कोरोना त्रासमा राजधानीका अस्पतालहरुमा नर्सहरु माथि अन्याय


कोरोना त्रासमा हरेक ब्यापार र ब्यवसायहरुमा प्रतिकुल असर परेको छ, निजि अस्पतलाहरुको अवस्था पनि यस वाट अछुतो छैन । थोरै कर्मचारी, कम पारिश्रमीक अनि अत्याधिक कमसल श्रम सम्झौतामा निजि अस्पतालहरुले स्वास्थ कामदारहरु परिचालित गरेका हुन्छन् ।

कोरोना त्रासमा बिरामीहरुको आवागमनमा कमी आउनु, थुप्रै ब्यापार हुने शल्यक्रिया लगायतका कुराहरुमा बिरामी नआउनु, ओपीडिमा नियमित बिरामीहरुको चाप नहुनुे ले निजि अस्पतालहरु मारमा परेको कुरा त सर्वबिधितै छ, यसै क्रमममा यि अस्पतालहरुले आफ्ना कर्मचरीलाई अब तनाव दिँदै रोजगारमाथि नै प्रश्न उठ्ने गरि अन्याय गर्न थालेका बिवरणहरु आउन थालेका छन् । सरकारी संयन्त्रहरु त परै जाओस्, यस्ता कुराहरुमा श्रमिक संगठन र पेशागत संगठनहरु पनि मौन छन् । विगतका दिनमा अस्पतालहरुमा भएका बेथितीका बिरोध गर्दै, बिभिन्न ल्याब, सिटि स्क्यान लगायतका सेवाहरुको पारर्दशिताका लागि उफ्रिने संगठनका नेतृत्वहरु अहिले मौन देखिनुले सामान्य नर्स या डाक्टर अन्य पारामेडिक्सका आवाजहरु कहिँ कतै नसुनिएको स्पष्ट देखिन्छ ।

यसरी कोरोना त्रासमा फ्रन्ट लाइनमा बसेर स्वास्थोपचारमा संलग्न नर्स अनि डाक्टर र पारामेडिक्सको विश्वभरि नै सम्मान र सुरक्षाका आवाजहरु उठिरहँदा नेपालमा भने राजधानीकै ठूला ठूला अस्पतालहरुले नर्सहरुमाथि गरेका दुरब्यवहार लज्जास्पद छ, मनोवल गिर्ने गरि फिभर क्लीनीकमा पर्याप्त सुरक्षासाम्रगी बिना धम्क्याएर काम गराउने, लकडाउनमा कर्मचारीलाई लिन र पूर्याउन समेत गाडीको ब्यबस्था नगर्ने र अन्नत ब्यापार नभएका कारणले तलब समेत काट्ने निर्णय लिएको पाइन्छ । अस्पताल पूर्ण नाफामा सञ्चालन हुँदा बोनस नबाँढ्ने संयन्त्र भएको निरपेक्ष तलब प्रावधानमा कर्मचारीहरु बिशेषत नर्सहरुले आफ्नो जीवन बिताएको पाइन्छ । लाइसेन्स पाएपछि केहि महिना त निःशुल्क आफै गाडी भाडा र खाजा बोकेर काम गरेका नर्सहरुले क्रमशः न्यूनतम ज्याला पाउन थालेको पाइन्छ, यस्ता कुराहरुले पनि पछिल्ला दशकहरुमा नर्सहरुलाई नेपालले देशमा नै राख्न नसकेको र विदेशीने नर्सहरुको सँख्या ह्वात्तै बढेको पाइन्छ । के नेपाली निजि अस्पतालहरु आफ्ना केहि कर्मचारीहरुलाई दुई महिना पनि न्यूनतम पारिश्रमकि दिएर राख्ने सर्माथ्य राख्दैनन, के न्यूनतम श्रम संझौता र आइएलओका प्रावधानहरु नेपालमा लागु हुँदैनन ?

कर्मचारी कल्याणकारी समितिका सदस्य लगायत नेतृत्वहरु आखिर कता छन् ? नर्सहरुका पिडा सुनिदिने अब कस्ले, काउन्सील लगायत अन्य पेशागत संगठनहरु र्माैन रहनुको अर्थ के होला ? पटकपटक भ्रष्टाचारका प्रमाण उदागोंं भएका नर्सका बिभिन्न पेशागत संगठन र मिडवाइफरी संगठनको मौनताले नेपालभरिका नर्स अनि पारामेडिक्सका आवश्यक्ता कहिल्यै सम्बोधन गर्न सकेको छैन ।

नर्सहरुको पेशागत सुरक्षा र रोजगारीका सम्बन्धमा नेपालमा जति फितलो प्रावधान विश्वका कुनै देशमा नहुन सक्छ, कोरोना त्रासमा ज्यान फालेर सेवागर्ने नर्सहरुलाई आधारभूत सेवा र सुविधाबाट समेत बञ्च त गराउनु कतिको जायज हो ?


Loading comments...