डा. सावित्री श्रेष्ठको “मौन क्रन्दन”


शनिवार असार ६ गते डा. सावित्री श्रेष्ठको कथा संग्रह “मौन क्रन्दन”को अनलाईन विमोचन भएको छ । विगत तीन दशक भन्दा अगाडी देखि नेपाली साहित्य श्रेत्रमा संलग्न रहनु भएकी लेखक डा. श्रेष्ठ अक्षलोक साहित्यिक पत्रिकाको सम्पादक हुनुहुन्छ । उँहाले विशेषगरि महिला अधिकार र महिला तथा सिमान्तकृत वर्गको उत्थानका विषयवस्तु अन्र्तगत रहेर आफ्नो कलम चलाउँदै आउँनु भएको छ ।

अहिले विश्वमा कोभिड १९ ले गर्दा सिर्जिक विशेष परिस्थिती र त्यसले नेपाललाई पारिरहेको प्रत्यक्ष असरलाई मध्यनजर गरि कथा संग्रहको प्रकाशक अक्षलोक प्रकाशनले अनलाई विश्लेषणात्मक विमोचन गरको थियो । यस कार्यक्रममा कथावस्तुको विश्लेषण साहित्यकारहरु अस्विनी कोइराला, कृष्ण बजगाँई, पद्मावती सिंह, वासुदेव अधिकारी तथा डा. लेख प्रसाद निरौलाले गर्नुभएको थियो । कृतिको विश्लेषण गर्दै कार्यक्रममा साहित्यकार पद्मावती सिंहले भन्नु भयो, “नारीको विषय वस्तुलाई प्रमुख स्थान दिने कथाकारको रुपमा मैले डा. श्रेष्ठलाई पाएँ । कथा एकदम रोचक, भाषा सरल, सबै कथाहरु स्वादिला र पठनीय रहेको मैले पाएँ ।”

यस बाहेक कार्यक्रममा प्रा.डा. राजेन्द्र प्रसाद अधिकारी, प्रा. डा. वेनी जङ्गगम, गोर्खे साइँलो, विष्णु अल्पविराम, विन्दा पाण्डे, डा. अम्बु भवानी, स्वराज शाक्य, जयन्ती स्पन्दन, निर्मल थापा, सीता शर्मा, हृदयराज बज्रचार्य, ई. डा. राजन सुवाल, चम्पक पोखरेल, ई. स्वजन स्वराज शाक्य, एम.जे. झा लगायतका विभिन्न साहित्यकार, साहित्य प्रेमी, बुद्घिजीवि वर्ग तथा प्राध्यापकहरुको सहभागीता रहको थियो ।

कार्यक्रममा अक्षलोक साहित्यिक पत्रिकाका प्रधान सम्पादक प्रा. सिद्घिश्वर मान श्रेष्ठले स्वागत मन्तव राख्दै “मौन क्रन्दन” पुस्तक कता अपलब्ध छ भन्ने जानकारी गराउनु भयो । कार्यक्रम संञ्चालन भने पुस्कतका कभर डिजाईनर संचार विशेषज्ञ स्वर्णिमा श्रेष्ठले गर्नु भएको थियो । अनलाइनमा जुम मार्फत भएको यस कार्यक्रममा करिब ७५ जनाको सहभागिता रहेको थियो भने फेसबुक लाईभ तथा युट्युबमा पनि प्रत्यक्ष प्रशारण भएकोमा थप सहभागी रहेका थिए ।


Loading comments...