‘दाइबुचु’ अर्थात् बुद्धको ठूलो मूर्ति – कृष्ण बजगाईँकृत ‘हाइबुन’


यात्रा मन पराउनेहरू यात्रामा जान्छन् । त्यसरी घुमन्ते हुन मन पराउने यदि लेखक परे भने आफू रमेका, आफू दुखेका, आफू फुकेका अथवा आफूले यात्रावधिमा पाएका वा गुमाएका कुराहरूको फेहरिस्त बनाउँछन् । तिनै फेहरिस्तलाई आआफ्ना क्षमता अनुरूपका भावना, शिल्प र शैलीले सिँगार्छन् । तिनै दस्तावेज नै परिपाकपछि यात्रा निबन्ध बन्छन् ।

समीक्षकः इन्दिरा प्रसाई

त्यस्तो लेखकीय पकवान जुनसुकै पाठकका लागि पनि मानसिक भोज हुने गर्छ । तर जसलाई यात्रा र साहित्य दुवैसँग अनन्य प्रेम छ; तिनका लागि भने विशिष्ठ परिकारप्राप्ति नै हुने गर्छ । अझ मजस्तो प्रारब्धको फेरोमा परेर चाहेजस्तो गरी यात्रामा रमाउन नपाएको पाठकका लागि त अप्राप्य भोजनको प्राप्ति झैँ हुनु अस्वभाविक भएन । मेरा लागि ‘दाइबुचु’ त्यस्तै भयो ।

स्थापित स्रष्टा कृष्ण बजगाईँकृत ‘दाइबुचु’ नौलो नाउँद्वारा सम्वोधित कृतिप्रति सामान्यत: म पनि ‘के रै’छ’ भनेर आकर्षित हुनु पनि अनौठो कुरा भएन । तर पुस्तक प्राप्त हुन सकेको थिएन ।

यस्ता राष्ट्रवादी विचारहरू यस कृतिमा छ्याल्व्याल्लै छन्, टिपेर टिटिनसक्नु नै छन् । विदेशी भूमिको सुव्यवस्था देखेर स्वदेशप्रेमी व्यक्तिको छातीमा आफ्नो देशको बेथितिको तुफान त मडारिन्छ नै ! म आफैँलाई पनि प्रथम पटक लण्डन पुगेका बेला रमाइलो भन्दा बेसी आफ्नो देशको दुर्दशा सम्झेर विरक्ति लागेको थियो ।

सामाजिक सञ्जाल र अनलाइनका पठनश्रवणमा बढि खर्चिइने वर्तमान समयको सेरोफेरोका कारण तथा नइ प्रकाशनमा अब पुस्तक सङ्कलन गर्न नसकिने परिस्थितिका कारण हामी नइ हत्तपत्त किताब किन्दैनौँ । पुस्तक माग्न पनि उपयुक्त लाग्दैन । त्यसकै कुपरिणाम राम्रा किताबहरू पनि पढ्नबाट वञ्चित भइदो रहेछ । ‘दाइबुचु’ पढेपछि लाग्यो; यदि हाम्री प्रिय स्रष्टा नातिनी रश्मि रिमालले ‘दाइबुचु’ पढ्ने हजुरआमा भनेर नदिएकी भए यति राम्रो कृति पढ्नबाट म वञ्चित हुने रहेछु ।

‘दाइबुचु’लाई नेपाली साहित्यको प्रथम हाइबुन भनिएर पस्किएको रहेछ । मैले पनि हाइबुन प्रथम पटक नै पढेकी हुँ । मलाई भने यस कृतिको विधा जापानी नाउँ हाइबुन नभनेर यस कृतिलाई यानिहाइ (यात्रा निबन्धसँग मिसिएका हाइकु) विधामा हाल्न मन छ । हाइकु जापानी विधा हो तर यात्रा निबन्ध हाम्रै हो । त्यसैले हामीले यसलाई मिसाएर उत्पादन गरेपछि जापानीले दिएको विधाको नामाकरणमै खाम्नु पर्छ भन्ने मलाई चाहिँ लाग्दैन ।

हुन त लेखक हुनु नै स्वतन्त्रतामा हालिमुहाली गर्नु हो । आफ्नो र साथै अर्को लेखकको समेत आत्मसम्मान र स्वतन्त्रताको अर्थ नबुझ्ने लेखक ढिलो अथवा चाँडो आत्महीनताको सिकार हुन्छ, हुन्छ । त्यसैले पनि म लेखक बजगाईँको स्वतन्त्रतामाथि किमार्थ धावा बोल्दिन । तर ‘दाइबुचु’लाई मेरो तर्फबाट चाहिँ यानिहाइ विधामै खामेर बोलाउँछु ।

विदेशी भूमिको सुव्यवस्था देखेर स्वदेशप्रेमी व्यक्तिको छातीमा आफ्नो देशको बेथितिको तुफान त मडारिन्छ नै ! म आफैँलाई पनि प्रथम पटक लण्डन पुगेका बेला रमाइलो भन्दा बेसी आफ्नो देशको दुर्दशा सम्झेर विरक्ति लागेको थियो ।

जापानको सर्सरी इतिहासै जान्नु पर्नेका लागि पनि ‘दाइबुचु’ले मद्धत गर्छ । आफू पुगेका जापानी प्रमुख शहर र त्यहाँका स्थलहरूका बारेमा पनि बजगाईँले सकेसम्मका जानकारी रोचक तरिकाले पस्केका छन् । यसबाट ‘दाइबुचु’ ज्ञानवर्धक समेत बनेको छ । यस कृतिमा साहित्यिक संवेदना पढेर पाठक किंकर्तव्यविमुढ भएर वेदनाकै पोखरीमा तैरिरहनु पर्दैन । बरु ‘दाइबुचु’मा डुब्ने पाठकलाई बजगाईँले संवेदनाको महमा डुबाइडुबाई पेट भरिने गरी जापानी इतिहास पनि पढाई दिन्छन् । पुस्तक सकिँदा पाठकसँग ‘जापानकै सेरोफेरो पनि मेरो’ भन्ने भाव जाग्रत हुन पुग्छ । अर्थात् पाठकलाई लाग्छ ‘लाखे, अब कसैले जापान घुमेर आएर मसँग जापानको धाक त लाओस् अनि मैले पनि जानेको छ !’ यसरी लेखक आफू पार्श्वमा बसेर आफ्नो लेखन क्षमताले पाठकलाई चाहिँ चुरिफुरि दिलाउन सक्नु पनि चानचुने लेखकले गर्न सक्ने काम होइन ।

° ‘बुद्ध जन्मेको देशमा चाहिँ किन स-साना बुद्धमूर्ति ?… तर, नेपालमा चाहिँ राजनैतिक पार्टीका नेता, मन्त्री र उच्च पदस्थ सरकारी कर्मचारीहरू आफू र आफ्ना सन्तानका लागि विशाल महल ठड्याउने प्रतिस्पर्धा गरिरहेका छन् । कठै, मेरा नेपालका सोझा जनता ! … ती भ्रष्टहरूप्रति घृणा व्यक्त गर्यो ।'(पृ.६१) नेपालमा जन्मिएका बुद्धको जापानमा सन् १२५२ मै ४४ फिट उचाइ र ३० फिट चौडाईको बुद्ध मूर्ति स्थापना भएको देखेपछि बजगाईँले आफूभित्र उम्रिएको खुसी र ग्लानि एकैसाथ मिसिएको अनुभूति बाँढेका छन् ।

