काठमाण्डौको घर: कसैलाई ब्यापार कसैको सपना


रुद्र पंगेनी । एक गुन्टा लुगा अनि एक बोरा चामकल बोकेर बग्रेल्ती सपना संगाल्दै थानकोटबाट भित्र छिरेका धेरैजसो गैरकाठमाण्डौवासीको उपत्यका छिरेपछिको एउटा सपना हुन्छ, काठमाण्डौमा घर ।

सजिलै नाफा कमाउने साधन बनेको घरजग्गाको मूल्य नियन्त्रण र आवास व्यवस्थापनमा सरकारले हस्तक्षेप नगर्ने हो भने नेपालमा पनि सडकमा सुत्ने ‘होमलेस’ हरूको संख्या केही वर्षमै ह्वात्तै बढ्नेछ ।

यो एउटा डिफल्ट सपना हो, यो सपनाको क्रयक्षमता अनि उपलव्धता एकातिर छ भनें काठमाण्डौको घर सपनालाई आधार गरेर जग्गा कारोवार गर्दै खेपैपिच्छे उहि सम्पती दाम बढाबढमा कारोवार गरिने चलन एकातिर । स्पष्ट छ, काठमाण्डौको घर कसैका लागि सपना हो भनें कसैका लागि ब्यापार ।

कीर्तिपुरमा एउटा बेडरुमको फ्ल्याटमा बस्ने पाण्डेका श्रीमती र पाँचमहीने छोरा छन् । महँगीले उनलाई जीवन धान्न गाह्रो भइरहेको छ । महीनाको १० हजार (कमाइको २८ प्रतिशत) रुपैयाँ घरभाडा तिर्छन् । घरीघरी त पाण्डेलाई जीवनभरि नै डेराकै बास हुने हो कि भन्ने चिन्ता पनि लाग्छ । उनी भन्छन्, “बचत छैन, भएको पुख्र्यौली सम्पत्ति बेचे पनि यहाँ एकटुक्रा जग्गा जोड्न सकिएला भन्ने लाग्दैन ।”

संयुक्त राष्ट्रसंघको आवास मामिलाका लागि पूर्व विशेष दूत लेइलानी फर्हा भन्छिन्, “कुनै पनि व्यक्ति वा परिवारको मासिक कमाइको अधिकतम ३० प्रतिशतले आवास जोड्न सकिने हुनुपर्ने विश्वव्यापी मान्यता छ ।”

उनका भनाइमा उक्त मान्यता अनुसार– जागिर शुरू गरेपछि व्यक्तिको २५ देखि ३० प्रतिशत तलबले बैंक वा वित्तीय संस्थाको मासिक किस्ता ९१८ देखि २० वर्षे ऋणमा० तिरेर गच्छे अनुसार घर वा फ्ल्याट किन्न सकिने व्यवस्था विश्वका धेरै देशले मिलाएका हुन्छन् ।

तर, केन्द्रीय तथ्यांक विभागले गरेको चार वर्षअघिको घरपरिवार सर्वेक्षण (पछिल्लो) ले शहरिया परिवारले कमाई ९४ लाख ३१ हजार ३३७ रुपैयाँको झण्डै ४५ प्रतिशत खाद्यान्न र घरभाडामा मात्रै १८.७ प्रतिशत खर्च गर्छन् भन्ने देखाउँछ । नेपालका पेशाकर्मीहरुको औसत तलबको आँकडा गर्दा आफ्नो तलबको ३० प्रतिशत रकमले उनीहरुलाई घर त परै जाओस् राम्रो फ्ल्याटमा बस्न सक्ने क्रयशक्ति पनि दिँदैन ।

बढ्दो प्लटीङ, वित्तिय संस्थाहरुको घरजग्गामा बढ्दो लगानी अनि कुत खाने प्रवृतिले औसत नेपालीजनका लागि घरजग्गा झनै परको सपना बनाएको छ ।

आज हामी खोज पत्रकारिता केन्द्रको लागि खोज पत्रकार रुद्र पंगेनीले तयार पार्नुभएको रिपोर्ट “सामाचार टिप्पणीः कुत खाने प्रवृतिको मारमा घरजग्गा”लाई यहाँ प्रस्तुत गर्दैछौं । विस्तृतमा यो रिपोर्ट पढ्नका लागि लिंकमा क्लीक गर्नुहोस् ।

समाचार टिप्पणीः कुत खाने प्रवृत्तिको मारमा घरजग्गा


Loading comments...