
पार्टि गर्न हिंडेका युवाको शव सेती नदी खोंचमा भेटियो, हत्याको आशंका
१ असार २०७७, सोमबार २२:४०
पोखरा ३३ बाघमारा चौरमा शनिबार राति एक व्यक्ति मृत फेला परेका छन् । पोखरा २९ पट्नेरीका २० वर्षीय अमित रसाइलीको शव फेला परेकाे गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी नायव उपरीक्षक राजेन्द्रबाबु रेग्मीले जानकारी दिए ।
अमितले मोटरसाइकल (बाइक) किनेको खुसीमा आफ्ना निकटतम साथीलाई पार्टी दिन बाघमारा चौरमा भेला गराएका थिए ।
अनुसन्धानमा खटिएका १ प्रहरी अधिकृतका अनुसार चौरमा पार्टी दिन रक्सी, चाउचाउ लगायतका खानेकुरा लिएर अमितसहित ५ जना भेला भए ।
जेठ ३१ गते शनिबार राति ९ बजे उनीहरु भेला भएर रक्सी खान थाले । रक्सी खाँदै जाने क्रममा मदिराले मात्तिएपछि साथीबीच विवाद बढेर हत्याको रुप लिएको हुनसक्ने प्रहरीको अनुमान छ ।
जेठ ३२ गते आइतबार बिहानपख ३ बजे अमित हराएको सूचना पार्टीमा संलग्न साथीहरुबाट प्रहरी कन्ट्रोल रुममा पुगेको थियो ।
खोजतलास गर्दा अमितको शव पोखरा ३२ स्थित सेती नदी खोंचमा फेला परेको प्रदेश प्रहरीले जनाएको छ । प्रहरीले अमितको शव बिहान ७ बजे फेला पारेको हो ।
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
काठमाडौं । लुम्बिनी, भैरहवास्थित ‘गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल’मा अवतरण गरेको ‘जजिरा एयरलाइन्स – Jazira Airlines’को विमानमा चरा ठोक्किएको छ । हिजो
जसरी मानिसको जीवन–चक्र हुन्छ त्यसैगरी वस्तुको पनि जीवन–चक्र हुन्छ। मानिसको जीवन चक्रमा चार अवस्था– जन्म, युवा, प्रौढ र मृत्यु भएझैं
तपाईंको भान्सा झन महंगो हुने भएको छ भने सवारी इन्धनमा समेत महंगीको अर्को थप मूल्य बढेर आएको छ । नेपाल
काठमाडौं महानगरको मेयर पदका लागि लौरो चिन्ह लिएर स्वतन्त्र उम्मेदवारी दिएका बालेन साह दुवै प्रतिद्वन्द्धिहरुविरुद्ध आज विहानसम्म पनि अत्याधिक मतले