° ‘…नेपालका मठ, मन्दिर, गुम्बा आदिलाई राम्ररी संरक्षण गरी सजाउने र प्रचारप्रसार गर्ने हो भने त्यसले प्रशस्त रुपमा आन्तरिक र वाह्य पर्यटकलाई आकर्षित गर्नेछ ।’ (पृ.१५८)
यस्ता राष्ट्रवादी विचारहरू यस कृतिमा छ्याल्व्याल्लै छन्, टिपेर टिटिनसक्नु नै छन् । विदेशी भूमिको सुव्यवस्था देखेर स्वदेशप्रेमी व्यक्तिको छातीमा आफ्नो देशको बेथितिको तुफान त मडारिन्छ नै ! म आफैँलाई पनि प्रथम पटक लण्डन पुगेका बेला रमाइलो भन्दा बेसी आफ्नो देशको दुर्दशा सम्झेर विरक्ति लागेको थियो । आफ्नो घर लथालिङ्ग भएको मान्छे अर्काको स्वर्गसरी महलमा पनि रमाउन त कहाँ सक्छ र ? राष्ट्रवादी भावधाराका पङ्तिपङ्ति बोकेर बजगाईँको जिन्दाबाद गुञ्जिनाले कृतिको उचाई अभिवृद्धि भएको मैले पाएँ ।

° ‘देश बनाउन एउटा असल र दूरदृष्टि भएको राजनेता जन्मनुपर्दो रहेछ …'(पृ. १८-१९)

° ‘हामी नेपालीचाहिँ प्रकृतिले दिएका अनेक थोक भएर पनि उपयोग गर्न नजान्ने र प्रकृति विनासक बनिरहेका छौँ । हाम्रो धर्म र परम्पराले प्रकृतिलाई पूजा गर्न र संरक्षण गर्न सिकाएको छ । तर हामीले खोइ पालना गरेको ? हामी किन विनाशतर्फ गइरहेका छौँ’ ? (पृष्ठ : १५९)

‘कालो बिरालोलाई जापानमा शुभ मानिन्छ । कालो बिरालो पाल्न तिनीहरू मरिहत्ते गर्दछन् । त्यसले भाग्य लिएर आउने कुरामा उनीहरू विश्वास गर्दछन् । कालो बिरालोले बाटो काट्यो भने शुभ मान्छन्।’ (पृ.१३०) औसत नेपालीले हालसम्म प्राप्त गर्न नसकेको जीवनस्तरमा जापानी बिरालोको वर्णन पढ्दा पनि डाहा भयो मलाई ।

° ‘समृद्धिको उज्यालो नेपालभर छरिने थियो ।’ (पृ.१२१)

यस्ता पङ्तिले मलाई नै पनि झस्क्यायो । हो नि नेपालमा प्रकृतिले दिएको वरदान यसै खेर गइराखेको छ । हाम्रा नीति निर्माताहरू सरकारी ढिकुटी रित्याउने गरी विदेश भ्रमण त गर्छन् नै ! तर तिनको भ्रमणले सुरासुन्दरीमा रमाउने र दलालीको डलर डकार्ने लक्ष बाहेक राष्ट्रका लागि सकारात्मक उपलब्धि प्राप्त गर्न सकेको देखिँदैन । त्यस्ता भ्रमणकर्ताहरूले त्यहाँ ज्ञानै आर्जन गरे पनि घर फर्किँदा सात समुद्र तर्ने क्रममा विजनेस क्लासका यात्रु सुविधाको मनोरञ्जन कक्ष मै तिनको ज्ञान तिरोहित भइसकेको हुन्छ । अनि बजगाईँजस्ता राष्ट्रबाट पलायित विद्वानहरूको विशिष्ट लेखन चाहिँ ऐतिहासिकताका लागि किताबमा सजिन वाध्य छ ।

‘दाइबुचु’ यानिहाइमा समाविष्ट निबन्धजति काश्मिरी कोट र हाइकुजति त्यसमा सजाइएका हीराका बटम जस्ता मलाई लागे ।

कृष्ण बजगाईँका सम्पूर्ण कृति कुन स्तरका छन् भन्ने कुरा म भन्न सक्तिन किन भने एक त मैले उनका सबै कृति पढेको पनि छैन र पढ्ने योजना पनि हाललाई छैन । अनि पढिहालेँ भने पनि कृतिको समग्र मूल्याङ्कन घोट्ने कसी पनि मसँग छैन । त्यसैले उनी कुन उचाइका साहित्यकार हुन् भन्ने विषय मेरो होइन । यत्ति भन्दाभन्दै पनि एउटा कुरा चाहिँ मैले भन्नै पर्ने हुन्छ ‘दाइबुचु’ बजगाईँको अमर कृति रहेछ ।

ओन्सेनमा सार्वजनिकरूपले नाङ्गै नुहाउने क्रममा बजगाईँलाई फुरेका विविध वाक्यमध्येका केही वाक्य हुन् । मानिसको नाङ्गो स्वरूपलाई म पनि केही विशेष परिभाषाद्वारा परिभाषित गर्ने गर्छु । जस्तो कि प्राणीहरूमध्ये दुई खुट्टे प्राणी मनुष्यले मात्रै वस्त्र प्रयोग गर्न सिक्यो । अनि प्रकृतिका कुनै प्राणीले पनि वस्त्रधारी मानवले झैँ बलात्कार गर्छन् भन्ने मैले थाहा पाएको छैन ।

मानिसलाई मस्त निदाउन एउटा बिछ्यौना भए पुग्छ, खान एक पटकमा एक पेट भोजन भए पुग्छ, शरीर ढाक्न मौसम अनुसारका एक थरी कपडा हुँदा एक पटकलाई पुग्छ भनेझैँ लेखकले सयौँ पुस्तक लेखे पनि पाठकका सजिव स्मृतिमा बाँच्नका लागि एउटा लेखकको एउटा कृति काफी हुन्छ । यसै परिप्रेक्ष्यमा मैले बजगाईँकृत ‘दाइबुचु’ उनलाई नेपाली साहित्यको यात्रा निबन्ध (यानिहाइ) परिसरमा युगयुग बचाउने सबल कृति बनेको पाएँ ।

° ‘मागेर त देश विकास हुँदैन । आफैँ बनाउनु पर्दछ ।’ (पृ.१२०)
आफूहरू अर्थात् युवा, चेतनशील र वौद्धिकसमेत जनता जति विदेशतिर पलायन भैदिने अनि देश विकासको उपायको गह्रौँ गरम मसला हालेको कागजी पुलाउ पकाएर नेपाली साहित्यलाई खुवाउने स्रष्टा बजगाईँको चातुर्यसँग पनि म प्रभावित भएकी छु । पुस्तकमा खामिएका यी र यस्ता मसालेदार वाक्य पनि पाठकका लागि एक विशेष खुराक त भएकै छन् ।

° ‘कालो बिरालोलाई जापानमा शुभ मानिन्छ । कालो बिरालो पाल्न तिनीहरू मरिहत्ते गर्दछन् । त्यसले भाग्य लिएर आउने कुरामा उनीहरू विश्वास गर्दछन् । कालो बिरालोले बाटो काट्यो भने शुभ मान्छन्।’ (पृ.१३०) औसत नेपालीले हालसम्म प्राप्त गर्न नसकेको जीवनस्तरमा जापानी बिरालोको वर्णन पढ्दा पनि डाहा भयो मलाई । हामी नेपालीभन्दा त सुखसयलमा बाँच्न पाएका, त्यति विधि माया, सम्मान र स्याहारसुसार पाएका जापानी बिराला पो भाग्यमानी रहेछन् भन्ने पनि मलाई लाग्यो ।

अर्को कुरा मलाई यो साइत कुसाइत, लक्षिन अलक्षिन जस्ता अन्धविश्वासका कुरामा पटक्कै विश्वास लाग्दैन । संसारभरिका प्राणी एकै हुन् । मानिस प्रमुख प्राणी भइगयो भनेपछि त्यही मानिसका लागि कुनै देशमा केही लक्षिन त्यही अर्को देशमा अलक्षिन कसरी हुन सक्छ । यी सब भनेका यथार्थ नभएर मानिसको कमजोर आत्मबलद्वारा आफ्नै मनको शान्तिका लागि उत्पादित थरिथरीका मानवीय संस्कारमात्र हुन् । हामी नेपाली बिरालोले बाटो काट्दा अशुभ हुन्छ भन्छौँ अनि जापानी शुभ ! लौ अब कस्का कुरा सही हुन् ?

‘रेड लाइट एरिया’ खोलेर बदनामी खप्नुभन्दा लभ होटल खोलेर कर मार्फत् सरकारी खजानामा पैसा जम्मा गर्नु बुद्धिमानी कार्य हो भन्ने लाग्यो । यस्ता लभ होटलले बलात्कार लगायतका अन्य यौनहिंसा कम गर्न मद्दत गर्दछ ।’

° ‘वास्तवमा लुगा, गहना, पैसा, कार, घर आदि मानिसमा विभाजन ल्याउने भौतिक वस्तु हुन् । मानिसवीचका लक्ष्मणरेखा हुन् । ती सबै रवाफ र अहमका खोल हुन् ।… उनीहरू फगत एउटा नाङ्गो मान्छे हुन्छन् । नाङ्गिएपछि सबैको स्तर र वर्ग एउटै मात्र हुन्छ ।’ (पृ.८७) यी वाक्यहरू ओन्सेनमा सार्वजनिकरूपले नाङ्गै नुहाउने क्रममा बजगाईँलाई फुरेका विविध वाक्यमध्येका केही वाक्य हुन् । मानिसको नाङ्गो स्वरूपलाई म पनि केही विशेष परिभाषाद्वारा परिभाषित गर्ने गर्छु । जस्तो कि प्राणीहरूमध्ये दुई खुट्टे प्राणी मनुष्यले मात्रै वस्त्र प्रयोग गर्न सिक्यो । अनि प्रकृतिका कुनै प्राणीले पनि वस्त्रधारी मानवले झैँ बलात्कार गर्छन् भन्ने मैले थाहा पाएको छैन ।

त्यस्तै अर्को कुरा यो एक्काइसौँ शदीले त खास गरेर महिलाका वस्त्र उत्पादनमा कीर्तिमानै स्थापना गरेकोजस्तो मलाई लाग्छ । अझ सामाजिक सञ्जालमा प्रस्तुत हुन थालेपछि त भान्साघरमा परिवारलाई चाहिने भिटामीनयुक्त खानापिनाको बजेट पनि लत्ताकपडामा खर्चिन थालेकोजस्तो पनि लाग्छ । आर्थिक रूपले विहान बेलुकी मुस्किलले हातमुख जोर्न मात्रै सक्नेको पनि लत्ता कपडाको पहिरन देख्ता अचम्मै लाग्छ । कहाँबाट आउँछ उनीहरूसँग बजारमा निस्किनासाथका नयाँ डिजाइनका थरिथरीका लत्ताकपडा किन्न सक्ने त्यत्रो पैसा ? हे रे फेसन ! ‘मुखमा माड छैन … मा नौनी’ भनेजस्तै देखिन्छ । हाम्रो अहिलेको नेपालमा त भान्सामा खाना होस् नहोस् हातहातमा बढेमाका मोबाइल, थरिथरीका पोसाक, जुत्ता, ब्याग र लामालामा नङ सज्जाका रङ्गिन पालिस् र तल्ला ब्राण्डका लाललाल लाली चाहिँ हुनै पर्छ ।

यी सबै बजारीकरणले आक्रान्त समाजलाई धन्न कोरोनाको कहर लागेर केही राहत पक्कै भएको थियो । छिमेकी देशको व्यापारमा र हाम्रा व्यापारीहरूलाई पनि पक्कै घाटा भएको छ । तर काठमाडौँको आम जनमानसलाई त तीन महिना जतिको लकडाउनले घरघरमा खास गरेर महिला पोशाक र फेसन आतङ्क पक्कै घटेको छ ।

हुनत संसारका सबै सहरहरूको हालत उही होला । यी सबै सत्यसँग बहेली खेल्ने मेरो मनले पनि बरू संसारका अरू प्राणीजस्तै मनुष्यले पनि कपडा लाउने झन्झटै नगरेको भए पनि हुन्थ्यो कि भन्ने पनि सोच्ने गर्छ ।

अब लाज शरमकै कुरा गर्ने हो भने सबै भन्दा धेरै लाज आँखामा हुन्छ । आँखाले देख्ने हो लाज । तर त्यही आँखा त छोपिँदैन । मुसलमान महिलाहरूका बुर्कामा पनि आँखा त खुल्लै हुन्छ । तर यो पोशाक आतङ्क यस्तै रहने हो भने अब अर्को पाली संसारमा मानिसलाई कपडै लगाउन नदिने कहर आउन बेर छैन । किन भने बजगाईँले भने झैँ कपडाले नै यौन आतङ्क, आर्थिक आतङ्क, भेदभाव, धनी गरिब सबै देखाउने काम गरेको छ भन्ने मेरो पनि मत छ ।

अहिले पनि यौनलाई अवैध राखेर दलालीको व्यवसायमै महिला (वर्तमानमा त पुरुष पनि) लाई शोषित व्यापारको बस्तु बनाइरहने हो अथवा यौनकर्मलाई वैध व्यापारमा रूपान्तरण गर्ने हो ? केही वर्ष अघि तत्कालीन मन्त्री शरदसिंह भण्डारीले यस विषयमा आफ्नो सकारात्मक धारणा स्पष्टरुपले सार्वजिनक गरेका थिए ।

° ‘जापानी सुन्दरीको नरम हातको मायालु धक्कालाई अनुभूति गर्न पाइने हो कि नपाइने हो आज ?’ (पृष्ठ :१६१)

° ‘आँखाबाट आनन्द प्रवेश गरेर हृदयमा पुग्दा मन बैँसालु भइसकेको थियो।’

° ‘… निर्लज्ज भएर त्यस सुन्दरीलाई मजाले हेरेँ …तिनको सुन्दरतामा म लट्ठ भएँ । अङ्गअङ्गबाट वासनाको ज्वार निकालिरहेकी त्यस युवतीलाई कुनै शृङ्गार रसका कविले देखेको भए सुन्दरताको बयानमा सिङ्गो महाकाव्य लेख्ने थिए होलान् ।’ (पृ.१७७)

‘दाइबुचु’मा सामान्य पुरुष यौन मनोविज्ञानका छटा छोड्न पनि बजगाईँ पछि हटेका छैनन् । यस कृतिमा शिष्ट, मर्यादित र सौम्य तरिकाले पुरुष यौन मनोविज्ञानको कौमार्यको प्रस्तुति छ । यौनको शिष्ट र सभ्य प्रस्तुतिका लागि पनि बजगाईँलाई गुरु थाप्नु पर्ने हुन्छ । अश्लिलताको सलील प्रस्तुतिले पाठकलाई स्वस्थ्य मनोरञ्जन दिन पनि मैले ‘दाइबुचु’ सक्षम पाएँ । यसरी मीठो अर्ग्यानिक स्वाद दिनाले पनि यस कृतिलाई बजगाईँले रमरम नसालु तुल्याएका छन् ।

