष्ट योगदान पुर्याएबापत देशदेशान्तरका महानुभावलाई ‘नइ रजत महोत्सव पदक’ अर्पण गर्ने

असार १९, वीरगंज । विश्व हिन्दू परिषद् नेपाल, पर्सा निकट युवाहरुद्वारा पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिकामा विरोध प्रदर्शन गरिएको छ ।

भारत सरकारको अनुदान सहयोग अन्तर्गत नेपालका विविध हितग्राही संस्थाहरुलाई ७५ वटा एम्बुलेन्स र १७ वटा विद्यालय बस उपहार प्रदान गरिएको

नेपालका लागि नवनियुक्त भारतीय राजदूत नवीन श्रीवास्तवले आज राष्ट्रपति भवन, शितल निवासमा आयोजित एक समारोहमा सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारी