भारत चीन सीमा विवाद र कश्मीर


‘ले’ को आकाशमा फाइटर विमानहरु चलायमान छन्, लाइन अफ एक्टुअल कन्ट्रोल छेउको यस शहरमा उडेका जेटहरुको आवाजले भारत र चीनको सीमा विवाद र जारी तनावको गवाही दिएका छन् । पूर्वी लद्दाखको एलओसीमा भएका घटनाक्रमहरुले भविष्यका धेरै वर्षहरुसम्म प्रभाव पार्ने घटनाक्रम अनि भारत चीन सीमाका मुद्दाहरु ब्यूँताएको छ । भारत-चीन सीमा तनावले गर्दा दक्षिण एसियालाई नै दीर्घकालसम्म प्रभाव पार्ने भूराजनीतिक अवस्थाको सृजना भइरहेको छ ।

जुनको मध्यमा चीनका सेनाहरुको पूर्वी मोहडामा भारतीय सेनाहरुसँग मुठभेड भयो । त्यस घटनामा २० जना भारतीय सेनाहरुको मृत्यू र केहि घाइतेभएका खबर हामी सबैले चाल पायौं । दुबै पक्षका सेनाहरुले आआफ्नो पक्ष्वाट कुनै पनि बन्दुक फायर नभएको बताएका छन् । दुबै पक्षले भौगोलीक रुपमा कठिन सीमामा परिचालन भएका सेनालाई हतियार परिचालन प्रार्थमिक्तामा नराख्न निर्देशन दिएका छन्, विश्वकै यि सबैभन्दा धेरै जनसख्याँ भएका दुई देशहरु हुन्, अर्थतन्त्रमा ठूलो हिस्सा आगेटेका यि विश्वका दुई भिमकाय देशहरु बिचको सीमा विवादमा चीनका सेनाहरुले धारिला हतियार, ढुगां आदि प्रयोग गरेर निर्ममतापूर्वक भारतीय सेनालाई मारेको बताइन्छ, झडपमा चीनका पक्षमा भएको क्याजुअल्टी चाँही चीन पक्षले आधिकारिक रुपमा घोषणा गरेको छैन । यि दुई परमाणु हतियारले लैस देशहरु बिच पछिल्ला ४५ वर्षमा यसरी सीमा विवादमा तानिएका थिएनन ।

suyog dhakal
लेखकः सुयोग ढकाल

भारत चीन सीमा विवाद को इतिहास गएर सन् १९१४ मा ठोक्किन्छ, उतिबेला भारत बेलायती उपनीवेश नै थियो । सन् १९५० मा भएको सीमा तनावले पछि सन् १९६२ मा युद्धको रुप नै लियो, उक्त वारमा भारतले हार वेहोर्यो तर केहि हिमाली पासहरु अनि भूभाग चीनपक्षले कव्जा गर्यो ।

यस युद्ध पछि दुबै पक्षले सीमामा नयाँ रेखा कोरे, यसलाई ३४४० किमी लामो लाइन अफ एक्चुअल कन्टा्रेल भनिन्छ । गत वर्ष २१ जुनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतचीन एलओसीको पूर्वी तटमा हिमालय मुनी भारतीय र चीन पक्षका सेनाहरुलाई हातेमालो गर्ने कार्यक्रमका बिच योगा दिवस मनाए । एकवर्ष पनि पूरा नहुँदै भारत चीन सीमा विवादले ठूलै प्रारुप पाइसकेको छ ।

यस घटनापछि भारत चीन सीमा सम्बन्धमा सबैभन्दा धेरै कश्मीर मुद्दाले असर गरेको हो, यस क्षेत्रको सीमा र द्विपक्षिय विवादमा कश्मीरको मुद्दा क्रिटिकल मानिन्छ, कश्मीर लगं स्टान्डीगं एप्पल हो, यस क्षेत्रको आपसी द्वन्द्वका लागि ।

