Lifestyle Portal
  •   २१ माघ २०७९, शनिबार

वीरगञ्जमा युवाहरुको आक्रोशः प्रदेश के सरकार कहाँ छुपल बा?

२९ जेष्ठ २०७७, बिहीबार २२:१२

लोकप्रिय

वीरगञ्ज २९ जेठ । वीरगञ्जमा सङ्घीय सरकारको विरोधमा बिहीबार आयोजना भएको प्रदर्शनमा सरकार कोरोनाभाइरस नियन्त्रण र रोकथाममा फेल भएको युवाहरुले बताएका छन् ।

सरकारले गरिरहेको आरडीडी परीक्षणको औचित्य नदेखिएको, लकडाउन चलिरहँदा सरकारको गति चित्त नबुझेको भन्दै सरकारलाई सही बाटोमा हिँड्न दवाब दिन वीरगञ्जका युवाहरु सडकमा उत्रेका हुन् ।

वीरगञ्जको घण्टाघर चोकमा विरोध कार्यक्रम आयोजना हुने प्रशासनले खबर पाएपछि बाक्लो मात्रमा प्रहरी परिचालन गरेको थियो । युवाहरुलाई घण्टाघर जम्मा हुन नदिएपछि उनीहरु आदर्शनगर चोक पुगेर प्रदर्शन गर्दै महाविर चोकमा पुग्दा प्रहरीको अवरोध भएपछि प्रदर्शनकारीहरु सडकमै बसेर केही बेर विरोधका नारा लगाएका थिए ।

‘प्रदेश के सरकार कहाँ छुपल बार?’ ‘जोकरलाई भोट दिएपछि देशमा कमेडी त हुन्छ’, ‘हन्ड्रेड पर्सेन्ट पिसीआर, करेक्ट द क्वारेन्टिन पोलिसी’, ‘मिनिङलेस लकडाउन इज नट आन्सर’, ‘सरकार खै? १० अर्बको हिसाब खै?, ‘कर केका लागि?’ लगायतका नारा लेखिएका प्लेकार्ड लिएर युवा जुलुसमा सहभागी भएका थिए ।

८० दिनसम्म लकडाउन हुँदा पनि तिब्र रुपमा कोरोना भाइरस परीक्षण गर्न नसकेको, लकडाउनका कारण मर्कामा परेका उद्योगी व्यवसायीलाई राहत दिनुको सट्टा कर तिर्न उर्दी गरेर आहात बनाएपछि सरकारको चौतर्फी विरोध सुरु भएको छ ।

वीरगञ्जका स्वतन्त्र युवाहरुको अगुवाईमा भएको प्रदर्शनमा एक सय भन्दा बढी युवाहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ, १९ पुस :  काठमाडौँ महानगरपालिकाको पुरानो बसपार्कमा निर्माणाधीन काठमाडौँ भ्यूटावर अर्काे वर्ष सञ्चालनमा आउने भएको छ । जलेश्वर स्वच्छन्द

एजेन्सी न्युयोर्क, १९ पुस अमेरिकी अन्तरिक्ष निकाय नासाले भर्खरै नयाँ कक्ष सुरु गर्दा सूर्यको अनौठो र सुन्दर तस्बिर सेयर गरेको

एजेन्सी सेनेगल, १९ पुस सेनेगलका दुई विपक्षी सांसदलाई बजेटको बहसका क्रममा गर्भवती सांसदलाई  पेटमा लात हानेको अभियोगमा ६ महिनाको जेल

कैलालीको भजनीका करन विकका छोरा कक्षा ९ मा पढ्नुहुन्छ । उहाँका छोरा आजभोलि किताबभन्दा बढी समय मोबाइलमा भुल्न थालेपछि करनलाई