° ‘रेड लाइट एरिया’ खोलेर बदनामी खप्नुभन्दा लभ होटल खोलेर कर मार्फत् सरकारी खजानामा पैसा जम्मा गर्नु बुद्धिमानी कार्य हो भन्ने लाग्यो । यस्ता लभ होटलले बलात्कार लगायतका अन्य यौनहिंसा कम गर्न मद्दत गर्दछ ।’

° ”मियाबिबी राजी तो क्या करे काजी’ भनेजस्तै महिला र पुरूषको सहमतिमा गरिने यौनसम्पर्कका लागि बढी जान्ने भएर सरकारले किन टाउको दुखाएको ? यौनसम्पर्क गर्न पाउनु उनीहरूको अधिकारको कुरा हो नि । चोक र गल्लीमा महिलाको शरीरमाथि मोलमोलाइ गर्दा केही नगर्ने । तर कसैले थाहा नपाउने गरी खुसुक्क कोठाभित्र चुकुल लगाएर बस्दा किन खोजिनिति ? प्रेमिल जोडीलाई किन आतङ्कित पारेको होला ?’ (पृ.१२८-१२९)

यौनका सन्दर्भमा बजगाईँले यस्तो विचारोत्तेजक विचार प्रस्तुत गरेका छन् । प्रेम र यौनको सन्दर्भगान र नेपालको यौन सन्दर्भकै राष्ट्रिय परिस्थितिको बजगाईँले मज्जाले धज्जी उडाउन पनि बाँकी राखेका छैनन् । अन्य सन्दर्भमा जस्तै यौन सन्दर्भमा पनि बजगाईँले आफ्नो बलियो कागजी घोडा दौडाएका छन् । अब यस कागजी घोडाको औचित्य कसले कति बुझेर यसलाई वास्तविकतामा कहिले साकार पार्लान्, त्यो त समयको जिम्मा हो ।

तर यस कार्यका लागि नेपाली परिवेशमा विलम्व नै हुने भइसकेको भने देखिन्छ नै ! किनभने एउटा कुरा चाहिँ सत्य हो, नेपालमा हुने अवैध यौनकर्मको आकाशिँदो वृद्धिदर, यौन विकृति र त्यससँगै आउने गरेका हिंसा वा अपराधको व्यापकताले नेपाली आकाश ढाकिसकेको छ । अहिले पनि यौनलाई अवैध राखेर दलालीको व्यवसायमै महिला (वर्तमानमा त पुरुष पनि) लाई शोषित व्यापारको बस्तु बनाइरहने हो अथवा यौनकर्मलाई वैध व्यापारमा रूपान्तरण गर्ने हो ? केही वर्ष अघि तत्कालीन मन्त्री शरदसिंह भण्डारीले यस विषयमा आफ्नो सकारात्मक धारणा स्पष्टरुपले सार्वजिनक गरेका थिए । त्यसबेला घाम लागुञ्जेल मात्र सेता पोशाकमा रहने फोहोरीहरूले उनको ‘यौनकर्मलाई वैध व्यापार बनाउनु पर्छ’ भन्ने विचारको नराम्रोसँग विरोध गर्दै उनको विचार हावामै उडाएका थिए । लुकेर, चोरेर, किनेर, बेचेर अन्धकारमा अवैध यौन सम्बन्ध राख्ने र आफूले राखेको यौनसम्बन्धलाई मनैमन पाप कर्म ठहर गर्दै गङ्गामा डुबुल्की लगाएर उक्त पाप कटाएर चोखिने उपाय बोकेका हाम्रा महामनाहरूले वास्तविक रूपले प्रस्तुत हुने समाज रूपान्तरणको योजनाको उपहास र चर्कै विरोध समेत गर्ने गर्छन् । नेपाली समाज अझै पनि यथार्थमा रमाएर बाँच्न भन्दा आडम्बरको बर्को अोडेर त्यहीँभित्र पापमा डुब्दै गुम्सेर छटपटाउन मन पराउँछ ।

हाइकुको उदगमस्थल जापानमा नै अन्तर्राष्ट्रिय नेपाली हाइकु महोत्सवको आयोजना गरिँदाको गर्वले चुलिएको बजगाईँ भावनालाई नेपाली राजदूतावासको वेवास्थाले कुँड्याएको सत्यले म पनि लेखकसँगै दुखेँ उनले प्रस्तुत गरेका स्वाभाविक आक्रोश बममा पनि गाँसिएर सहमति जनाएँ ।

यौनकर्मकै प्रसङ्गमा केही प्रश्न ज्वलन्त भएर उभिएका छन् । नेपालको राजधानी काठमाडौँको महानगरीय जनघनत्व रोजगारीको न्यूनतम अवसरले पीडित भएर आकाशिएको महङ्गीमा च्यापिन वाध्य छ । राजनैतिक अव्यवस्थाका कारण चरम भ्रष्टाचारले जीवनशैलीमा थपेको वेथिति र विलाशिताका कारण ‘यौन’ कसैका लागि अस्वस्थ्य मनोरञ्जनजन्य बस्तु र कसैका लागि न्यूनतम जीवन धान्ने वाध्यात्मक पेसा बन्दै गएको छ । यसकारण नेपालमा सरकारले कि त राजधानी केन्द्रित वैकल्पित रोजगारीका अवसरहरूको सृजना गर्नु पर्छ अन्यथा पेट पाल्नका लागि अवैध यौनबजार सञ्चालन गराउनुको साटो वैध रूपले सुव्यवस्थित र स्वस्थ्यकर यौन बजारको व्यवस्थापन गर्नु पर्छ भन्ने आवाज मैेले पनि बजगाईँसँग मिसाएँ । यसर्थ बजगाईँको चेतनाले ‘दाइबुचु’भित्र यौन व्यवसायलाई वैधताको घेरामा राखेर सुरक्षित गर्न चाहनु नेपाली सामाजिक यथास्थितिको आवश्यकता भइसकेको कुरा अभिव्यक्त गर्नु अत्यन्त सान्दर्भिक सत्य हो ।

प्रा. रामकुमार पाँडे, विजयराज आचार्य, अश्विनी कोइराला, शिरोमणि दवाडी, किरण पौडेलप्रभृति बजगाईँका सहयात्रीहरूप्रति मलाई नजानिदो इर्ष्या पो भयो । मैले पनि सो यात्रामा बजगाईँसँगै यात्रा गर्न पाएकी भए ? यस्तो पनि भयो मलाई । यस्तो मलाई किन पनि अनुभूत भएको हुनसक्छ भने यात्रामा बजगाईँ सहयात्रीसँग ‘साथका लागि साथ’ मात्र हुँदैन रहेछन् । उनीहरूको सुक्खदुक्खको पनि खोजि गर्दा रहेछन् ।

° “चौथो पटक हो हिरोसिमाको म्युजियमभित्र प्रवेश गरेको । तर, हरेक पटक ती बीभत्स दृष्य देख्दा बेचैन हुन्छु, हेर्न सक्दिनँ ।’ प्रकाशको बेचैनी थाहा पाएँ । कहिले काँही अरूको बेचैनी थाहा पाएर पनि ढुक्क हुन पाइँदो रहेछ ।” (पृ.१३८) यस प्रसङ्गमा सहयात्री प्रकाशको बेचैनी र छटपटिमा बजगाईँ स्वयम् द्रवित हुनु र सोको कारण स्वयम् प्रकाशसँगै चासो राखेर सोको निवारण गराउनु लेखकको सकारात्मक संवेदनशीलताको परिचायक बनेको छ । पुस्तकमा ठाउँठाउँ आफ्ना सहयात्रीहरूको प्रवृत्तिगत विशेषताको सुक्ष्म र गहन प्रदर्शन गर्न पनि बजगाईँ चुकेका छैनन् ।

