‘अम्बर’ बिनाको यो ४ वर्ष


अम्बर गुरुङ हरेक दिन सुनिन्छन्, राष्ट्रगानमा, हरेक बिहान गुञ्जिन्छन् अनि हरेक तरेली र परेलीमा आफ्ना कालजयी गीतहरु मार्फत भाव छर्दछन् । आएपछि नजाने को नै पो छ र? अम्बर पनि त्यसै गरि आए, बजाए, गाए, कोरे अनि अन्तत गए, अनन्त यात्रामा ।

आज अम्बर गुरुङले अनन्त यात्रा तय गरेको पनि ४ वर्ष भएको छ, सम्झना बिर्षनाको विश्वमा अम्बरले आफ्नो सङगीतका कारणले आफूलाई बिर्सन सक्ने ताकत कोही श्रोतालाई दिएका छैनन, उनी प्रातस्मरणीय छन्, रहन्छन् ।

प्रस्तुतीः सुयोग ढकाल

मलाई चाहीँ अम्बरका अनेकन कालजयी गीतहरु मध्य ‘तिमी भूल मा पर्यौ, म पनि झुक्किए’ असाध्यै मन पर्दछ । बिछोडलाई पनि संयोगको बिल्ला दिएर यिनले उक्त गीतलाई रोमान्टीक बिछोडको गीत बनाएका छन्, यो गी कथिएको धेरै दशकपछि ब्रेकअपसँगहरु आए यद्धपी म त भन्छु दक्षिण एसियाली सङ्गीत र गीतमा ब्रेकअपलाई यसी रोमान्टीक किनारा दिएको पहिलो गीत नै ‘तिमी भूल मा पर्यौ’ नै हो ।

साहिर लुधियानवीले लेखेका थिए, वो अफ्साना जिसे अंजाम तक लाना ना हो मुम्कीन उसे एक खुबसुरत मोड देकर छोडना हि अच्छा, अम्बरले दार्जिलिङकी प्रेमीका र प्रेमप्रसङ्गलाई यसै गीतले पूर्णबिराम लगाए । यो गीत उन्ले बिछोडिएकी प्रेमीकाको अनुरोधमा कहिँकतै गाएनन, सामाजिक आर्थिक अवस्थाले छोड्नपरेको प्रेमको वेदना कसैलाई सुनाएनन, अन्तीम समयमा दिल्लीको अस्पतालमा अम्बरले एक पत्रकारलाई यो रहस्य खोले । सर्जकहरुको कहानी यस्तै हुन्छ, प्रेम कहानीहरुको लर्को हुन्छ तर फेरि छुटिनेहरुको पनि सूची नै हुन्छ । अम्बरका गीतहरुमा जादू छ, म यति भन्न सक्छु कि ति जादू उन्को जीवनका पाटा, रसितकता अनि सरलताले संभव थियो । उनी बितेका समयमा धेरै पत्रिका र पोर्टलहरुले उनलाई लेखे, सुने अनि ब्याख्या गरिदिए तर आज उन्को मृत्युको ४ वर्षको तिथीमा उन्लाई सम्झनारुपी श्रद्धासुमन दिनसमेत कन्जुस्याई गरेका छन् ।

म त अम्बरको फ्यान हुँ, म भुल्न सक्दिन, लाइभमाण्डुले भुल्दैन किनभने अम्बरलाई भुले हामी आफू पनि बिलाउँछौं, जहाँ अम्बर छन् त्यहाँ ताराहरु छन् । ‘रहा गर्दिसों मे हरदम मेरा इश्कका सितारा’ भनेझै हाम्रा प्रिय सङ्गीतका तारा अम्बर आकाशमा चम्कीरहनेछन् । हार्दिक श्रद्धासुमन !