हाम्रो शोकको घडीमा पनि ‘बुवाको मृत्युमा हर्षोल्लास’!


श्री प्रकाश सायमीज्यू,
नमस्कार !

कोरोना भाइरसको यो संक्रमणमा तपाईं र तपाईंको परिवार आरामै हुनुहुन्छ भन्ने आशा गरेका छौं ।

दुखद कुरा त के भने यो विषम परिस्थितिमा हाम्रा बुबा श्री रत्नशमशेर थापालाई यो कष्टकर समयमा गुमाउनु पर्दा हामी परिवारलाई मात्रै होइन, नेपाली गीत-संगीत क्षेत्रका सबैलाई चोट परेको होला भन्ने महसुस गरेका छौं ।

बुबा लामो समयदेखि बिरामी भई अस्पताल र घर गरिरहँदा यस्तो विषम परिस्थितिमा पनि अरू धेरैले फोन, म्यासेज वा सकेमा भेटघाटबाट स्वास्थ्यस्थितका बारेमा जानकारी लिने, स्वास्थ्यलाभको कामना गर्ने गरेका थिए । तर त्यो समयमा यहाँले कहिल्यै बुबाबारे चासो देखाएको हामीलाई थाहा भएन ।

हुन त तपाईं गीत-संगीतको ज्ञाता-विज्ञ हुनुहोला तर त्यसो हुँदैमा कुनै पनि श्रष्टाका बारेमा जे मन लाग्यो, त्यही बोल्ने अधिकार पक्कै पनि यहाँमा छैन । यहाँले बुबाका बारेमा बनाएका किस्सा, अफवाह र भ्रमले हामी परिवारमाथि अन्याय र गलत दोषारोपण भएको हामीले महसुस गरेका छौं ।

बुबाको देहावसानपछि पीडामा रहँदै काज-किरियामा रहेका बेला यहाँले २०७७ जेठ २४ गते शनिबार ‘गोरखा पत्र’ दैनिकमा ‘गीतको फुल फ्लेबर डियर रत्नदाइ’ शीर्षकमा लेखेको लेख र बुबाबारे फैलाएका अफबाहबारे हाम्रो ध्यानआकर्षण भएको छ र हामी परिवारलाई गहिरो चोट परेको छ । सो लेखमा यहाँले हाम्रो शोकको घडीमा पनि बुबाको मृत्युमा हर्षोल्लास गर्दै हुँदै नभएका उपनाम ‘आर.एस. मधुकर’ र ‘जानिकाजी’ लेखिएका र अन्य कुराले बुबाप्रति, बुबाको जीवनप्रति व्यंग्य गरेको महसुस भएको छ । त्यस्तै, हाम्रो बुबालाई अरुबाट धेरै कुरामा आस राख्ने र साथीभाइसँग लामो सम्बन्ध बनाउन नसक्ने भनी लेखिएका कुतर्कले पनि हामी विक्षिप्त छौं । त्यो लेखपछि हाम्री आमालाई पनि पतिप्रति लेखिएका भ्रमात्मक कुराले ठूलो चोट परेको छ ।


हुन त तपाईं गीत-संगीतको ज्ञाता-विज्ञ हुनुहोला तर त्यसो हुँदैमा कुनै पनि श्रष्टाका बारेमा जे मन लाग्यो, त्यही बोल्ने अधिकार पक्कै पनि यहाँमा छैन । यहाँले बुबाका बारेमा बनाएका किस्सा, अफवाह र भ्रमले हामी परिवारमाथि अन्याय र गलत दोषारोपण भएको हामीले महसुस गरेका छौं ।

यहाँले हाम्रा बुबालाई सिनेमामा गीत लेखाउनु भएको र ती गीत पपुलर भएको पनि हामीलाई थाहा छ । सिनेमामा गीत लेखेको पारिश्रमिक नपाएर ‘म्युजिक नेपाल’मा गई धर्ना दिंदा निर्माताको रोयल्टीमा कट्टा हुने गरी पारिश्रमिक लिएर आउनुभएको पनि हामीलाई थाहा छ ।

त्यसो त विगतका कुरा धेरै होलान् तर दिवंगत भैसकेको व्यक्तिका बारेमा सार्वजनिकरूपमा दिएका यस्ता अभिव्यक्तिले पक्कै पनि कसैको हित गर्दैन भन्ने हामीलाई लाग्छ ।

आगामी दिनमा बुबाबारे बोल्नै परे तथ्यगत कुराहरूमात्रै बोलिदिनुहुन आग्रह गर्दछौं ।

सबैको भलो होस् ।
नमस्कार ।

सुपुत्रद्वय
रुपेन्द्रशमशेर थापा र रमेन्द्रशमशेर थापा
कमलपोखरी, काठमाडौँ
१ असार २०७७


Loading comments...