प्रतिस्पर्धात्मक राष्ट्रवाद अनि ‘इनफ इज इनफ’


नेपालको राजनितिका उतारचढावहरु रातारात नयाँ नयाँ आयाम लिँदै छन्, नेपाली राजनितिमा चासो राख्ने जोकोहीका लागि आजभोलीका अपडेटहरुले राजनितिशास्त्रको सानोतिनो कोर्स गरेको भन्दा कम ज्ञान र धारणा दिएका छैनन् । अनि बाँकी केहि ज्ञानका फोहोराहरु त फेसबुके स्टाटस, यूट्यूबका ज्ञान र धारणा प्रदायकहरुले प्रदान नगरि छाड्दैनन ।

suyog dhakal
लेखकः सुयोग ढकाल

राजनैतिक तथ्यहरु अभिव्यक्ति र प्रोपोगाण्डामा आधारित रहन्छन्, व्यक्तिगत रुपमा मैले सद्धाम हुसैनजस्तो दमदार र गज्जका नेतृत्व देखेको छैन, दुनिँयाले जे भनोस् मैले भोगेको यूगका हुसैन बाघ नै हुन्, मर्नुअगाडि पनि यिनले दिएका भाषण र तर्कहरुले अहिले पनि रौं ठाडो पारिदिन्छन् । नेतृत्वको दम बिकास र उदारतमा कहाँ हुन्छ र ? नेतृत्व एउटा अनुहार हो, त्यस अनुहारको ब्राण्ड अनि फ्यानफलोइगंले त्यसको गहिराई निर्धारण गर्दछ । सद्दामले देशलाई के गरे थाहा छैन तर समग्र ईराक नै सद्दामको भाषण र अभिव्यक्तिको कायल थियो, यिनको फेसभ्याल्यू आज पनि उत्कटमा नै छ ।

नेपालको आधूनिक राजनैतिक इतिहासमा अहिलेको समयमा जस्तो अधिनायकवाद, प्रतिस्पर्धात्मक राष्ट्रवाद अनि प्रोपोगाण्डाको प्रयोग कहिल्यै भएको थिएन । विशेश्वर प्रसाद कोइरालाको अबिछिन्न नेतृत्वमा समर्थन गर्ने फलोअर्सहरु पछि नेपालीले त्यस्तो ब्राण्ड भएको अनुहार र फलोवरस्हरु पाएका थिएनन । प्रचण्ड वनवास पछि फर्कदा शान्ति संझौता पछिको खुलामञ्चको भाषण सुन्न म पनि गएको थिँए, प्रचण्डको ब्राण्डमा दम हुने सम्भावना थियो तर उनी टाँईटाँई फिस भए । मदन भण्डारी फक्रनै पाएनन, यो पनि एउटा कन्सपीरेसी थियोरि नै हो ।

नेपाली कम्यूनिष्टहरुलाई कम्पीटेटिभ एडभान्डेज छ, सोभियत संघको कम्यूनिज्मको ७० वर्षको अभ्यास अनि त्यसको पतनपछि चीनले धेरै कुरा सिकेको थियो, चीनको यो सिकाई अनि पूनरावृतिपछि नेपालमा कम्यूनिष्टहरुको संसदमा पूनरागमन यो, बहुमतका साथ एउटा पूर्नजन्म हो यो । भुकम्प पछि नाकाबन्दि भयो अनि त्यस नाकाबन्दिले नेपाली कम्यूनिष्ट मञ्चमा उति एक्पोजर नपाएका एउटा नेतालाई रातारात ब्राण्ड बनाइदियो, अहिलेका प्रधानमन्त्री ओली । आज ओलीको आलोचना गरिन्न, यिनको प्रतिस्पर्धात्मक राष्ट्रवाद आजको नेपाली संसदको हरेक वक्ताहरुको एन्थम नै भएको छ ।

नेपालीहरु के चाहन्छन् ?
उत्तर सिम्पल छ, नेपालीहरु राष्ट्रवादको ससाना टफी चाहन्छन्, ओलीले नाकाबन्दिताका दिएका केहि वक्तव्यहरु, नेपाली राष्ट्रवाद अनि भारतपरस्त नीति अनि नेतृत्वलाई गरेका आलोचनाहरु नै चुनावमा यिनको लाइफलाइन भयो ।

कालापानी, लम्पीयाधुरा मुद्दामा सबैभन्दा धेरै राष्ट्रवादी ब्राण्ड कस्ले बनाए, ओलीले बनाए । यस्ता प्रतिस्पर्धात्मक राष्ट्रवादका केहि बाछिटाहरु मिनेन्द्र रिजाल, राजेन्द्र महतो लगायतले पनि ग्रहण गर्न पाए । नेपालीहरु मख्ख छन्, हामी फेसबुकमा आधारित तर्कमा नतमस्तक छौं, हामी त्यहिँबाट रातारात हिरो र जिरो बनाँउछौं, हामी बिकास हैन बोली चाहन्छौं, यो प्रमाणित भएको छ ।