बजगाईँले जापानमै भएका प्रकाश माइला, विष्णुप्रसाद घिमिरे, लोकनाथ बस्ती, सुजन मैनाली लगायतका स्रष्टाहरूले बजगाईँ सहितको साहित्यकार टोलीप्रति देखाएको सदासयताको पनि खुलेरै तारिफ गरेका छन् । यसरी आफ्नो गुनिलोपनको उदाहरण पनि उनले देखाएका छन् । त्यस्तै जापानी भूमिमा भेटिएका भीम कँडेल, दुर्गाराज मरासिनी, कृष्ण सुवेदी, कृष्णप्रसाद उपाध्याय, सविन पोखरेल, रामचन्द्र काफ्ले, अन्जानकुमार बस्नेत, महेशकुमार कटवाल, शङ्कर भुषाल, दीपक भण्डारी, विष्णुप्रसाद घिमिरे, नरेन्द्र बस्नेत, विष्णुप्रसाद सुवेदी, रमेशबाबु घिमिरे, सुजन मैनालीहरू नेपाली स्रष्टाका सम्मानमा भेला हुँदा आफू रमाएको र उनीहरूमध्ये केहीले गजल कविता वाचनै गर्दा उनी फुरुङ्गै परेका छन् । त्यस्तै जापानको धरतीमा टेक्नासाथ एयरपोर्टमै प्रकाश माइलाका साथमा स्वागत गरणन आएका अरूण पौडेल, इन्दु सुवेदी पौडेल, भूमिका अधिकारी पौडेललाई भेटेको खुसी पनि साटेका छन् । त्यस्तै डा. कुमार बस्नेत, रविन शर्मा, बेलुकाजी थापा, सुवर्ण आचार्य, सूक्ष्मा ओमाता, किरणविक्रम थापा, भूषण घिमिरे, रामचन्द्र तिवारी, प्रभा बराल, रामकृष्ण बम मल्ल, राजेन्द्र जमरकट्टेल, भूपालगोविन्द श्रेष्ठ, श्रवण सत्याल, आलोक चालिसे, डा. भूपालमान श्रेष्ठ, तिलक मल्ल, अभिषेक सुवेदी, बाबुराम सापकोटा, पुष्करजङ्ग थापा, यदुराम सापकोटा, रविन्द्र दीखुप्का,दीपा घिमिर, गङ्गा गगन, पार्थ सुवेदी, सुमित गिरी, शेरबहादुर तामाङ, भवन भट्ट, जिज्ञानकुमार थापा, हरि सापकोटा, ध्रुव थापा, यामकान्त कँडेल, दिनेस केसी, गणेशजङ्ग राणा, राजेन्द्र श्रेष्ठआदिसँग भेटेर फुरुङ्ग परेको बजगाईँ मनसँग मेरो मन पनि गाँसिएर जापानमा पनि नेपाली भाषाका स्रष्टा सहजै भेटिनाले जापान पनि हाम्रो आफ्नै पो ठाउँ रहेछ जस्तो अनुभूति मलाई पनि भयो । हाइकुको उदगमस्थल जापानमा नै अन्तर्राष्ट्रिय नेपाली हाइकु महोत्सवको आयोजना गरिँदाको गर्वले चुलिएको बजगाईँ भावनालाई नेपाली राजदूतावासको वेवास्थाले कुँड्याएको सत्यले म पनि लेखकसँगै दुखेँ उनले प्रस्तुत गरेका स्वाभाविक आक्रोश बममा पनि गाँसिएर सहमति जनाएँ ।

त्यसो त ‘दाइबुचु’मा समाविष्ट निबन्धहरूमध्ये कुनैलाई काखा र कुनैलाई पाखा लाउने खालका पक्कै छैनन् । जस्तो कि ‘दाइबुचु’को शीर्षक अनुरुप नै यसभित्रका प्रायशः निबन्धमा बजगाईँले बुद्धका कुरा धेरै गरेका छन् । हाइकु त यस निबन्धको मुख्य मिश्रणै भइगयो तर अर्को मेरा लागि नवीनतम र आकर्षक विधा ‘हाइगा’ (हाइकु र चित्रकलाको सङ्गम) को पनि यहाँ बजगाईँले परिचय गराएका छन् ।

साहित्यप्रतिको नेपाल सरकारको उदासिनताको प्रभाव जापानस्थित उनकै प्रतिनिधिले देखाए पनि प्रा. रामकुमार पाँडेको ‘हन्टिंग हाइगा’, नेपाली हाइकु केन्द्रको प्रकाशन ‘नेपाली हाइकु’, ऋषि बरालको ‘फुजीको फेद’, किरण पौडेलको ‘नाइलको सहारा’, प्रकाश पौडेल माइलाको ‘रातो साकुरा’, कृसु क्षेत्रीको ‘निलो’ आँसु, डा. रूपक श्रेष्ठको ‘बुट्टे किमोनो’, कृष्ण बजगाईँको ‘कुमारी रात’ र पाँडेसरको सम्पादनमा प्रकाशित ‘सिक्स सिग्नेचर’ हाइकुका नौ पुस्तकहरू जापानी भूमिमै लोकार्पित हुनु भनेको नै त्यस भ्रमणको सबैभन्दा ठूलो उपलब्धि थियो ।

त्यहाँ नेपालीमात्र नभएर जापानीहरू को पनि सहभागिता हुनु र उनीहरूले अत्यन्त रूचिका साथ दोभाषे धीषण घिमिरेका सहयोगमा नेपाली हाइकुको रसास्वादन गर्नुको रमाइलो पनि छुट्टै गरिमाले पूर्ण थियो । भूगोलले भन्दा भाषा र संस्कृतिले कुनै पनि मुलुकलाई फैलाउँछ पनि र एक आपसमा टमक्क बाँध्ने पनि गर्छ भन्ने कुराको साक्ष्य प्रस्तुत गर्न पनि बजगाईँकृत ‘दाइबुचु’ सक्षम पाएँ ।

कृष्ण बजगाईँले जापानमा सञ्चालित भएको नेपाली स्कुलको सत्य र तथ्य समेत ‘दाइबुचु’मा समाविष्ट गरेर पाठकलाई थप उत्साहित र गर्विलो अनुभूति दिलाएका छन् । जापानमै बसोबास गर्ने नेपालीहरूको नीजि लगानीमा आफ्ना सन्तानलाई नेपाली र अङ्ग्रेजीसहितको ज्ञान दिने सरकारी मान्यताप्राप्त स्कुल सञ्चालन गरेर २०० बढी नेपालीमात्र नभएर जापान, पाकिस्तान र न्युजिल्याण्डका समेत विद्यार्थीलाई पठनपाठन गराइएको अत्यन्तै उल्लेखनीय र उदाहरणीय कार्यबारे यसै पुस्तकमा जानकारी पाउँदा मैले पनि आफ्नो शिर सगरमाथानेरी पुगेको अनुभूति गरेँ ।

