भारत-चीन सीमा विवाद र चीनको अन्तर्राष्ट्रिय सम्बन्धमा अबको पाँच चुनौती


विश्व मानचित्रका हरेक देशहरु चाहे जतिसुकै विशाल हुन् तर सीमा विवादमा साना देशहरुलाई मिच्ने र जमिन कब्जा गर्ने चलन रहिआएको छ । केहि देशहरुलाई नै यस्ता ठूला देशहरुले पहिले स्वायत्त क्षेत्र बनाउने अनि पछि आफूमा गाभ्ने गरेको पाइन्छ, आजका तिब्बत, सिक्कीम, क्रिमीया लगायत यस्ता अनेकन उदाहरणहरु छन् ।

भारत चीन सीमा विवाद विश्वका दुई भीमकाय देश र विशाल अर्थतन्त्र र ग्रोथ रेट भएका देशहरु बिचको हो । यस विवादले क्षेत्रिय र विश्वभर भुराजनीतिमा ठूलो उथलपुथल ल्याउनेवाला छ, आउनुहोस् आज कुरा गरौं यस सीमा विवादमा भारतको पक्षमा आँखा चिम्लेर साथ दिने ५ देश अथवा चीनको अन्तर्राष्ट्रिय सम्बन्धमा देखिएको पाँच चुनौती ।

suyog dhakal
लेखकः सुयोग ढकाल

विश्व मानचित्रमा चीनको लगानी र प्रभुत्व भएका अनेकन देशहरु छन्, हरेक देशमा चीनका नागरीक, उत्पादन अनि बजार रहन्छन्, यद्धपी चीनका निकटतम मित्रहरुमा विवादित उत्तर कोरिया र सार्क राष्ट्र पाकिस्तानलाई धेरै ठाँउमा उद्धृत गरिएको छ । विश्वका लगभग सबै देशहरुको अर्थतन्त्रमा चीनको भूमिका प्रत्यक्षपरोक्ष हिसाबले धेरै रहेको पाइन्छ ।

पछिल्लो समयमा ‘बिआरआई’को शुरुवाती चरणमा नै पाकिस्तान, श्रीलंका र बंगलादेशलाई चीनले आफ्नो अत्यन्त निकट र आफूमा निर्भर देशहरु बनाइसकेको छ । नेपालले हङकङ चीन विवादमा चीनको स्पष्ट पक्ष लिएपछि भारतचीन सीमा विवादमा नेपालको तठस्तता कतिको सन्तुलित रहन्छ या रहन्न भन्ने विषयमा विष्लेषण र अध्ययन जरुरी छ ।

चीनलाई चुनौती दिंदै भारतको पक्षमा यि ५ लोकतान्त्रिक मूलुकले साथ दिनेछन्ः

१) संयूक्त अधिराज्य अमेरिका
अमेरिका र चीनको यस ग्रहको सर्वाधिक शक्तिशाली र प्रभावशाली राष्ट्र बन्ने होडवाजीमा निकै थुलो हानाथाप छ । चीनसँग मुलतः कोरोना क्राइसिसका समयमा जुन २१ मा अमेरिकी राष्ट्रपति ट्रम्पले कुगं फु भाइरस भनेपछि अमेरिकाले अप्रत्यक्षरुपमा भाइरसको उत्पति चीनले गरेको आशय अभिव्यक्त, गरेको हो । यसका अलावा विश्व स्वास्थ संघको अमेरिकी लगानीमा कटौति लगायत थुप्रै अन्य कारणहरुमा ट्रम्प प्रशासन चीनबाट रुष्ट देखिन्छ । विश्वका यि ध्रुविकृत शक्तिराष्ट्रहरुको होडवाजी र विवाद शदियौं पुरानो छ र यसका साथै अमेरिका रहेका भारतीय मूलका नागरीकहरुको मतदान संख्या यस वर्षको अमेरिकी राष्ट्रपति चुनावमा रणनैतिक रहनेछ ।