ओली सरकार बिरुद्ध इनफ इज इनफ आन्दोलन शुरु भयो, यस्मा फेसबुकको भूमिका अतूलनिय छ, सामाजिक सञ्जाल बुझेको केहि जमातले उपयूक्त भिडियो कन्टेन्ट र हेडलाइनको सहायतामा नेपालमा कुनै पनि समय, कुनै पनि विषय अनि कुनै पनि प्रकरणमा आन्दोलन गर्न सक्ने सार्मथ्य राख्दछन् । यो एउटा जोखिम हो तर फेरि यो आन्दोलन जरुरी पनि थियो, भ्रष्टाचार, सत्ता समिकरणको अस्वस्थ ओलीतन्त्र, खरिदप्रकरणको लुटपाट, चार्टर बिमानमा कायम भएको ब्यापक उच्चा भाडादर विरोधको स्वरहरुपछि हप्तादिन मैं २ पटक भाडादर घटाउने कार्यले पर्यटनमन्त्रीमाथीको प्रश्नचिन्ह । कार्पेटको मूल्यका कुरा, युवराज खतिवडाको बिद्युतीय गाडीको करमा छलाङ वृद्धि, कोरोना सम्बन्धी मेडिकल सामाग्री खरिदमा अनियमितता आदि धेरै कुराहरुले वार्मअप गराइरहेको थियो, अनि ब्रष्ट भयो “इनफ इज इनफ” । ओली बाठा छन्, राष्ट्रवादका वक्तव्यहरुले जस्तो सुबै आन्दोलनका र आवाजका घनत्वलाई शिघ्र स्खलित गराउन उनि खप्पीस छन्, संसदमा सबै मिलेर बिधेयक पास भयो, अरु सबै आन्दोलन र आवाजहरु भुलेर नेपालीहरु राष्ट्रवादको टफीमा मस्त, एकरात अघि “इनफ इज इनफ”, “स्यानीटाइज आवर गर्भमेन्ट” ट्वीट ह्याशट्यागहरु चेन्ज भएर रातारात “आइ लभ राजेन्द्र महतो”सम्म पुग्यो, यस्तो शिघ्र उचारचढाव त सिरियाको राजनितिमा पनि हुन्न, हेक्का होस् नेपाली राजनिति र शासन प्रकरणहरु सिरियाको भन्दा तरल छ, अदृश्य हातले चलेको छ, चलेको थियो पनि ।

ओलीको एउटा स्वाग छ, उनी अरुको सुन्न सक्दैनन, यो एउटा रोग पनि हुनसक्दछ, म क्लीनकल्ली ब्याख्या गर्न पनि सक्दिन । उनी बोषिय पदार्थ देखि हिमालयका हावा ठोकिने सम्मका तर्कहरुका संकलक हुन्, यिनको बोलीमा छल छैन, यिनी स्पष्टसँगले बुझेको कुरा बोल्छन्, उन्को ब्राण्ड छ तर ओली एउटा सार्वभौम देशका प्रधानमन्त्री पनि हुन्, तथ्यपरक कुरा बोल्नु जरुरी हुन्छ ।

ओलीले चाहेर या नचाहेर, यिनका सरकारमा जतिको देखाएरै भ्रष्टाचार अहिलेसम्म शायद सुनिएको थिएन, यिनका विश्वासपात्रहरु देशद्रोही काममा सप्रमाण आए, ओलीको यस विषयमा मौनता बडो गज्जब छ, यो उन्को शालिनता हो या धृतराष्ट्रको जस्तो अन्धो पुत्र मोह ?

सरकारसँगको अभिभावकत्व यसरी नेपालीजनमा कहिल्यै पनि कमी भएको थिएनन, लकडाउनपछिका दिनमा सरकारको ब्राण्ड घटेको छ, ओलीको ब्राण्ड बढेको छ । यो सत्य हो । मलाई सोध्नुहोस न, मोफसलमा लकडाउन छल्न आएको छु, मान्छेहरु सरकारसँग डराएका छन्, सरकार मानौ एउटा ग्यांगस्टर हो । देश छिर्न नपाउनेहरुको पीडा एकातिर, देशमा पठाएको पैसो छिर्यो, भोट दिएको मत छिर्यो तर कोरोना त्रासमा देशले ढोका खोलेन । आफन्तलाई बाहिर रोकेर देशलाई सुरक्षित गर्दा ओलीका आसेपासेहरु १० अर्वको बहिखाता मिलाउन ब्यस्त थिए शायद, अहिलेको नेपाल सरकारको आफ्नै नियम छन् अनि आफ्नै तर्क । गायकहरुलाई थुनेर समाज रुपान्तरण गर्ने सरकारको कदम, गुठि बिधेयकको सन्कीपना, एमसीसीको लालसा आदि सबै सरकारका बैगुन बिर्सैर कोरोना त्रासमा एकजुट हौंला भनेको सरकारले यस्तो अवस्थामा पनि झिनो अभिभावकत्व समेत दिन सकेन, धिक्कार लाग्छ ।

