
स्थानीय विकाश र प्रकृति विनाश ‘कयर ब्लुज’
प्रकृति संरक्षण आम मानिसको चासो भित्रको विषय होइन । संरक्षण गर्नुपर्ने नै बुलडोजर बनेर मैदानमा उत्रिएका हुन्छन् । यदाकदा प्रकृति दोहनका विरोध त सुनिन्छन् । तर ती आवाज सुन्नुपर्ने निकायसम्म पुग्न पाउँदैनन् । नियमकारी संस्था र न्यायालयसम्मै बिचौलियाको हालिमुहाली हुन्छ । नागरीक स्वतन्त्रताको हुर्मत लिन हमेशा तम्तयार ! उदाहरण हुन्, महोत्तरीका मृत अभियान्ता ……… महतो र उनको परिवार ।

कंकालीको डाँडालाई देखाउँदै बादल भन्थे “हेर्नुहोस्, त्यो शितल डाँडामा बास बसेर यहाँ सररर केबलकारमा चढेर यहाँ आएर खेतीपाती गर्न पाए कस्तो हुन्छ होला ?” चुनावताका बादलका वाणी थिए यी । पिठुवामा भाषण गर्दाका शब्द गृहमन्त्री बादलले आफैले कति सम्झन्छन् ? ज्ञात छैन । तर, हामी स्थानीयलाई उनका वाणीमात्र होइन, उनले शब्दमा दिएको जोड (स्ट्रेस) समेत याद छ ।
लहडले हो वा बुझेरै हो अचेल युवा चासो रुपमा यसले स्थान पाएको छ । तर, विरुद्धमा आवाज उठाउनेहरु कहिल्यै नबोल्ने गरी निदाउछन् । परिवारका जीवित सदस्य एक्लै हिड्न सक्ने अवस्था रहँदैन । स्थानीयहरु तैँ चुप मै चुप छन् । एक गलत समूहको विरोध गर्न अर्को गलत समूूहको ओत लाग्नुपर्छ । किनकी विरोधको आवाज बोल्नेलाई समाजमा बाँच्न मुस्किल छ । विरोध त केवल विरोधका लागि मात्र स्वीकार्य छ । परिवर्तनका लागि होइन । देश कर्मचारीतन्त्रले पीरोल्लिएको छ । गाउँघर लुटतन्त्रले ।
दोहनकर्ताको जथ्थाले विरोधकर्ताको विरोध आँटसम्मलाई पनि अपराध मान्छ । अचानक घरको धारामा पानी आउन छाड्छ । वरपरकाले अर्म पर्ममा बोलाउन छाड्छन् । बच्चाहरुले स्कूलमा छात्रवृत्ति पाउन छाड्छन् । स्थानीय सहरकारीमा शेयर किन्न सकिदैन । विकाशका परियोजनाले घर अगाडीको बाटो पहिल्याउन छाड्छ ।
यस्तै घटनाहरुको अर्को एक प्रतिनिधी उदाहरण हो, कयर खोलाको कथा ।
कयर खोलामा पुल बन्ने खबरले मनमा उत्साह छायो । पूर्वअर्थमन्त्रिको रोहवरमा विनियोजन भएको रहेछ । चैनपुरका बासिन्दालाई पुलको मुख्य आवश्यकता स्कूल र दुग्ध सहकारीको कारण पर्छ । शिक्षा र स्वास्थसँगै सहज सडक तथा यातायात पनि उत्तिकै अपरिहार्य छ । दैनिक जीवनयापन गर्न सबै सुविधा खोला पारीको गाउँमा छ । अझैसम्म पनि अपवाद बाहेकका स साना स्कुले केटाकेटी बर्खाका ४ महिना भेलमा हेलिएरै स्कुल पुग्छन् । आफूहरु राजधानी बसेता पनि त्यहाँका मानिसले सास्ती खेप्न पर्दैन सोचेर मन तरङ्गित भयोे ।
करिब दुई सय घरधुरी रहेको बस्तीका लागि एक झोलुङ्गे पुल काफी थियो । तीनताक कुरा पनि चलेको थियो रे । तर, पिठुवालीले आफ्नो जग्गामा बन्न नदिने भएपछि पुल बस्ती छाडेर जंगल पस्यो । भुत्याहा खोलाको बिचमा । सेना समायोजन भएर गाउँ फर्किईसकेपछि पुल तयार भयो । न्यूरेनी पट्टिका एकाध घररिवार बाहेक केही प्रेमजोडिले पर्यटनका लागि पुलको उपयोग गरे ।
उत्पादिन खाद्यान्न विक्रि गर्ने र घरायसी किनमेल गर्नेहरुले खोला तर्नै पर्छ । एक दिनको दुध खोला नतर्दा दिनभरको ज्याला भर्पाइ गर्ने अर्को माध्यम अझै पनि गाउँलेसँग छैन । दुग्ध सहकारी र स्कूल गरेर सरदर पाँच छ पटक दैनिक खोला तर्ने म एक्लो थिइन । खोला घट्ने आस गरि बस्नेले सोध्ने प्रश्न प्राय एउटै हुनथ्यो, खोलो कत्रो छ केटो, तर्न सकिन्छ ?
