
लोकतन्त्रविरुद्धको त्यो ‘तियानआन्मेन नरसंहार’
चीनको राजधानी तियानआन्मेन स्क्वायरमा लोकतन्त्रको पक्षमा प्रदर्शन हुँदा गरिएको दमनको ३१ वर्ष पूरा भएको छ । १९८९ को जुन ३ र ४ मा प्रदर्शनकारीमाथि गरिएको चरम दमनलाई चीनभित्र स्मरण गरिँदैन । कसैले यसको स्मरणमा कुनै कार्यक्रम गर्न वा सामाजिक सञ्जालमा केही कुरा राखेमा सरकारले निस्तेज गर्दैआएको छ । यसको अनुगमन मात्रका लागि सरकारले १० हजारभन्दा बढी सुरक्षाकर्मीलाई गुप्त ढंगले खटाउँदै आएको छ ।
यदि कसैले यो घटनालाई लिएर कुनै कार्यक्रम गरेमा उसलाई साढे तीन वर्षसम्मको जेल सजायको प्रावधान राखिएको छ । तर, यस नरसंहारअघि लोकतन्त्रको पक्षमा आन्दोलन गरेका लुन झाङ त्यो समय युवा थिए र आफूले चीनको जागरणमा सहभागी भइरहेको महसुस गरेको सम्झन्छन् ।
उनले त्यस नरसंहारको स्थितिलाई चित्रसहित उपन्यासमा समेटेका छन् । जसमा उनले त्यहाँका लोकतन्त्रका पक्षधरमाथि प्रहरी र चिनियाँ अधिकारीहरुको क्रुरतापूर्ण जंगली व्यवहारको सचित्र उल्लेख गरेका छन् ।
बेइजिङको तियानआन्मेन स्क्वायरमा भएको त्यस ब्यापक प्रदर्शन रोक्नका लागि सुरक्षाबलले गोली प्रहार गरेको थियो । झाङ भने त्यस समय अर्को विद्रोहमा सहभागी हुन ग्रामिण क्षेत्रमा पुगेका थिए ।
सन् १९८९मा बेइजिङको तियानआन्मेन चोकमा विद्यार्थी र मजदूर प्रदर्शनमा सहभागी थिए । तर चीनको बामपन्थी शासनले ३ र ४ जुनको बीचमा उनीहरुलाई दबाएको थियो । अप्रिल महिनामा सुरु भएको सो आन्दोलन जुन ३ र ४ तारेखको बीचमा बेइजिङ नरसंहारमा परिणत भएर अन्त्य भएको थियो ।
यो विषयको रिपोर्टिङ गर्न चीनमा त्यतिबेला व्यापक सेन्सर गरिएको थियो । यसबारेमा चीनमा अहिले पनि कोही बोल्न चाहँदैनन् । झाङ नरसंहारपछि जीवन जोगउन हङकङ पुगेका थिए । त्यहाँबाट उनी फ्रान्स गए । अहिले उनी फ्रान्समै छन् र विभिन्न माध्यमबाट त्यो नरसंहारको विषयमा मानिसहरुलाई जानकारी गराउँछन् र दस्तावेजहरु तयार गरिरहेका छन् ।
सो प्रदर्शनमा १० लाखभन्दा बढी मानिस तियानआन्मेन चोकमा भेला भएको र सबैमानि डोजर चलाएको बताइने गरेको छ । सो प्रदर्शन विश्वविद्यालयहरुमा समेत हुन थालेको थियो । प्रदर्शनकारीले तानाशाही समाप्तिको माग गरेका थिए । उनीहरुले महंगी बढेको, तलब कम दिइएको जस्ता आरोप लगाएका थिए । यही क्रममा जुन ३ राति सुरक्षाबल टैंकर लिएर तियानआन्मेन चोक पुगेर त्यहाँ रहेका मानिसमा गोलाबारुद बर्षाएका थिए । त्यसमा कैयौं निहत्था मानिस मारिनुका साथै घाइते भएका थिए ।
बाङ्गलादेशी लेखक तस्लिमा नशरीनले पनि तियानआन्मेनको त्यस क्रुर नरसंहारबारे ट्वीट गर्दै लेखेकी छिनः
China never admitted that it killed 10,000 protesters at Tiananmen Square in 1989. China lied about the real coronavirus death toll. Many suspect not around 3000, it was more than 40,000. After brutally killed Indian soldiers, China is most likely lying about their casualty.
— taslima nasreen (@taslimanasreen) June 18, 2020
सन् १९८९ मा भएको त्यस नरसंहारको सम्झनामा चीन तथा हङकङका प्रजातन्त्र एक्टिभिस्टहरुले अहिलेको चर्चित कन्फ्रेन्स सफ्टवेयर Zoom मार्फत थालेको बैठकमा सहभागी हुनेहरुको अकाउण्ड रद्द गरिदिएको छ । मानिन्छ की Zoom को निर्माताहरुमध्ये अधिकांश चिनियाहरु रहेका छन् र उनीहरुले चिनियाँ नेतृत्वको डरले अकाउण्ट रद्द गरेका हुनसक्छन् भन्ने आशयका समाचारहरु विभिन्न अन्तरराष्ट्रिय मेडियामा अहिले छाएका छन् ।
Zoom says it suspended the accounts of 3 U.S. and Hong Kong activists at Beijing’s request after they tried to commemorate the anniversary of the Tiananmen Square crackdown. https://t.co/ivLwnEj3AH
— NBC News (@NBCNews) June 14, 2020
यो पनि पढ्नुहोस्ः