नेपालमा चुनाव जित्न भारत बिरोधी सेन्टीमेन्ट चाहिन्छ, ओलीले बुझेको छन् । ओलीले प्रतिस्पर्धात्मक राष्ट्रवाद बुझेको छन्, भारतमा मोदीले बुझेको छन् यस्तै प्रतिस्पर्धात्मक राष्ट्रवाद, पाकिस्तानबिरोधी कुरा र तथ्य नल्याइकन भारत एक हुँदैन, मोदी पनिओलीजस्तै पपसलिस्ट र प्रतिस्पर्धात्मक राष्ट्रवादका पैरवी प्रेरणाका उपज हुन् । ट्रम्पले आप्रवासीको बिरोध गर्दै, मेक्सिकनलाई गाली गर्दै अनि मुसलमान बिरोधी कुरा गरेरै अमेरिकाको राष्ट्रपति पड्काए, रंगभेदी आन्दोलनले कालान्तरमा ट्रम्पलाई नै फाइदा गर्छ, बिभाजनमा आधारित भोटरको ज्यामितिमा राष्ट्रवाद मिसाएर ट्रम्पले पासा उल्टाएका हुन् ।

फेरी यसमा गलत के छ? आफ्नो देशको हीतमा ट्रम्प या मोदी या ओली केन्द्रित छन् र भावी राजनीतिक पुस्ता पनि अडिग रहनुपर्छ । देशको मुद्दामा हिजोको राजनीतिक पुस्ताले किन पहल गरेन अथवा खुट्टा किन कमायो भन्ने कुरा फरक हो । ‘रात बिती बात बिती’ छाडौं विगत तर वर्तमान सीमानाको मुद्दामा जसरी ओलीतन्त्रले एउटा हिम्मत देखाएको छ त्यो हिम्मत पुस्ता हस्तान्तरणको लागि एउटा ठूलो उदाहरण हुनेछ । ओलीतन्त्रको यो शाहसको गाथा युयौंसम्म गुञ्जिनेछ ।

नेपाली नक्शा संसदमा पास भयो, सबै मख्ख छन्, हरेक आवाज र आन्दोलनहरु स्खलित भए, अब हामीलाई १० अरबको हिसाब चाहिएन, क्वारेन्टाइनमा मच्छरको टोकाइ खाँदै च्यूरा दालमोठ खाएर पनि नेपालको नयाँ नक्शा देखेर ओलीलाई साधुवाद दिँदै हामी १० अरब जोगाउन तिर लागेका छौं । हामीलाई पिसीआर चाहिन्न अब, आरडिटीको नकारात्मक पक्ष्ँहरु र मिसगाएड गर्ने तथ्याकं एकातिर थाती राखेका छौं, बरु बाइकमा एकएकजना मात्र बसौंला, बरु सरकारलाई सापट लिएर भए पनि कर बुझाँउला, भारतबाट नेपाल छिरेका नेपाली आप्रवासी कामदारहरु तराईका सडकहरुमा सोत्तर सुत्दै उठ्दै हिँडेका छन्, घर पुग्लान नपुग्लान, नयाँ नेपालको नक्शा देखाउन पाए उनीहरुमा प्राण आउँथ्यो कि ?

बिधुतिय सवारीको स्टक राखेर निति परिवर्तन गर्दा कमाएका अरबको हिसाब हामीलाई चाहिएन, निर्मला प्रकरण त हामीले परमानेन्टली डिलेट गरिसक्यौं, अब संझना छ त केवल नयाँ नक्शा अनि राष्ट्रवाद ।

#EnoughIsEnough भनेर बहूमतको सरकारलाई सत्ताबाट हटाएर झनै अस्थिर देश बनाउने ध्येय जनताको हुनै सक्दैन तर ओलीतन्त्र नै लोकतन्त्र हो भन्ने मानसिकताले अन्धो भएर हरेक प्रकरण सहेर बस्नुपर्ने हामीलाई कर छैन । सरकार भ्रष्ट छ अनि ओली मौन छन्, यो ध्रुवसत्य हो, ओलीको बिकल्प छैन यो पनि अर्को सत्य हो, ओलीको प्रतिस्पर्धात्मक राष्ट्रवादको सिद्धान्त नेपालीहरुलाई फकाउन निकै प्रभावकारी भएको छ, आन्दोलन र आवाजहरु शिघ्र स्खलित भएक छन्, यो सर्वाधिक ठूलो सत्यता हो ।

नयाँ नक्शा हामीले प्राप्त गरेका छौं, यो सरकारले लिएको यो एतिहासिक हिम्मतको कुरो हो । भूमी फिर्ता ल्याउन कसैले खुट्टा नकमाउन् । सीमाको मुद्दामा प्रधान्मन्त्रीको यो पहल सदियौं देशवासीले सम्झिराख्नेछन् र अहिले सबै राजनीतिक चिन्तन एक ढिक्का भएर देश बलियो बनाउने यात्राका लागि पहल सर्वदा कायम रहोस् । सबैलाई धन्यवाद तथा बधाई !


Loading comments...