डिज्नेले बनाउने भयो ‘अमेरीकन इद’


कोरोना सन्त्रासको बिचमा चलचित्र हल अनि थिएटरहरुमा सामुहीक भेलामाथि अवरोध आएपछि विश्वमा लघू चलचित्रहरु अनि सिरिजहरुको अनलाइन स्ट्रीमिंग चल्तिमा छ ।

विश्वप्रसिद्ध चलचित्र निर्माता कम्पनी डिज्नेले आफ्नो अनलाइन स्ट्रिमिङ संयन्त्र डिज्ने ‘प्लस ल्याएर’ अमेरिकन इद नामकको लघू चलचित्र सार्वजनिक गर्ने घोषणा गरेको छ । यस चलचित्र निर्माणकै क्रममा छ र यस्ले अमेरिकामा बसाइसरेका पाकिस्तानी परिवारको कथा र व्यथा समावेश गर्नेछ, डिज्नेले जारी गरेको वक्तव्यमा उल्लेख छ ।

८ वर्षिय अमिना यस सिरिजकी मुख्य पात्र हुन्, इद मनाउने उन्को चाहना अमेरिकामा इदका दिन सार्वजनिक बिदा नभएपछि कुठाराघात हुन पुग्दछ, यसका कारण यी सानी नानीले पेटिशन जारी गरेर अमेरिकी सरकारलाई इदमा सार्वजिनक बिदा दिलाउनका लागि दबाब अभियान शुरु गर्दछिन् ।

मूलधारका मिडिया र संयन्त्रमा खासै अघि नआएका मुसलमान समूदाय अनि त्यो पनि अमेरिकाका आप्रवासी मुसलमानका व्यथाहरु यस सिरिजले देखाउने छ ।

गत वर्ष डिज्नेले अल्लादिन र ग्लीको सिरिजहरु प्रसारण गरेको हो, ति सिरिजहरुलाई मुसलमान समूदाय र मध्यपूर्वका दर्शकहरुले अलिक शंकाको दृष्टिले हेरेका बताइएको थियो ।

अल्लादिनका मुख्यपात्र मिना मसुदले अल्लादिन खेलेपछि आफूले अन्य कुनै चलचित्रको अडिशन सम्म दिने अवसर पनि नपाएको भनी दिएका अन्तरवार्ताले मुसलमान कथा अनि अभिनेताको विश्वव्यापी अवस्थासँग जोडेर हेरिएको थियो ।

विश्वप्रसिद्ध अलादिन चलचित्रका नायकको ब्यथा

विशेषत सुपरहिरो, फिक्शन अनि मूलधारका गोरा र पश्चिमाहरुको कथालाई आधार बनाउने हलिउड चलचित्र अनि सिरिजहरुले पछिल्लो समयमा दर्शकको बाहुल्यता अनि ब्यापारको सम्भाव्यतालाई हेर्दै पूर्वीय धार लगायत मुस्लिम कथाहरु र भारतीय उपमहाद्विपका बिषयवस्तुलाई आधार बनाएर चलचित्र बनाउने क्रम बढ्दो छ । चाहे त्यो बेनेडिक्ट कम्बरव्याचको काठमाण्डौमा खिचिएको चलचित्र ‘डक्टर स्ट्रेन्ज’ सिरिज होस या लाइफ अप अ पाई, या फास्ट एण्ड फ्यूरियस, अब हेरौं डिज्नीले तयार पारेको यो ताजा कोशिस जसमा मुसलमान समूदायको व्यथा समेट्ने भनिएको छ, चलचित्र कस्तो हुनेछ ?


Loading comments...