ट्रम्पले यसकारण पनि भारतीय पक्षमा उभिन जरुरी रहन्छ, चीन भन्दा अमेरिकाका लागि भारत नै निकट ठहरिएको छ भनें भर्खरै भारत र अमेरिकी राष्ट्रपति समकक्षीहरुको भेटवार्ता र भ्रमणले पनि अमेरिका र भारत समबन्ध निकै बलियो भएको ठहर छ ।

२) जापान
सिनो जापानीज वार विश्वका धेरै सभ्यताहरु भन्दा पुरानो छ, विशेष गरि चीनले साउथ सागरमा आफ्नो अधिपत्य जारी गर्न थालेपछि पूर्वीय तटको जापान रुष्ट भएको छ । जापानले आफ्नो मिसाइल सिस्टम पनि चीनसँग सम्भाव्य युद्ध र प्रतिरक्षार्थ बनाएको बताइन्छ, जापानका प्रधानमन्त्री सिन्जो एबे भारत निकट छन्, पछिल्ला वर्षहरुमा भारतका प्रधानमन्त्री मोदी र सिन्जोको दुबै देशमा भ्रमण भएको थियो । प्रधानमन्त्री मोदीले जापानमा दिएको सन्देशमा भारत वुद्धको देश भनि भनेको वक्तव्य बिषयमा निकै विवाद पनि भएको थियो । सिन्जो एबे आफ्नो भारत भ्रमणको क्रममा वाराणसीको गंगा आरतीमा समेत सरिक भएका थिए ।

३) अष्ट्रेलीया
गत हप्ता मात्र अष्ट्रेलीयाले आफ्ना कम्पनीहरुलाई चीनीयाँ साइबर आक्रमणको सम्भावनामा खतराको जनाउ दिएको थियो । चीन र अष्ट्रेलीयाबिच भर्खरै आयात निर्यात बिषयमा मतभेद उत्पन्न भएको छ, चीनले अष्ट्रेलीयावाट आयात गरिने हरेक कुराहरुमा अधिक कर लगाएको छ ।

४) भियतनाम
चीन र भियतनाम दुबै कम्यूनिष्ट देश मानिन्छन् यद्धपी दुवै देशको खुबै पुरानो दुश्मनी छ । सन् १९७९ मा चीन र भियतनाम युद्ध भयो जस्मा मुख्य कारण चीनलाई भियतनाम हुँदै कम्वोडिया जाने बाटो चाहिएको भन्ने थियो । यद्धपी यस युद्धमा भियतनामले चीनका सेना अर्थात पिपल्स लिपवरेशन आर्मीलाई धपायो । भियतनामले संयूक्त राष्ट्रसंघको सुरक्षा काउन्सिलमा भारतको स्थायी सदस्यताका लागि मत दिएको थियो भने दिल्ली र मस्कोले बनाएको संयूक्त मिसाइल सिस्टम ब्रह्मोस भियतनामले खरिद पनि गरेको छ ।

५) दक्षिण कोरिया
कोरियन पेनीन्सुलाको दक्षिणी देश दक्षिण कोरिया आफ्नो उत्तरी छिमेकीसँगको द्वन्द्व र इखले तनावमा छ, उत्तर कोरियालाई चीनको प्रत्यक्ष सहयोग रहेको दक्षिणको ठम्याई छ । भारत र कोरियाको आर्थिक र प्राविधिक दुबै तहमा ठूलै साथ र सहकार्य विगतका वर्षहरुमा देखिएको छ ।

यसका अलावा भारतलाई बेलायत, यूरोपियन यूनियनका अन्य देशहरु, फिलीपीन्स लगायतका राष्ट्रको पनि साथ रहन सक्दछन् । तर चीनसँगको बैमनस्यताका लागि यि देशहरु भारतको पक्षमा लाग्लान ? या चीनको अन्य प्रभाव र चीनप्रतिको आर्थिक र ब्यापारीक परनिर्भरताले यिनीहरुलाई यस कुरामा तठस्त नै राख्नेछ भन्ने कुरा भने भविष्यले देखाउला ।


Loading comments...