कोरोना र क्वारेन्टाइन


नेपालमा दिन प्रतिदिन कोरोना सङ्क्रमितको सङ्ख्या बढिरहेको छ । दिन दुई गुणा रात चौगुणाको दरले सङ्क्रमितको सङ्ख्या बढिरहँदा हिजोआज हरेक दिन क्वारेन्टाइनमा भएको व्यक्तिको मृत्यु र मृत्यु पश्चात कोरोनो कारण मृत्यु भएको समाचार सुन्नुु हाम्रो दैनिकी नै बनिसकेको छ । यी समाचारहरु सुनिरहँदा हामी आम सर्वसाधारण मानिसहरुका मनमा अनेकौँ प्रश्नहरु उब्जिन थालेका छन् जुन स्वभाविक हुन् ।

लेखकः सगुन कायस्थ

आखिर किन मर्छ क्वारेन्टाइनमा बसेको मानिस अनि किन यो व्यक्तिको मृत्यु भएको २र ३ दिनपछि मृत्युको कारण कोरोना हो भनेर पुष्टि गर्छ । कोरोना भाइरसबाट कुनै व्यक्ति सङ्क्रमित हुनु यो सामान्य कुरा हो । यो कुनै अपराध होइन । सङ्क्रमित हुनु व्यक्ति स्वयमको कुनै गल्ति पनि होइन । क्वारेन्टइनमा बस्नु भनेको जघन्य अपराध गरेर जेल बस्नु पनि होइन तर हाल हाम्रो देशमा बनाइएको क्वारेन्टाइन स्थलहरु हेर्दा क्वारेन्टाइन जीवन जिउनुभन्दा जेल जीवन जिउनु नै सहज होला जस्तो देखिन्छ ।

आज हाम्रो देशमा तीन तहको सरकार छ तर पनि हतार हतारमा घोषणा गरिएको अति निम्न आवश्यक पूर्वाधार विकास बिना नै आफ्नो देशको जनतालाई स्थानीय सरकारले गोठमा भेडा बाख्रा कोचे झैँ कोचिएको दयनीय अवस्था छ । यो देख्दा सायद स्थानीय सरकार भन्न मन पराउनेहरुलाई क्वारेन्टाइन स्थल कस्तो हुनुपर्छ र के कस्ता अत्यावश्यक वस्तुहरु उपलब्ध हुनुपर्छ भन्ने कुराको हेक्का नै नभएको जस्तो महशुस हुँदैछ ।

क्वारेन्टाइन स्थल कुनै अपराधिलाई राख्ने ठाउँ होइन । यो त समाजमा ठुलो महामारी नफैलियोस भनेर बनाइएको स्थल हो । क्वारेन्टाइन स्थलमा बस्ने मानिसहरुलाई दैनिक जीवनयापनमा आवश्यक पर्ने सम्पूर्ण सरसामानका साथै हरेक दिन उनीहरुको स्वास्थ्य जाँच गर्न स्वास्थ्यकर्मी र उक्त स्थलमा रहेका व्यक्तिहरुको हेरविचार गर्न पर्याप्त जनशक्तिका साथ सुरक्षित स्थल हुनुपथ्र्यो तर विद्यमान पूर्व र पश्चिम भारतसँग नाका जोडिएको स्थानहरुमा बनाइएको कुनै पनि क्वारेन्टाइनमा माथि उल्लिखित कुनै पनि कुरामा ध्यान दिइएको पाइएको छैन । त्यहाँका क्वारेन्टाइनहरुमा खान र बस्नको त कुरै छोडौँ पिउने पानीसम्म पनि समयमा नपाएर क्वारेन्टाइनमा भएका व्यक्तिको मृत्यु भएको खबर सुनेका छौँ । एकै कोठामा २० र २५ जना व्यक्तिहरुलाई राखिएको छ । यो क्रम निरन्तर चलिरहने हो भने नेपालमा कोरोनाको भयावह स्थिति आउन धेरै समय लाग्दैन । त्यसैले सरकारले यस बारेमा समयमै बुझ्नु जरुरी छ । सरकारले हाल त्यस्ता क्वारेन्टाइनमा भएका व्यक्तिहरुको पि.सि.आर. को त कुरै छोडौँ आर। डि। टि सम्म पनि गर्न सकेको छैन । हाल हाम्रो सरकारले गरिरहेको कोरोना परीक्षणको विश्वसनीयतामा समेत प्रश्न उठ्न थालेको छ ।

आखिर किन सरकारले कुनै पनि व्यक्तिको मृत्यु हुनु पूर्व नै कोरोना परीक्षण गर्न सक्दैनरु किन मृत्यु भएको व्यक्तिको दाहसंस्कारपछि मात्र सरकारले कोरोनाको कारण मृत्यु भयो भनी पुष्टि गर्छ रु यसको औचित्य के हो र सरकार आफैँ के चाहन्छ रुनेपालमा कोरोनको कारणले भयावह स्थिति आओस् रु हिजोआज अर्को अनौठो कुरा देखिन थालेको छ । जुन दिनबाट विदेशमा भएका नेपालीहरुलाई विदेशीहरु स्वयमले आफ्नै खर्चमा नेपालको एयरपोट ल्याएर छोड्न सुरु गरेको छ । यो देख्दा लाग्छ नेपालमा दुई दर्जाका नागरिक छन् । हवाइजहाज चढेर आउने पहिलो दर्जा र हप्तौँ हिँडेर भोक प्यास केही पनि नभनी दयनीय अवस्थामा पूर्व पश्चिम नाकाबाट नेपाल प्रवेश गर्ने दोस्रो दर्जा । सरकारको हिजोआज गर्ने व्यवहार यस्तै छ । सरकारले यो कुरा बुझ्नु जरुरी छ कि कुनै पनि व्यक्ति विदेशमा काम गर्न रहरले होइन करले जान्छन् । त्यसैले आफ्नो देशको कुनै पनि नागरिकलाई धनी र गरिबको आधारमा दर्जा निर्धारण गर्न छोडौँ र समय छँदै कारोनाको रोकथामको लागि सहि नीति ल्याएर सबै देशवासीलाई कारोनाबाट बच्न मद्दत गरौँ ।


Loading comments...