हाम्रो देशलाई पनि ‘शान्ति क्षेत्र’ घोषणा गर्ने हाम्रा राजा वीरेन्द्रले त्यसको वदलामा उनकै वंश विनास गरिपाएको र ‘शान्ति क्षेत्र’ अस्विकार गर्ने राष्ट्रले नै ‘माओवादी द्वन्द्व’ का रूपमा नेपालमा अराजकता, हिंसा र राजनैतिक अस्थिरता उपहार दिएको सत्य मेरा भावनामा उजागार भयो । हाम्रै घरभित्रका लोभी र पापीका माध्यमले बुद्धको जन्मभूमि समेत खोस्न उद्धत छिमेकीको कालो करतुतका कारण हाम्रो राष्ट्रको अमन चैन, शान्ति मात्र नभएर राष्ट्रै पराधिनतामा जाने खतरा दैनन्दिनी बढेको झस्कोले पनि मलाई बेस्सरी छोयो ।

जसरी धेरैजना साथीमध्ये एउटा विशेष साथी हुनसक्छ, धेरै थरी खाइएका पकवानमध्ये एउटा विशेष पकवान मीठो लागेको हुनसक्छ त्यस्तै ‘दाइबुचु’मा सङ्ग्रिहीत १३ थान निबन्धमध्ये पनि मलाई विशेष मन परेको ‘हिरोसिमामा रोएको मन’ हो ।

यो निबन्ध पढिसकेपछि हिरोसिमाको बमत्रासदीको आफैँ प्रत्यक्षदर्शी भएको अनुभूति मैले गरेँ । सरलै भावमा पढ्न थालेकी थिएँ तर पढ्दा पढ्दै ती दारुण घटनाको दृष्य साक्षात्कार हुनाले आक्रान्त भएँ । पढिसकेपछि निर्णय गरेँ यदि म पनि कुनै दिन जापान पुगेँ भने हिरोसिमा त जाँदिन तर कसै गरि हिरोसिमानै पुगेँ भने पनि त्यो म्युजियम त किमार्थ हेर्दिन । कसरी भोगे हुन् ती जापानीले त्यस अति नारकीय त्रासदी ? यमराजलाई पनि हिरोसिमाको उक्त मानवीय अति त्रासदीबारे खबर हुँदो हो अर्थात् तिनले हिरोसिमाको उक्त त्रासदी थाहा पाए नर्कको पूनर्संरचना गर्नेछन् । सायद त्यसपछि मानिसद्वारा पृथ्वीमा गरिने पापाचार घट्ने थियो कि ?

घटना त घट्यो त्यस बेला, जापानी सरकारले त्यस जघन्यतालाई कहिल्यै नबिर्सने उपाय गरेर म्युजियम बनाउनु र हाम्रा अब्बल साहित्यकार कृष्ण बजगाईँ त्यहाँ पुगेर उक्त त्रासदीको जीवन्त वर्णन गर्नु ! यी सबै कथ्यको सारांश एउटै हो, अब्बल कथाकारका रूपमा पनि ख्याति आर्जन गरिसकेकाले हुनुपर्छ बजगाईँको वर्णनात्मक क्षमता अब्बलै रहेछ ।

अर्को उनको लेखनको विशेषता पनि मैले यहाँ उल्लेख गर्नै पर्ने हुन्छ, त्यो के भने बजगाईँ आफ्नो लेखनमा कुनै पनि समस्याको खानीमात्र पस्किने साहित्यकार होइन रहेछन् अथवा उनी त हिरोसिमाको त्यत्रो त्रासदीको भट्टीमा भत्भति पोलिँदा पनि इसिदा नामक जापानी नागरिक उभ्याएर यसरी पो प्रस्तुत गर्छन् ।

° ‘मानिसले यस आणविक बमको आक्रमणबाट शिक्षा लिनुपर्छ । दुक्खको कुरा शक्तिको होडबाजीमा केही देशहरूले अझै पनि बम बनाइरहेका छन् ।…उत्तर कोरियाको आणविक निशस्त्रीकरण कार्य तत्काल वार्ताद्वारा सम्पन्न गर्नुपर्दछ । डर र धम्कीले होइन ।’ (पृ.१३७) त्यसरी नै आफू भत्भतिएकै त्यस अवस्थामा पनि विश्व र मुलुकको रक्षा खातिर केही न केही उपाय सोच्न भ्याउँछन् ।

मैले त एकपटकमात्र पढेर ‘दाइबुचु’ बारे लेख्ने हचुवा प्रयत्न गरेकी हुँ । नत्र मैले नै पनि इमानले लेख्ने हो भने पटक पटक ‘दाइबुचु’मा डुबुल्की लाउनु पर्थ्यो । खासमा यसलाई मेरो पाठकीय अभिमतका रूपमा अघिसार्न म मन पराउँछु । किनभने म गहन अध्येता होइन, त्यस्तो ज्ञान, सीप, तपस्या र धैर्य मसँग छैन पनि ।

° ‘मलाई लागेको छ ती बच्चाहरू ठूलो भएपछि अवश्य पनि युद्धविरोधी भएर निस्किनेछन् ।’

° ‘त्यस बन्द घडीले शक्तिका उन्मादीलाई यस धर्तीबाट एकदिन तिम्रो पनि यसरी सदाका लागि सास बन्द हुनेछ । आँखा बन्द गर्नेछौ ।'(पृ.१३८)

° “नेपालमा पनि यस्तै खालको युद्ध म्युजियम हुनुपर्छ । माओवादी द्वन्द्वताकाको सरकार र द्वन्द्वरत दुबै पक्षको क्रुरता सबैले थाहा पाउनु पर्छ ।
‘वास्तवमा म्युजियमभन्दा ठूलो विश्वविद्यालय अरू के हुन सक्ला र ?” (पृ.१३९)

आफूलाई आक्रान्त पारेको निबन्धका हैसियतले सायद मैले ‘हिरोसिमामा रोएको मन’ रोजेँ हुँला । त्यसो त ‘दाइबुचु’मा समाविष्ट निबन्धहरूमध्ये कुनैलाई काखा र कुनैलाई पाखा लाउने खालका पक्कै छैनन् । जस्तो कि ‘दाइबुचु’को शीर्षक अनुरुप नै यसभित्रका प्रायशः निबन्धमा बजगाईँले बुद्धका कुरा धेरै गरेका छन् । हाइकु त यस निबन्धको मुख्य मिश्रणै भइगयो तर अर्को मेरा लागि नवीनतम र आकर्षक विधा ‘हाइगा’ (हाइकु र चित्रकलाको सङ्गम) को पनि यहाँ बजगाईँले परिचय गराएका छन् । हाइकु र चित्रकला दुवैसँग मेरो अलिअलि चिनजान भएका कारण मलाई पनि ‘उक्त विधामा पनि जान पाए’ भन्ने लोभ पनि लागेर आयो । तर मन परेका जे सुकै नि आफ्नो बनाउन पनि त सकिँदैन नि ! आफू संलग्न रहिआएका विधामै पूर्ण समर्पण नभइरहेको मेरो अवस्थामा नव विधाको आकर्षण मृगतृष्णाकै उपमामा पुर्याएर मैले थन्क्याएँ ।

जे होस्, जापानमा सरकार र जनता नै साहित्यको सम्मानका लागि कटिबद्ध भएर लागेका कुरा पनि बजगाईँले ‘दाइबुचु’मा पटक पटक र जानीजानी नै दोहोर्याउँदै उल्लेख गरेका छन् । लेखनका शिल्पी भइसकेका उनको त्यस पुनर्उल्लेखको लक्ष्य पक्कै पनि हाम्रामा पनि त्यसो भैदिए हुने नि भन्ने हुनु पर्छ भन्ने मलाई लागेको छ ।