त्यसो त कागजी ठेगानामा मात्रै हाम्रो गाविस चैनपुर थियो । हामी बासिन्दा पिठुवाका नै थियौँ भन्दा अन्यथा अर्थ नलाग्ला । नागरिकताको लागत र मतदाता नामावलीकोे एउटाकुरा, नत्र त हाम्रो सुविधा र सुविस्ता जे भनौँ स्कुल, डेरी र मिल सबै कयर खोला पारी पिठुवामै थियो । हामीलाई चाहिने सम्पूर्ण सुविस्ताको उपलब्धता खोला पार नै थियो । शिक्षा, आय आर्जन देखि जीविको उपार्जन र आवतजावत सबै पिठुवासँग जोडिएको थियो । उनीहरु घाँस दाउरा खोज्न हाम्रोतिरको वन धाउँथे । र वर्षमा १ महिनाजस्तो धारामा पानी नआउँदा चैनपुर चाहिन्थ्यो ।
पूर्वपश्चिम राजमार्गबाट करिब ८ किलोमिटर भित्रको मेरो गाउँले सडकको अनुहार राम्ररी देखेको थिएन । पक्कि सडकको तिर्सना मेट्न राजमार्ग नै धाउनु पथ्र्यो । गाविसहरुको बिचमा रहेको कयर खोला पार गर्न सात आठ किलोमिटर परको महेन्द्र राजमार्ग छुनै पथ्र्यो । बिचमा पक्कि या कच्चि पुलको सुविस्ता छँदै थिएन ।
जनयुद्ध (तत्कालीन माओवादीले दिएको नाम) को समापनसँगै देशैभरी परिवर्तनको तरङ्ग छायो । हामी अछुत रहेनौं । घर माथिको डाँडामा सेनाको क्याम्प बस्यो । जनमुक्ति सेना नेपाल, क. वासु स्मृती ब्रिगेड डिभिजन ३ शक्तिखोर । त्यसमध्येका केही हजार हाम्रो गाउँ माथिको डाँडामा आइपुगे । बाँकी कालिका नगरपालिका (तत्कालीन जुटपानी गाविस )मा पुगे ।
त्यतिबेला चितवन पाँचवटा क्षेत्रमा विभक्त थियो । निर्वाचन क्षेत्र नं – ०२ मा रामबहादुर थापा बादल उम्मेद्वार बनेर आए । त्यसपछिका दिनमा गाउँमा चहलपहल थपियो । गाउँका बाटाघाटा चौडा भए । खोलामा पुल बन्ने हल्लाले गाउँ गुञ्जयमान भयो । रामबहादुर थापा (बादल) सभासद !
