
भारतको कुशीनगर विमानस्थललाई अन्तर्राष्ट्रिय विमानस्थल घोषणा
२४ जुन २०२० । प्रधानमन्त्री नरेन्द्र मोदीले सभापतित्व ग्रहरण गरेको भारतको यूनियन क्यावीनेटले भारतको कुशीनगर विमानस्थललाई अन्तर्राष्ट्रिय विमानस्थलको अनुमती दिएको हो ।
Great news for Uttar Pradesh, tourism and those inspired by the noble thoughts of Lord Buddha!
Kushinagar Airport will now be an international airport. Connectivity will improve significantly. More tourists and pilgrims will also mean better opportunities for local population.
— Narendra Modi (@narendramodi) June 24, 2020
कुशीनगर आफैमा एउटा सांस्कृतिक स्थान हो भने यस विमानस्थलले श्रावस्ती अनि भारततर्फको कपिलवस्तुलाई पनि समेट्नेछ । बौद्धमार्गीहरुका अनेक तिर्थस्थलहरुको भारतीय भूमिलाई विदेशी पर्यटकहरुसँग जोड्न यस विमानस्थलले ठूलो भूमिका खेल्ने बताइएको छ । यसो हुनाले आन्तरिक र बाह्य पर्यटनलाई पनि टेवा पुग्ने भारतीय पक्षले जनाएको छ । गोरखपुर भन्दा ५० किमी उत्तरपूर्वमा अवस्थित कुशीनगर एउटा महत्वपूर्ण बुद्धमार्गीहरुको तिर्थस्थलका रुपमा विश्वविख्यात रहेको छ ।