
अफ्गानीस्तानका भोका ‘शान्तिदूत’हरु
कसले ख्याल गरोस् यहाँ मान्छे ढलिरहेको बेला
कसले श्वास फेरोस यहाँ ज्यान जलीरहेको बेला
नखोज्नु अतिरिक्त हावा, यहाँ आफैलाई नपुगीरहेको बेला
अफ्गानीस्तानमा लकडाउन पछि १०० भन्दा धेरै शान्तिदूत परेवाहरु भोकमरीका कारण मरेका छन्, यसको पछाडि एउटा अनौठो कारण छ, आउनुहोस् कुरा गरौं ।
अफ्गानीस्तानको चर्चित निलो छाना भएके मजारी शरीफ मस्जिद केहि महिनायता बन्द छ, हाम्रा देशका मठमन्दिरमा झैं त्यहाँपनि परेवाहरु मस्जिदमा शरण लिएर बसेका हुन्छन् । त्यहाँ दर्शनार्थिहरुले दिएका दानाहरुमा बाँचेका परेवाहरु मस्जिद नै पूर्णत बन्द भएपछि खान नपाएरै मर्न थालेका हुन् । उत्तरी अफ्गानीस्तानको बल्ख राज्यमा रहेको यो मस्जिद १२औं शताव्दीमा बनेको हो, मस्जिद बन्द भएपछि परेवाहरुलाई खाना कुरा हुने कुरै भएन, खुवाउने मान्छे आउने कुरै भएन, त्यहाँका परेवाहरु लकडाउनमा मर्न थालेको कारण यहि हो ।
At least 1,000 pigeons die of starvation – Balkh https://t.co/7vN6KcVkDE #Afghanistan #Balkh #Rawza #Pigeons #Coronavirus #Covid #ArianaNews #ATN pic.twitter.com/Vu23Tuo9og
— Ariana News (@ArianaNews_) June 8, 2020
मस्जिदका रखवाला र संस्कृति सम्वर्धन अधिकारी कयूम अन्सारीका अनुसार दैनिक ३० वटा परेवाहरु मरिरहेका छन्, अहिलेसम्म १०० भन्दा बढि मरिसके र यि मृत परेवाहरुलाई मस्जिद बाहिर गाड्ने गरिएको छ । यि परेवाहरुलाई अल्लाहको अवतार मानिएको पाइएको थियो यद्धपी पछिल्ला समयमा यसरी परेवाहरु मर्नुलाई अशुभ संकेतका रुपमा अफगानीस्थान भरि चर्चाको विषय भएको छ ।
बाल्ख राज्यका प्रवक्ता मुनहिर फरहादले उक्त मस्जिदका रखवाला सहमत भएमा राज्यले परेवालाई खाने चाराहरु दिने बताएका छन् । १३ औं शताव्दीमा जेन्गीस खानका सेनाले मस्जिदका सबै हातले बनाइएका टाइल, भित्ता अनि कलाकौशलहरु भत्काएका थिए, त्यसपछि फेरि मस्जिदलाई दुरुस्त बनाइएको हो । यस मस्जिद र यहाँका परेवाहरु विश्वभरिका इस्लाम धर्मावलम्बीहरुका लागि पवित्र मानिएको छ ।
अहिलेसम्म विश्वभरका देशहरुमध्ये अफ्गानीस्तानमा कारोना संक्रमितहरुको संख्या बढि छ, समग्रमा कूल परीक्षण स्याम्पलमध्ये त्यहाँ ४० प्रतिशत पोजिटिभ भेटिएका छन् ।