कंकालीको डाँडालाई देखाउँदै बादल भन्थे “हेर्नुहोस्, त्यो शितल डाँडामा बास बसेर यहाँ सररर केबलकारमा चढेर यहाँ आएर खेतीपाती गर्न पाए कस्तो हुन्छ होला ?” चुनावताका बादलका वाणी थिए यी । पिठुवामा भाषण गर्दाका शब्द गृहमन्त्री बादलले आफैले कति सम्झन्छन् ? ज्ञात छैन । तर, हामी स्थानीयलाई उनका वाणीमात्र होइन, उनले शब्दमा दिएको जोड (स्ट्रेस) समेत याद छ । बिडम्वना नै यही छ, चुनावमा उठ्ने नेताले आफुले केके आश्वासन दिएँ सम्झनुपर्दैन । तर, मतदाताले त्यही कुरा अर्को चुनाव नआएसम्म बिर्सिँदैनन् । अर्को पटक सोही आश्वासन लिएर नेताहरु आउँछन् । चुनाव जित्छन् । हामी उहि गल्ति दोहोर्याईरहन्छौं ।
देशको मुहान फेर्छु भन्दै कुर्लने एकले अर्कोलाई वैरी देख्न थाले । माओवादीसँगै उसको विकाशे लहर सेलाउँदै गयो । आफ्नै कालमा गाउँको जनजीवन फेरीने सपना बा आमा पछि अचेल म देख्तै छु ।
बादलले संघीय गृहमन्त्रालयको जिम्मामा छन् । नक्कली बिउले आहत किसानलाइ पार्यो । राज्यले बाँडेको राहतले बिउको आधा मुल्य उठ्न मुस्किल छ । केबलकार अझै कति चुनावको पनि भाषण विषयवस्तु बन्छ हेर्न बाँकी छ ।
डाँडाका क्याम्पमा रहेका सेनाको सामान सहज रुपमा ओसार्न पनि दुई गाउँलाई जोड्नुपर्ने बाध्यता देखियो । तल्कालै पुल बनाउन सम्भव थिएन । तल्लो गाउँ छेउ खोलाको छोटो भागमा ढलान गरेर तटबन्धन गरियो । समस्याको पूर्ण समाधान नभए पनि ठूला सवारी साधन वारपार गर्न समस्या रहेन । हामी स्कूले केटाकेटी काँधमा साइकल बोकेर तथ्र्यौ । तर्न नसके घर बस्थ्यौं । वर्षायामको चार महिना सँधै त्यसरी नै बित्दथ्यो ।
देशमा दुई पटक चुनाव भयो । पक्कि पुलको बहस छेडिदैँ थियो । त्यसको केही वर्षपछि बनेको पुलले तल्लो भेगका वासिन्दालाई सहजता प्रदान गर्यो । तर माथिल्लो भेगको समस्या ज्यूँ का त्युँ नै रह्यो ।
करिब दुई सय घरधुरी रहेको बस्तीका लागि एक झोलुङ्गे पुल काफी थियो । तीनताक कुरा पनि चलेको थियो रे । तर, पिठुवालीले आफ्नो जग्गामा बन्न नदिने भएपछि पुल बस्ती छाडेर जंगल पस्यो । भुत्याहा खोलाको बिचमा । सेना समायोजन भएर गाउँ फर्किईसकेपछि पुल तयार भयो । न्यूरेनी पट्टिका एकाध घररिवार बाहेक केही प्रेमजोडिले पर्यटनका लागि पुलको उपयोग गरे । लहडमा हामी पनि फोटो खिच्न पुग्यौं । वर्षदिन नबित्दै, दुई गाउँ जोड्न बनेकोभुत्याहा खोलाको पुल पनि भुत्याहा नै बन्न पुग्यो । गाउँबाट दुई समान विन्दुमा एक झोलुङ्गे पुल थियो अर्को पक्की । तर, जनजीवन बगर हुँदै बहिरह्यो ।
ड्याम निर्माणसँगै खोलाको दोहन समेत सुरु भयो । जिल्ला प्रशाशनको ठेक्काको नाममा मनपरी गिट्टी बालुवा निकासी हुन थाल्यो । स्वीकृत मापदण्डको कागजमा एक व्यवस्था थियो । यता डोजरको चुच्चोले भ्याएसम्म गहिरो खन्थ्यो । ड्यामको छड्के अवरोध र खोलाको गहिराइको कारण बहाव सोझै चैनपुर तेर्सियो ।
