
हङ्कङ विवाद उत्कर्षमाः अमेरीकी विदेशमन्त्री माइक पोम्पेओद्वारा चिनियाँ अधिकारीहरूलाई अमेरिका प्रवेशमा प्रतिबन्धको घोषणा
१३ असार २०७७, शनिबार १५:४४
हङ्कङ विवाद उत्कर्षमा चढेको छ । चीनको संसद्द्वारा हङ्कङका लागि प्रस्तावित नयाँ कानुनलाई समर्थन र यसका पश्चातका कदमहरुको लागि तयारी गरिरहेकै बेला चीनले “हङकङको लोकतान्त्रिक अधिकारलाई संकुचित पारेको र यस कार्यमा सक्रिय ति नेताहरुको सहभागिता रहेको” निश्कर्ष सहित अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले चिनियाँ कम्युनिस्ट पार्टीका केही पदाधिकारीहरूलाई अमेरिका प्रवेश गर्न प्रतिबन्ध लगाइएको घोषणा गर्नुभएको छ ।
तत्कालका लागि प्रतिबन्ध लगाइएका ति चिनियाँ नेताहरु को को हुन भन्ने खुलाईएको छैन । पोम्पेओका अनुसार अमेरिकी प्रतिबन्ध सिपीसिका वर्तमान तथा पूर्व अधिकारीहरूप्रति लक्षित रहेको स्पष्ट पार्नुभएको छ र यो प्रतिबन्ध सिनेटको निर्णयअनुरूप घोषणा गरिएको हो ।
केही समय अघि संयुक्त अधिराज्य अमेरीकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले हङ्कङको स्वायत्तताविरुद्ध ल्याउन लागिएको सुरक्षा कानुनका लागि चीनलाई दण्डित गरिने घोषणा गर्नुभएको थियो । त्यस्तै केही समयअघि अमेरिकी सिनेटमा हङकङको लोकतान्त्रिक अधिकार स्वीकार नगर्ने, अनादर गर्नेहरु तथा तिनीहरूसँग कारोबार गर्ने व्यापारी तथा व्यवसायिक प्रतिष्ठानलाई कडा प्रतिबन्ध लगाउने प्रस्तावमा मतदान भएको थियो ।
आइतवारबाट नेशनल पीपुल्स कङ्ग्रेसको स्थायी समिति (चिनियाँ संसद् बैठक) शुरु हुँदैछ । बैठकको पूर्वसंध्यामा अमेरिकाद्वारा ति चिनियाँ अधिकारीहरुलाई अमेरिका प्रवेश गर्न नदिने घोषणा गरेको हो । स्थायी समितिले हङ्कङका लागि बनाइएको कानुनबारे छलफल गर्नेछ ।
चीनद्वारा प्रस्तावित कानुनमा हङ्कङमा चीनको संवैधानिक अधिकारविरुद्ध हुने कुनैपनि गतिविधिहरू अपराध प्रमाणित हुने तथा बेइजिङले त्यहाँ आफ्ना सुरक्षा निकायहरू स्थापित गर्न सक्ने प्रावधानहरू छन् । उक्त प्रस्तावित कानुनका कारण हङ्कङमा चीनविरोधी प्रदर्शनको नयाँ लहर चलेको छ जुन अहिले उत्कर्णमा पुगेको छ ।
#HongKong is part of #China. Hong Kong affairs are China’s domestic affairs that allow no external interference. China will continue to take strong measures to uphold national sovereignty, security and development interests. https://t.co/hxJdQklSsQ pic.twitter.com/fApmCXJgCL
— Chinese Embassy in US (@ChineseEmbinUS) June 26, 2020
चीनको प्रतिक्रिया?
सिपीसिका वर्तमान तथा पूर्व अधिकारीहरुमाथिको यस प्रतिबन्धका विरुद्ध चीनले अमेरिकाले लगाएको यो निर्णय ‘त्रुटिपूर्ण’ रहेकोले फिर्ता लिनुपर्ने प्रतिक्रिया दिएको छ ।
प्रतिक्रियामा संयुक्त अधिराज्य अमेरीकाको वाशिङ्टनस्थीत चिनियाँ राजदूतावासले आधिकारीक ट्वीटर ह्याण्डलबाट जारी गरेको विज्ञप्तीमा “अमेरिकी पक्षको अन्यायपूर्ण यो निर्णयको कडा विरोध” गर्ने उल्लेख गरेको छ ।
जारी विज्ञप्तीमा, ‘अमेरिकालाई चाँडो आफ्ना गल्तीहरू सच्याउन, प्रतिबन्धको यो निर्णय फिर्ता लिन तथा चीनको आन्तरिक विषयमा हस्तक्षेप नगर्न’ आग्रह समेत गरेको छ ।
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
काठमाडौँ, १९ पुस : काठमाडौँ महानगरपालिकाको पुरानो बसपार्कमा निर्माणाधीन काठमाडौँ भ्यूटावर अर्काे वर्ष सञ्चालनमा आउने भएको छ । जलेश्वर स्वच्छन्द
एजेन्सी न्युयोर्क, १९ पुस अमेरिकी अन्तरिक्ष निकाय नासाले भर्खरै नयाँ कक्ष सुरु गर्दा सूर्यको अनौठो र सुन्दर तस्बिर सेयर गरेको
एजेन्सी सीउल, १९ पुस उत्तर कोरियाली नेता किम जोङ उनले दोस्रो शक्तिशाली सैन्य अधिकारी पाक जोङ चोनलाई पदमुक्त गरेको कोरियाली
एजेन्सी सेनेगल, १९ पुस सेनेगलका दुई विपक्षी सांसदलाई बजेटको बहसका क्रममा गर्भवती सांसदलाई पेटमा लात हानेको अभियोगमा ६ महिनाको जेल