
चीनमा प्रतिबन्ध लगाउनुपर्ने भन्दै विवादित बनेको ‘कुकुर मासु उत्सव’ सुरु
बेइजिङ । नोभेल कोरोना भाइरसको संक्रमण बढेपछि कुकुरलगायतका जनावरको मासुमा प्रतिबन्ध लगाउनुपर्ने भन्दै चर्को विरोधहरु भएका थिए । चीन सरकारले पनि जंगली र घरपालुवा जनवारको मासु प्रतिबन्ध लगाउने अभियानका बाबजुद चीनको गवाङ्सी जुआङस्थित युलिन सहरमा कुकुरको मासु उत्सव सुरु भएको छ ।
१० दिनसम्म चल्ने यो उत्सवमा हजारौं मानिसहरु सहभागी हुने न्युयोर्क पोस्टले जनाएको छ । तर, अभियानकर्ताहरुले भने विगतका भन्दा यस वर्ष कम सहभागी हुने र सम्भवत: यो वर्ष अन्तिम उत्सव हुने बताएका छन् ।
“मलाई आशा छ किन जनावरका लागि मात्र नभएर मानिसको स्वास्थ्य र सुरक्षाका दृष्टिकोणले पनि यस्ता पर्वहरु अब हुनेछैनन् र युलिन परिवर्तन हुनेछ,” चीनी नीति विज्ञसमेत रहेका जनावर अधिकारकर्मी पिटर लिले भने ।
उनले यस्ता पर्वहरु आयोजना गर्दा र मानिसहरु भिडभाड गरेर जम्मा हुँदा जनस्वास्थ्यमा खतरा उत्पन्न हुने र कोरोना भाइरसको संक्रमण थप बढ्ने बताएका छन् ।
We’ve gotta sever ties with these scumbag, animal savages in China
IF YOU CAN HELP IT, DO NOT BUY THEIR JUNK PRODUCTS! LOOK ON AMAZON, IT WILL TELL YOU IF IT’S COMING FROM CHINA SCUM!
A fucking DOG MEAT festival, ffs:
2020 Lychee and Dog Meat Festivalhttps://t.co/ezZozNhxfl
— Punisher-Patriot (@PunisherP) June 23, 2020
नोभेल कोरोना भाइरस चमेरोबाट आएर मानवमा सरेको भनिएकोमा चीनले आफ्नो र जनवारबीचको सम्बन्धलाई फेरि पुनर्मूल्यांकन गर्न आवश्यक रहेको बताइएको छ ।
चीन सरकारले वन्यजन्तुको व्यापार र घरपालुवाको सुरक्षात्मक उपायसम्बन्धी नयाँ नियम ल्याउने तयारी भइरहेको बताइएको छ । गत फेब्रुअरीमा चीन सरकारले वन्यजन्तुको व्यापारमा रोक लगाएको थियो ।
#Yulin Dog Meat Festival 2020 Begins in #China Despite #Coronavirus Pandemic #YulinDogMeatFestival #DogMeatFestival #COVID19 https://t.co/S6LB0qNI09
— LatestLY (@latestly) June 22, 2020
गत अप्रिलमा सेन्जेनमा कुकुरको मासुसमेत बिक्री गर्न प्रतिबन्ध लगाउने पहिलो शहर बनेको थियो । कृषि मन्त्रालयलेसमेत कुकुरलाई घरमा पाल्न सकिने भए पनि मासुजन्य पशुको रुपमा राख्न नहुने बताएका थिए ।