संविधानसभा चुनावको वर्ष दिन नबित्दै केन्द्र राजनीति व्यक्तिगत स्वार्थको चपेटामा पर्न थाल्यो । मन्त्रिमण्डलको विस्तार र विगठनको किचलो सुरु भो । देशको मुहान फेर्छु भन्दै कुर्लने एकले अर्कोलाई वैरी देख्न थाले । माओवादीसँगै उसको विकाशे लहर सेलाउँदै गयो । आफ्नै कालमा गाउँको जनजीवन फेरीने सपना बा आमा पछि अचेल म देख्तै छु ।
लमतन्न बगेको पूर्वपश्चिम राजमार्गलाई ठाडो काटेको छ, कयर खोलाले । खोला उत्तरमा शक्तिखोर देखि दक्षिणमा सौराहासम्मै कयर फैलिएको छ । चितवनको दुर्गमको निकास भए पनि कयर र यसको सेरोफेराले विकासको मुख देख्न पाएको छैन । खोलाको वार र पारमा विकाशको लय एकतमास छैन ।
कयर खोला पनि विकाशको नाममा पटक पटक दोहनको शिकार बनेको छ । विकाशको नाममा सुरु हुन थालेको विनाश यात्रा स्वीस सरकारको नदी नियन्त्रण तथा कटान व्यवस्थापन प्रोजेक्टसँगै सुरु हुन्छ ।
नेपाल सरकार, स्थानीय निकाय र स्वीस सरकारको संयुक्त प्रयासमा खोलाको दुवैतर्फ तटबन्धन अगि बढ्यो । वास्तविकतामा पिठूवातर्फ मात्रै । “तीन दल”को सहमतिय समीकरणमा जे निर्णय गर्न पनि सम्भव थियो । राज्यसत्ता देखि स्थानीय तह सम्म भागबण्डाको राजनीतिले ल्याएको दुस्परिणाम थियो, त्यो ।
पिठुुवा निवासी ठालूहरुका आफन्त पनि ती स्वघोषित नेतृत्व नै थिए । उनीहरुको झुकाव उतैपट्टि थियो । वैज्ञानिक समाधानतर्फ दुवैपट्टिका मानिसलाई चासो थिएन । मानिसहरुको ध्याउन्न खोलाको कटानबाट आफू बच्नु हुन्थ्यो । स्वीस नीति लागु गर्न त्यो ठाउँ स्वीजरल्याण्ड पनि थिएन ।
त्यहाँसम्म त ठिकै थियो । ड्याम निर्माणसँगै खोलाको दोहन समेत सुरु भयो । जिल्ला प्रशाशनको ठेक्काको नाममा मनपरी गिट्टी बालुवा निकासी हुन थाल्यो । स्वीकृत मापदण्डको कागजमा एक व्यवस्था थियो । यता डोजरको चुच्चोले भ्याएसम्म गहिरो खन्थ्यो । ड्यामको छड्के अवरोध र खोलाको गहिराइको कारण बहाव सोझै चैनपुर तेर्सियो । पहिलो भेलमै बा ले किनेको टारिखेत खोलाले आफ्नो आहारा बनायो । जिवनभरको कञ्जुस्याँई क्षणभरमै बगर बन्यो ।
स्थानीयको आवतजावत र सामान ढुवानीको निमित्त एक स्टिल ब्रिज नै पर्याप्त हुन्छ । पक्की पुलको त जरुरतै देखिदैन । यसैपनि नेपाल समृद्ध मुलुक होइन । प्रत्येक एक किलोमिटरको फरकमा पक्की पुलको रौनक फगत बजेट खर्च हो । समस्या पर्दा तल्लो पुल भएर एक फन्को लगाउन सकिन्छ । त्यसैपनि सहि र गलत छुट्याउने आधार मानव आवश्यकता नै हो । गीताको व्याख्याले पनि हरेक निर्णय आवश्यकता प्रधान हुनुपर्छ भन्छ । यहाँनेर सम्भावित कमिसन र व्यक्तिगत लाभको जालोलाई स्पष्ट खुट्याउन सकिन्छ ।
लुटतन्त्र झाँगिदो छ । त्यसैले देशका तमाम बेथितीका बिरुद्धका रौद्र नादहरु गुञ्जनु अपरिहार्य छ । चैनपुरको कयर खोला देखि चुरेसम्म । कर्णालीदेखि काठमाडौंसम्म । सोलु देखि सिंहदबारसम्म । संपदा संहार गरेर सिंहदरबारमा सत्तासिन हुन खोज्नेहरुलाई लछार्न युवा जाग्नुको विकल्प छैन । कोरोना कहरसँगै देशले फेरी एकपटक क्रान्ति माग्दै छ ।