‘दाइबुचु’ भित्रकै अर्को निबन्ध ‘क्याटोको किङ्काकुजी’मा उल्लेख भए अनुरुप ‘क्योटो’ शहर ‘हजार वर्षको राजधानी’ रहेछ । क्योटो विश्व प्रसिद्ध ‘शान्तिको नगर’ भन्ने बारे पढ्दा मेरो छातीमा भित्र कतै नमीठो गरी दुख्यो । हाम्रो देशलाई पनि ‘शान्ति क्षेत्र’ घोषणा गर्ने हाम्रा राजा वीरेन्द्रले त्यसको वदलामा उनकै वंश विनास गरिपाएको र ‘शान्ति क्षेत्र’ अस्विकार गर्ने राष्ट्रले नै ‘माओवादी द्वन्द्व’ का रूपमा नेपालमा अराजकता, हिंसा र राजनैतिक अस्थिरता उपहार दिएको सत्य मेरा भावनामा उजागार भयो । हाम्रै घरभित्रका लोभी र पापीका माध्यमले बुद्धको जन्मभूमि समेत खोस्न उद्धत छिमेकीको कालो करतुतका कारण हाम्रो राष्ट्रको अमन चैन, शान्ति मात्र नभएर राष्ट्रै पराधिनतामा जाने खतरा दैनन्दिनी बढेको झस्कोले पनि मलाई बेस्सरी छोयो । उफ् मेरो बुद्धभूमि चाहिँ कहिलेसम्म राजादेखि रङ्कसम्मको हत्या र हिंसा खप्न अभिसप्त हुने हो ?

‘दाइबुचु’को विषयबाट बरालिएर म ह्वात्तै आफ्नै भूभागमा आइपुगेँछु । नआइपुगुँ पनि कसरी र ‘दाइबुचु’का प्रत्येक जसो पानामा राष्ट्रभक्त बजगाईँ कतै रुँदै नेपाल तान्छन् कतै हाँस्तै, कतै विरह र वेदनामा, कतै उलाहनामा ! अनि उनीसँगसँगै हिँड्दा म पनि फुत्तफुत्त आफ्नै नेपाल परिसर आइपुगेकी हुन्छु ।

°’प्रकृतिको सुन्दर भूमि नेपालका सौन्दर्ययुक्त पहाड, हिमाल, तराई, नदी, उपत्यका, दुर्लभ फूल, मौलिक संस्कृति आदिका फोटोमा हाइकु लेखेर हाइगाका पुस्तक प्रकाशन र आर्ट ग्यालरीमा त्यसको प्रदर्शनी गर्ने हो भने नेपाली साहित्य र पर्यटन सँगसँगै अन्तर्राष्ट्रिय रूपमा प्रचारप्रसार हुने देखेको छु ।’ (पृ.१७३)

नेपालका योजना आयोगका सदस्यहरूले नेपाली साहित्यका बारेमा कहिल्यै सोच्छन् पनि कि ? तर हाम्रा अक्षर र भावनाका कालिगड बजगाईँलाई कागजी घोडा बनाउन कसले छेकबार लगाओस् र ? हुन त बजगाईँको कागजी घोडा नेपाली मनका पहाडी बाटोमा बेलगाम दौडाए पनि हुन्छ । तर नेपाली जनताको रगत पसिनाले सिँगारिएका नेपालका योजना आयोगका धुरन्धर अर्थशास्त्रीहरूले पनि हाम्रा बजगाईँले झैँ नेपाली साहित्य, संस्कृति र पर्यटन दौडाउने कागजी घोडैको डमी नै भए पनि निर्माण गरिदिए कुनै दिन वास्तविक घोडा पनि हाम्रो नेपाली परिवेशमा दौडँदै अश्वमेघका लागि निक्लने थियो कि ?

वास्तवमा ‘दाइबुचु’ले विविध भाव र भङ्गिमाबाट, विभिन्न कोण उपकोणबाट आफ्नो अध्ययन, चिन्तन र विश्लेषणको माग गरेको छ । किनभने नेपाल राष्ट्रले, नेपाली समाजले, राष्ट्र निर्माणको लक्ष्यले राजनीति गर्नेले अथवा साहित्य, संस्कृति, राजनीति र समाजसेवामा लाग्न चाहने जो सुकैले पनि बजगाईँकृत ‘दाइबुचु’भित्र डुबुल्की लगाएमा आफ्ना लागि आवश्यकीय खुराक प्राप्त गर्नेछ, कसैले रित्तै हात फर्किनु पर्दैन भन्ने मेरो दाबा नै छ ।

एउटा कुरा के भने, कुनै पनि चुलिएको लेखकले कुनै पनि रचनाको सृजना गरिसकेपछि उसको काम सकिन्छ । वास्तवमा उक्त रचनाको प्रकाशन अर्कैले गरिदिनु पर्ने हो । पाठक वा अध्येता सामु पनि अर्कैले पुर्याउनु पर्ने हो । तर त्यसो हुँदैन । हाम्रोमा त छाप्ने र पाठक वा अध्येतासम्मको खोजी पनि लेखक स्वयमले गर्नु पर्छ,अध्येता समक्षसमेत पुर्याउनु पर्छ । अझ ‘पढिदिनुस न हजुर’ भनेर ढोगभेट पनि गर्नु पर्छ । त्यति गर्दा पनि आफूले अध्येतालाई टक्र्याएको पुस्तकका पानामा आफैँले बजारबाट किनेको मसला पोको पारेको भेटिने सम्भावना पनि रहन्छ । हो, लेखक समूह भित्रको छ र बोकाबोकको खेलमा छ भने, रङ्को परिसरमा घुसेको छ र रङ्गिएरै बसेको छ भने त घटिया लेखकै पनि उत्कृष्ठताको दर्जामा उक्लाइन सक्छन् । विद्यावारिधिका विषय पनि बनिदेलान् । भलै अस्वाभाविक उचाइमा पुर्याइएका तिनलाई समयले भविष्यमा पाहा पछारे झैँ निसन्देह पछार्ने छ । हुन त वर्तमानको भेदभाव सहन वास्तविक लेखकलाई निकै कठिन पक्कै हुन्छ । तर लेखन तुरुन्तै नाफा आर्जन गरिहाल्ने लघु अावधिक व्यापार पनि होइन । सभ्यताको माटोमा पुरिएर उत्खननमा फेला परेपछि पनि मान्यता हुने, रूचाइने साहित्यको मात्र वास्तविक अर्थ हुन्छ । त्यसैले लेखक लेखकमात्र भएर बाँच्नु पर्छ, लेखकले युगले दिनसक्ने अपमान, तिरस्कार र वैरभावलाई उर्जाका रूपमा पिउन सक्नु पर्छ, पचाउन सक्नु पर्छ र त्यसरी पनि जीउन सिक्नु पर्छ । त्यसपछि मात्र लेखक अकबरी सुन भएर निस्कन सक्छ भन्ने मलाई लाग्दछ ।

