
क्रसरमा पालिएको हरिणको आक्रमणबाट एक सख्त घाइते, थप उपचारका लागि काठमाण्डौ ल्याइँदै
गणेश कटुवाल, सर्लाही । हिजो बेलुकी करिब ६ बजे सर्लाहीको लालबन्दिमा क्रसरमा पालेको हरिणको आक्रमणबाट एकजना स्थानीय सख्त घाइते भएका छन् । घटना लालबन्दि नगरपालिका वडा नं. १७ को हो । सोही वडाका वडा अध्यक्ष नवराज अधिकारीले सानैदेखि आफ्नै क्रसरमैं हुर्काइएको एकजोडि हरिणको सिङ प्रहारबाट भिम बहादुर कटुवाल घाइते भएका हुन् । हाल उहाँको लालबन्दिस्थित ‘टेक्सास अस्पताल’मा उपचारको लागि लगिएकोमा थप उपचारको लागि भर्खरै काठ्माण्डौ रिफर गरिएको छ ।
वडा अध्यक्ष अधिकारीद्वारा सर्लाही नगरपालिकाकै कालिञ्जोर तथा सर्लाही र महोत्तरीको सीमानामा पर्ने बाँके खोलाबाट अवैध बालुवा, ढुङ्गा उत्खनन गरी वडा नं. १७ मै संचालनमा रहेको क्रसर मापदण्ड विपरित बस्तिको २०० मिटर भित्रै रहेको छ । घटना सोही क्रसर क्षेत्रमा भएको हो । २ वर्ष अघि स्थानिय प्रशासनको अनुगमनमा परेको उक्त क्रशर मापदण्डभित्र नपरेको भेटिएपछि खारेज गरिएको थियो । हालसम्म नविकरण समेत नगरेको उक्त क्रशर पैसा र पावरको भरमा अवैध संचालन हुँदैआएको छ । स्थानीय खेलमैदान कब्जा गरी क्रसरको लागि डम्पिङ साइटको रुपमा प्रयोग गरिदै आएको छ ।

अध्यक्षले यस विषयमा कुराकानी गर्न मानेका छैनन भने अवैध क्रसरमैं उनले पालेको हरिण मेरो हैन भन्ने कुरा गरि घटनाबाट पन्छिन खोजेका छन्, घाइतेको जिम्मा लिन मानेका छैनन् । वन्यजन्तुलाई घरमा पाल्नु आफैमा गैरकानूनी काम हो भने उक्त वन्यजन्तुको आक्रमणबाट हुने क्षतिको क्षतिपूर्ति धनी स्वयमले गर्नुपर्छ । जनप्रतिनिधिबाटै हुने यस्ता गैरकानूनी गतिविधि हुनु हास्यास्पद र गैरजिम्मेवारीको पराकाष्ठा हो ।
उनका दाजु यादव अधिकार हरिणलाई दुध खुवाउँदै (अहिले हरिण ठूला भइसकेको छन्)