ट्रम्पले विदेशी श्रम भिसामा जनवरीसम्म रोक लगाउने


एच वान बि भिसा र एल वान भिसामा कम्पनी भित्रै स्थानान्तरण भएका विदेशी अमेरिकी वर्करसहरुको भिसालाई ट्रम्पले जनवरीसम्म रद्ध गर्ने भएका छन् । यसका साथै फुड सर्भिस क्षेत्र बाहेकका अन्य क्षेत्रमा एच टु भिसाहरु पनि जनवरीसम्म रद्ध गरिने भएको छ । यी भिसाहरु सिजनल वर्करहरुका लागि जारी गरिने भिसाहरु हुन् । मुख्य टेक कम्पनीहरु र यूएस च्याम्बर अफ कर्मसले भनें कोरोना पछिको विश्वमा खस्केको अर्थतन्त्रमा अघि बढ्न ट्रम्प प्रशासनको यो कदम झनै असहज बनाउने कदम भनि बताएका छन् । ट्रम्पका बिरोधी क्रिटिक्सहरुले भनें कोरोनापछिको विश्वमा ट्रम्पले आफ्नो दिर्घकालिन सोच अन्र्तगत आप्रवासनलाई थप कडाई गर्ने नियमहरु ल्याँउदैछन् जस्को एउटा कदम वर्करहरुको भिसा जनवरीसम्म रोक्नु पनि हो ।

अहिलेपनि विश्वभरिका अधिकांश अमेरिकी काउन्सुलेट्सहरु बन्द छन्, यसो हुँदा रुटिन भिसा जारी समेत अफ्ठेरोमा परेको छ । यद्धपी ट्रम्पको यो नियमले अमेरिकाभित्र ५ लाख २५ हजार अमेरिकीहरुका लागि चाँही अवसर श्रृजना गर्नेछ, ट्रम्प अमेरिकी नागरीकहरुलाई देशभित्र आप्रवासी कामदारलाई बिस्थापित गर्दै अवसर श्रृजना गर्न चाहन्छन्, राष्ट्रवादी हिसाबले यो सहि भएपनि कम्पनीहरुको तलब स्केलमा अमेरिकी वेज थ्रेसहोल्ड र उत्पादकत्वमा अमेरिकी नागरीकहरुको आउटपुट भनें कस्तो रहन्छ, हेरिन बाँकी छ ।

ट्रम्पले अप्रिल प्रोक्लेमेशनलाई रिन्यू गर्दै अमेरिकामा बसोवास गर्ने केहि बिदेशीहरुलाई अमेरिकी स्थाहि बसोवास कागजात पाउन अफ्ठेरो पार्ने निति ल्याउने पनि तय गरेका छन्, यस प्रोक्लेमेशनले करिब ५० हजार अमेरिकी बासिन्दालाई देश भित्र रोजगारको श्रृजना गर्नेछ भनेँ धेरै बैदेशिक गैर अमेरिकी ब्यवसाहीहरुलाई धराशायी बनाउनेछ ।

यस्ता नितिहरुले अमेरिकी ब्यवसायमा सस्ता आप्रवासी कामदारहरुको सहज उपलव्धतामा कमी ल्याउनेछ भनें अर्कोतर्फ अमेरिकी नागरीकका लागि भनें रोजगारीको अवसर श्रृजना गर्नेछ, आप्रवासीका तुलनामा अमेरिकी वर्करहरु महँगा र कम उत्पादक सावित भएमा ट्रम्पको यी निर्णयहरु प्रत्यूत्पादक हुन सक्नेछ ।


Loading comments...