लकडाउनमा एक्लो र उदास हुनुहुन्छ? मनोपरामर्श आवश्यक हुनसक्छ!


डाक्टर नविन लेखक पाटन अस्पतालका मनोसामाजिक विशेषज्ञ हुन्, अस्पतालको ड्यूटीका क्रममा नै यिनलाई दिँउसो एउटा फोन कल आयो, उक्त फोनमा एकजनाले अब मलाई बाँच्न मन छैन भनी संवाद गरे, ति व्यक्तिले अब आफैले आफैलाई मार्न आँटेको बताए । तर लेखक ति व्यक्तिसंग कुरा गर्दै कुरामा व्यक्तिलाई सम्झाउन थाले, मनोसामाजिक परामर्शका लागि लेखक विशेषज्ञ र तालिमप्राप्त व्यक्ति हुन् ।

संवादमा ति व्यक्तिले अताल्लीएर आफू जीवनसँग दिक्क भएको र मर्न लागेको बताइरहेका थिए, मैले हाम्रो समवादलाई ति व्यक्तिको आत्महत्या गर्ने तर्कभन्दा पर लगेर उनलाई सम्झाउन खोजे, बिकल्पहरुका बिषयमा कुरा गरेँ, यिनी गहिरो मनोसामाजिक समस्यामा परेका थिए । लेखकले बताए ।

यसरी २० मिनट कुरा गरेपछि ति व्यक्तिले आफू मेडिकल जाँच र उपचारका लागि तयार भएको बताए, तुरुन्तै हामीले टोली खटाएर उनलाई अस्पताल ल्यायौं, लेखकले बताएका छन् । यो खबर हामी द काठमाण्डौ पोष्टबाट अनुवाद गर्दैछौं ।

प्रस्तुतीः सुयोग ढकाल

यो सामाग्री लेख्नुअघि केही मनोचिकित्सकहरुसँग मैले सल्लाह पनि लिएँ कोरोना त्रासकै कारण घरको बन्द कोठाबाट परामर्शका लागि के कस्ता फोनहरु आएका छन् त? उत्तर छ प्रशस्त । धेरै कोभिड र कोरोनाको समाचार भयो, चौबिस घण्टा जस्तो मेडिया सामाग्रीहरुमा केवल कोरोना-कोरोनाको कारण पनि केही अन्य कुराहरुले विछिप्त व्यक्तिहरुका लागि तनाव खडा गर्न सक्छ, यो समस्याले पनि मनोरोगीहरुमा समस्या खडा गर्नसक्छ ।

पाटन अस्पतालका मनोसामाजिक चिकित्सकहरुको ६ जनाको टोली छन्, जस्मा लेखक र यिनका अन्य ५ जना सहकर्मी छन्, यस्तो आकस्मीक बेला र लकडाउनका समयमा यस टोलीले मनोसामाजिक परामर्श क्राइसि हेल्पलाइन सञ्चालन गरेका छन् ।

पाटन अस्पतालले आत्महत्या रोकथामका लागि सन् २०१६ बाट नै यस क्राइसिस सेल सञ्चालनमा ल्याएको छ, यस सेवा २४सै घण्टा उपलव्ध छ । यस हटलाइन नंबर ९८१३४७६१२३ हो, यस्मा कुनै पनि बेला कल गरेर परामर्श लिन सकिन्छ ।

विश्वव्यापी रुपमा नै टेलीसम्वाद आत्महत्या नियन्त्रणका निकै प्रभावकारी पाइएको छ, आफ्नो पहिचान शुरुमा खोल्न नपर्ने र मनका कुराहरु निर्धक्क भन्न पाइने हुँदा मान्छेहरु प्रत्यक्ष सम्वाद भन्दा पनि टेलीफोन सम्वादमा अझै खुल्ने गर्दछन् । यसरी आउने कलहरुमा डाक्टरहरुले समभाव राखेर कुरा सुन्ने र बिकल्पहरु बताउँदै जीवनप्रतिको धारणा सकारात्मक बनाउन मद्धत गर्ने र आत्महत्याको बिचार हुनुका कारणहरु केलाउने काम गर्दछन् ।

ति कलरहरुले फोन राखेपछि के गर्नेछन् भन्ने कुरा हामीलाई थाहा हुँदैन, हामी यस विषयमा सम्वेदनशील पनि हुन्छौ तर सकेसम्म ति कलरहरु नजिकका अस्पतालमा गए होलान या जाउन भनने बिषयमा कुराकानीलाई केन्द्रीत गर्दछौं, पाटन अस्पतालका अर्का मनोसामाजिक बिशेषज्ञ डाक्टर पवन शर्माले बताए । अस्पतालको यस सेलले फोन गरेका बिरामीहरुको फोनबाट फलोअप भने गर्दैनन ।

यसका साथै अर्को एउटा संस्था ट्रान्स कल्चरल साइकोलोजीकल अर्गनाइजेशन टीपीओ नेपालले पनि यस्ता परामर्श सेवाहरु प्रदान गर्दै आएको छ । यी परामर्शहरुले थेरापी बेस्ड भन्दा माथि उठेर भावनात्मक र संवेगात्मक पाटाहरु पनि केलाउने काम गर्दछन् । टीपीओ नेपालकी क्लीनीकल म्यानेजर जमुना मर्हजनले यस्ता टेली परामर्शमा विशेषज्ञको उपलव्धताका साथ प्रहरीको पनि समन्वय जरुरी भएको बताउनुभएको छ । जमुना महर्जन एउटा घटना सम्झना गर्दै एकफेर एकजनाको कलमा अब आफूलाई खत्तम गर्न लागेको बताएका र बल्ल बल्ल वार्तालापका क्रममा उक्त व्यक्तिको लोकेशन पत्ता लगाएर प्रहरीको समन्वयमा उनलाई उद्धार गरेको घटना उल्लेख गर्दछिन् । टीपीओ नेपालको हेल्पलाइनको टोल फ्रि नंबर १६६००१०२००५ रहेको छ, यस नम्बरमा धेरै प्रकारको मनोसामाजिक परामर्श सेवाहरु निःशुल्क प्रदान गरिन्छ ।

लकडाउनमा हामीहरु स्वयम या छरछिमेकमा कसैलाई बिभिन्न प्रकारको मनोसामजिक समस्याहरु आउन सक्दछ, निम्न नम्बरहरुमा कल गरेर आफ्नो कुराहरु टेलीफोनमार्फत् निर्धक्क भन्न सक्नुहुनेछ, आउनुहोस् सबैजना एकजुट भएर आत्महत्या बिरुद्धको अभियानमा लागौं, मनका कुरा मनमा नराखौं ।

पाटन अस्पताल ९८१३४७६१२३ | टिपीओ नेपाल १६६००१०२००५ | टिचिंग अस्पताल ९८४००२१६००


Loading comments...