हाम्रो धरातलमा शुद्ध लेखक मात्र भएर एउटा किताब लेख्ने लेखक किताब छाप्दा र त्यसको प्रचार प्रसारमा लाग्दा नै हायल कायल भइसक्छ । यदि यो विडम्वना नभोग्नु परे त कुनै कृतिको सृजनधर्मिता सकेपछि लेखक पार्श्वमा रहनु पर्ने हो र उक्त कृतिबारे विशद् अघ्ययन, चिन्तन वा विश्लेषणात्मक अध्ययन अध्येताको जिम्मामा हुनु पर्ने हो । त्यसो हुने अवस्थामा ‘दाइबुचु’ धेरै ओटा यसैबारेका कृति लेखिन सक्ने खालको सृजना हो । मैले त एकपटकमात्र पढेर ‘दाइबुचु’ बारे लेख्ने हचुवा प्रयत्न गरेकी हुँ । नत्र मैले नै पनि इमानले लेख्ने हो भने पटक पटक ‘दाइबुचु’मा डुबुल्की लाउनु पर्थ्यो । खासमा यसलाई मेरो पाठकीय अभिमतका रूपमा अघिसार्न म मन पराउँछु । किनभने म गहन अध्येता होइन, त्यस्तो ज्ञान, सीप, तपस्या र धैर्य मसँग छैन पनि । त्यसैले ‘दाइबुचु’को सतहमै बसेर फेला पारेका कुरा मात्र मैले यहाँ प्रस्तुत गरेको ईमान हो भनेर त मैले बोल्नै पर्छ ।

किनभने ‘दाइबुचु’का प्रायजसो हरेक पाठमा यी दुवै पात्रलाई कुनै न कुनै रुपमा भेटिन्छ । यसैले म पाँडे र पौडेल दुवैलाई बजगाईँलाई ‘दाइबुचु’ जस्तो नेपाली साहित्यको अब्बल यानिहाइ कृति लेखाउने पार्श्व भूमिकामा रहेका व्यक्तिको सम्मान पनि दिन चाहान्छु साथै दुवै महामनालाई नेपाली पाठकका तर्फबाट धन्यवाद समेत दिन चाहान्छु ।

‘दायिबुचु’ भित्र मैले पाएँ :
१. ‘दायिबुचु’भित्र पानापानामा राजनैतिक सचेतना साहित्यको मीठो चाश्नीमा डुबेको पाइन्छ । यस खुराकका कारण जिब्रोमा मीठास छँदा छँदै चेतनशील पाठकको मस्तिष्क समेत गहिरोसँग झन्झनाउँछ ।

२. ‘दायिबुचु’का पङ्तिपङ्ति काव्यिक प्रस्तुतिद्वारा सिँगारिएका छन् । जसले गर्दा गद्यको रूखोपन कतै पाइँदैन । बरू बखतबखत गद्य कविता पढेको अनुभूतिमा पुगिन्छ । त्यसै काव्यलयमा पाठक तानिँदै तानिँदै जान्छ । अनि किताबै पढिसकेको पनि उसलाई हेक्का रहँदैन ।

३. बजगाईँले ‘दाइबुचु’ सरल, बौद्धिक, मर्यादित र सुमधुर भाषाशैलीमा प्रस्तुत गरेका छन् ।

४. ‘दाइबुचु’ ज्ञानवर्धक खुराकले भरिपूर्ण छ ।

५. ‘दाइबुचु’ बजगाईँको प्रचुर वर्णनात्मक क्षमताले ओतप्रोत छ ।

६. यसभित्र लेखकीय आस्था र आशा जिउँदो हुनाले ‘दायिबुचु’ भावीपुस्ताका लागि समेत पठनीय र मार्गदर्शक बनेको छ ।

• दाइबुचुमा यदि यसो नभइदिँदो हो त :
१. १२ फण्टको अक्षरको २०४ पृष्ठमा १३ थान यात्रा निबन्धभित्र ७५ थान हाइकु समाविष्ट डिमाई साइजको ‘दाइबुचु’मा भाषाको सामान्य ज्ञान राख्ने मैले नै पनि भाषिक अशुद्धि नमीठो गरी भेटेँ ।

२. प्रकाशनगत त्रुटीले पनि पुस्तकको सुन्दरतामा दाग लगाएको पाएँ ।

३. स्वयम् लेखक अथवा प्रकाशकद्वारा यस कृतिलाई अन्तिम सम्पादनबाट वञ्चित गरिएको दुखेसो पनि मैले मनाउनै पर्छ ।

यो कृति पढ्नु अघि ‘दाइबुचु’ के नाउँ राख्या होला ? लेखकहरूको आफ्ना किताबको नाउँ राख्ने र आमाबाउले आफ्ना सन्तानको नाउँ राख्ने सनक पनि उस्तैउस्तै हुन्छ जस्तो मलाई लाग्छ । काम के हुन्छ ? नाउँ के हुन्छ ?

भन्नु त उसो हुन्न तर त्यही नाउँ नै पनि अलि यो किताब पढ्ने चासोको विषय चाहिँ मेरा लागि भएको थियो । अनि पुस्तक पढिसक्दा यही ‘दाइबुचु’ पो मलाई प्यारो भयो । कर्मले बस्तुलाई प्यारो बनाउँछ, जिवन्त बनाउँछ, रुचिलो बनाउँछ, सम्झनामा बाँचिरहने बनाउँछ भनेको यही पो रहेछ ।

एउटा कुरा चाहिँ मैले नभनी हुँदै हुँदैन, कारण यदि स्रष्टा तथा प्रा. रामकुमार पाँडे र स्रष्टा तथा जापानका कुसल नेपाली होटल व्यवसायी प्रकाश पौडेल ‘माइला’ नहुँदा हुन् त बजगाईँ जापान जान्थे कि जाँदैनथे र गएकै भए पनि उनको यसप्रकारको घुमघाम हुन्थ्यो कि हुँदैनथ्यो ! सोचनीय कुरा छ । किनभने ‘दाइबुचु’का प्रायजसो हरेक पाठमा यी दुवै पात्रलाई कुनै न कुनै रुपमा भेटिन्छ । यसैले म पाँडे र पौडेल दुवैलाई बजगाईँलाई ‘दाइबुचु’ जस्तो नेपाली साहित्यको अब्बल यानिहाइ कृति लेखाउने पार्श्व भूमिकामा रहेका व्यक्तिको सम्मान पनि दिन चाहान्छु साथै दुवै महामनालाई नेपाली पाठकका तर्फबाट धन्यवाद समेत दिन चाहान्छु ।

अर्को कुरा ‘दाइबुचु’ पढ्नु अघि मलाई लाग्थ्यो ‘घुम्न पाए लेखिहालिन्छ नि यात्रा निबन्ध त !’ तर ‘दाइबुचु’मा प्रस्तुत बजगाईँको कलमको सीप, शब्द भण्डार, ऐतिहासिकता र ज्ञानको प्रस्तुति, शैलीगत वैशिष्ठ्य, स्थलगत चित्रात्मक प्रस्तुति कला, कवितात्मकता, संवेदनाको सागरजस्ता विशेषताहरूले चुलिएको ‘दाइबुचु’ले मलाई पराजित पार्यो । अनि मैले निरासिएर आफैँसँग सुटुक्क भने ‘म त यात्रा निबन्ध लेख्तिन होला ।’

एउटा लेखकमा यति धेरै विशेषता त विरलै पाइन्छ । अनि लेखेरमात्रै पनि के पो गर्नु र ? पाठकले पनि त रूचाइदिनु पर्यो !

जाँदाजाँदै एउटा बलियो माग चाहिँ गर्नु छ; ‘दाइबुचु’ले अविलम्ब अङ्ग्रेजी भाषाको संसार हेर्न पाउनु पर्छ ।

•••
© इन्दिरा प्रसाई
~
• अनुमतिबिना कुनैपनि मेडियाका माध्यमहरुमा सार्वजनिक गरिन पाइनेछैन ।


Loading comments...