Lifestyle Portal
  •   १९ श्रावण २०७८, मंगलवार

पशुपति परिसरमा सरसफाई सुविधा निर्माणार्थ भारतद्वारा नेरु पौने चार करोड आर्थिक सहयोग

१ असार २०७७, सोमबार २१:२५

काठमाडौं, २०७७, असार १ । सन् १९७९ देखि युनेस्कोको विश्व सम्पदा सूचीमा रहेको पशुपति क्षेत्र मन्दिर परिसरमा सरसफाई सुविधा निर्माणका लागि भारतीय राजदूतावास, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र काठमाडौं महानगरपालिकाबीच आज सम्झौतापत्रमा हस्ताक्षर भएको छ । भारत सरकारद्वारा उच्च प्रभाव सामुदायिक विकास परियोजना (एचआइसिडिपी वा पहिले एसडिपीज) को रु पमा यस परियोजनालाई नेपाल–भारत मैत्रीः विकास साझेदारी अन्तर्गत अनुदान दिइनेछ ।

यस परियोजनाको प्रस्ताव पशुपति क्षेत्र विकास कोष (पिएडिटी) ले भारतीय राजदूतावासलाई सन् २०१९ को अक्टोबर महिनामा पठाएको थियो । पशुपतिनाथ मन्दिरमा पाल्नु हुने तीर्थयात्री तथा पर्यटकका लागि सरसफाई सुविधा निर्माण गर्न यस परियोजना अन्तर्गत भारतले नेरु. ३.७२३ करोड आर्थिक सहयोग प्रदानगरेको हो । यो परियोजनाको कार्यान्वयन काठमाडौं महानगरपालिकाले नेपाल सरकारले तोकको मापदण्ड अनुरुप गर्नेछ । सहमति अनुसार १५ महिनामा निर्माण कार्य सम्पन्न गर्नका लागि महानगरपालिकाले टेन्डर प्रक्रियामार्फत उपयुक्त ठेकेदारको पहिचान गर्नेछ ।

काठमाडौंमा अवस्थित पशुपतिनाथ मन्दिर नेपालको सबैभन्दा ठूलो मन्दिर परिसर हो र बागमती नदीको दुवैतिर फैलिएको छ जहाँ हरेक दिन हजारौंको संख्यामा भक्तजनहरु आउँछन् । सन् २०१४ अगस्ट महिनामा दुवै सरकारले सहमति गरेको सरसफाई परियोजनाले पशुपतिनाथ मन्दिर परिसरमा सार्वजनिक सुविधाहरुको स्तरोन्नतिका लागि नेपाल सरकारको प्रयासलाई सार्थक बनाउनेछ ।

प्रतिक्रिया दिनुहोस !
Loading comments...
सम्बन्धित खबरहरु

भारतका स्थल सेनाध्यक्ष जनरल मनोज मुकुन्द नरवणे र सेनाका प्रधान सेनापति महारथी जनरल पूर्णचन्द्र थापाबिच टेलीफोनमार्फत संवाद भएको छ ।

धार्मिक तथा आध्यात्मिक तिर्थाटन स्थलहरुको पुनर्स्थापना कार्य सुरु गर्नुपूर्व क्षमा माग्ने रिति अनुसार ललितपुरका स्थानीय समुदायले हिरण्यवर्ण महाविहार तथा दिगी

राष्ट्रिय एकता अभियानले धनुषाको जनकपुरमा प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत र पकिस्तानका प्रधानमन्त्री इमरान खानविरुद्ध प्रदर्शन गरेको छ ।

राष्ट्रिय एकता अभियानले काठमाडौंमा जनता समाजवादी पार्टी नेपाल (जसपा) का सङ्घीय परिषद् अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईविरुद्ध प्रदर्शन