सुनिन्छ, पुल स्कूल छेउ नबनेर मेरो घर मुन्तिर बन्दैछ । मलाई व्यक्तिगत रुपमा कुनै घाटा छैन । पुलको स्थान अध्ययनले निर्धारण गरेको राम्रो । यद्यपि आवश्यकताको हिसाबले स्कूल छेउ पार्दा दुवै गाउँले बृहत लाभ लिन सकिने देखिन्छ । जहाँ स्कुलको वारीपट्टि दुवै वडाका संयुक्त खेलमैदान समेत पर्छ । माथिल्लो गाउँ र तल्लो गाउँ दुवैले त्यहि मार्ग हुँदै दैनिक आवतजावत र्गछन् । दुवै गाउँले संयुक्त लाभ उठाउन पाउँछन् । तर रोचक कुरा, अहिले जहाँ पुल बन्नेभनिदैँ छ, अथवा भनौं सुनिदै छ । मेरो घरको पारिपट्टि पर्छ । पोल्ट्री व्यवसाय संचालन र अर्को पट्टि मुख्य सडकसम्म घडेरी प्लटिङ गरिएको छ । भनिन्छ, त्यसमा संग्लग्नता तीनै बिचौलियाको छ । जसले खोलो खोतलेर सखाप पारेका थिए । जुन राजनीति तटबन्धनमा गरियो, त्यहि खेल पुल बनाउँदा दोहोरीने पक्कापक्की छ ।
कृषि प्रधान देशमा मनपरी प्लटिङ गरेर वरपरका खेतीयोग्य जमीन लगभग सबै नास भैसके । कृषिको आत्मनिर्भरता उखान बन्न भ्याईसक्यो । त्यसमाथी, व्यक्तिगत स्वार्थ पूर्तिको लागि सम्पूर्ण विकाश परियोजनाकै धज्जी उडाउनु कति जायज हो ?
यति सानो समस्याको लागि लेख नै लेख्न जरुरत थिएन । तर, उल्लेखित कथन भुँईमान्छेको समस्या हो । भुँईमान्छेको समस्या व्यक्तिको होइन देशको समस्या हो । पिठुवा र चैनपुरको मात्रै होइन । देशैभरी, यस्ता समस्या गल्लि गल्लिमा बराल्लिएका छन् ।
अहिलेको अवस्थामा भुँईमान्छेलाई आत्मसम्मान सहित बाँच्न हम्मेहम्मे पर्छ । सिधा र सत्य बोेल्नेहरुलाई त झन् तेस्रो दर्जाको व्यवहार गरिन्छ । अघोषित बहिस्कारमा पर्छन् । नागरीकलाई देशमा गरीखान दिदैनन् । युवा विरक्तिएर परदेश भासिन्छन् । यस्ता समुहको पहिचान गरीजालो च्यात्न जरुरी छ ।
लुटतन्त्र झाँगिदो छ । त्यसैले देशका तमाम बेथितीका बिरुद्धका रौद्र नादहरु गुञ्जनु अपरिहार्य छ । चैनपुरको कयर खोला देखि चुरेसम्म । कर्णालीदेखि काठमाडौंसम्म । सोलु देखि सिंहदबारसम्म । संपदा संहार गरेर सिंहदरबारमा सत्तासिन हुन खोज्नेहरुलाई लछार्न युवा जाग्नुको विकल्प छैन । कोरोना कहरसँगै देशले फेरी एकपटक क्रान्ति माग्दै छ । आर्थीक क्रान्ति । सामाजिक क्रान्ति । राजनैतिक क्रान्ति । कृषि क्रान्ति । नैतीक क्रान्ति । अरेलीका काडाँले कोतरीन बानी परेका नागाहरुलाई सिउँडीले नघोचेसम्म दुख्दैन । त्यसैले हामी सिउँडी बनिरहन आवश्यक छ ।
जसरी एक स्त्री अन्यायमा पर्दा स्त्री जातिकै अपमान भएको ठहरिन्छ । त्यस्तै धर्तीमाथी हुँदै आएका यी थिचोमिचो र अत्याचार पनि सामान्य होइनन् । त्यसैले आवश्यक छ एक युवा एकता, चपाएर थुक्न यार्सा भेषी ढुसीहरुलाई । र, फेरी गाउनु छ परिवर्तनको क्रान्ति गीतः
गाउँगाउँबाट उठ
बस्तीबस्ती बाट उठ
यो देशको मुहार फेर्नलाई उठ ।