भारतमा केन्द्रिय सरकारले कश्मीरको सेमी अटोनोमस स्टाटस रिभोक गर्यो, महिनौसम्म कश्मीरमा लकडाउन भयो, राजनैतिक मान्छेदेखि सर्वसाधरण अनि बालबालिकाहरु पनि घरमा थुनिएर टिभी, नेटको पहुँच बिना नै बस्नपर्यो । चीनले पाकिस्तानसँग आफ्नो बोली मिसाउँदै भारतलाई कश्मीरको राजनैतिक अवस्थालाई पूनरावलोकन गर्दै सबै केन्द्र सरकारका परिवर्तनहरु फिर्ता लिन आव्हान गर्यो । संयूक्त राष्ट्रिय संघको सुरक्षा काउन्सिलमा समेत चीनले पाकिस्तानलाई साथ दियो । चीनका परराष्ट्र प्रवक्ता हुवा चुइङले भारतको कश्मीर निर्णयपछि नै केन्द्र सरकारलाई यस निर्णय फिर्ता लिन र कश्मीरका लागि लिइएको यस निर्णयको कानुनी आधार नभएको बताएका थिए ।

कश्मीर क्षेत्र पाकिस्तान र भारतको सीमामा पर्दछ भने पूर्वी सीमाहरु चीनले नियन्त्रणमा छ । कश्मीर विवाद सन् १९४७ मा गएर शुरु भएको पाइन्छ, बेलायती उपनीवेशको समापनसँगै भारत र पाकिस्तानको बिभाजन अनि मुसलमान बाहुल्यता रहेको कश्मीरमा राजा हरि सिंहको राजकाज अनि केन्द्रिय सरकारसँगको एैक्यवद्धतासँग गएर मिल्दछ ।

कश्मीरको सीमा लाइन अफ कन्ट्रोलमा सिजफायर भनेर भनिएको भए तापनि हप्तै जसो दुबै देशका सेनाहरुले सिजफायरको अल्लङ्घन गर्दै मोर्टार आक्रमण, बम गोला र बन्दुक चलाएका खबरहरु आएहरन्छन् यद्धपी पूर्वीय सीमामा चीनसँगको बिविाद चाँही अप्रत्याशित र एक्कासी भएको घटना थियो ।

सन् २०१९ को अगस्त ५ पछिको कश्मीरमा भारतीय सरकारको निर्णय अनि भारतसँग लदाखको विषयमा भएको विवादले नयाँ प्रारुप पायो, भारतले जम्मु र कश्मीरको स्टाटस परिवर्तन गर्दै लद्दाखलाई भिन्न प्रारुपको शाषनमा राख्ने कार्य भएपछि भारत चीन सम्बन्धमा दरार शुरु भयो । बेइजिङ र इस्लामावादसँगको विवादका बावजुद भारतले एक्कासी कश्मीरको स्टाटस रिभोक गर्नु नै गल्ती भएको यस क्षेत्रमा धेरै बिज्ञहरुले बताएका छन् यद्धपी भारतीय पक्षले चीनलाई अन्य धेरै आरोपहरु पनि सप्रमाण पेश गरेका छन् । चीन तुलनात्मक रुपले मौन छ ।

पाकिस्तानले सम्पूर्ण रुपले चीनलाई समर्थन गरेको छ, सीएमइसी अर्थात चीन पाकिस्तान इकोनोमीक करिडर अन्तरगत चीनले पाकिस्तानलाई आर्थिक रुपमा धेरै सहयोग गरेको छ । कश्मीरमा अगस्त पछि भारतले लगाएको शासकिय रुपान्तरणका निति र त्यपछिका कश्मीरमा भएका दमन अनि लकडाउनले अन्तराष्ट्रिय रुप र एक्सपोजर नपाएपनि अहिले आएर भने कश्मीरले भारत चीन सीमा विवाद पछि पर्याप्त अन्तराष्ट्रिय अटेन्शन पाएको छ । कश्मीर अब आएर भारत र पाकिस्तानको मात्र विवाद नभई त्रिपक्षिय रुपमा चीन पनि यस विवादमा सामेल भएको छ, पाकिस्तान र चीनको भने एउटै बोली र पोजिशन छ ।


Loading comments...