मैले बुझेको ‘जनताको बहुदलिय जनवाद’ (जबज): निकाशमुखी


‘जबज’ लाई बुझ्नुभन्दा पहिले साम्यवादको सिद्धान्तमा बहुदलवाद र संसदिय पद्धती अटाउन नसक्ने यथार्थलाइ बुझ्नु जरुरी छ । बहुदलवाद र संसदिय पद्धतीलाई ‘खसीको टाउको राखेर कुकुरको मासु बेच्ने’ प्रकृया हो भनेर नेपालको सबै जसो सम्याबादी सिद्धान्त बोकेका भनिएका राजनितिज्ञहरुले तिरस्कार र अवहेलाना गरेको हामिले सुन्दै आएका थियौं । र अन्तिम लक्ष्य भनेको राजसंस्था सहितको सम्पूर्ण बुर्जुवा शक्तिलाइ बलपूर्वक निस्तेज पारेर जनगणतन्त्रको माहोलमा साम्यवादी सिद्धान्तले राज्य सन्चालन गर्ने नै हो ।

अत: २०४६ सालमा गणेशमान सिंहको नेतृत्वमा भएको आन्दोलन सफल भएपछी पाएको उपलब्धी भनेको राजसंस्था सहितको बहूदलवाद अन्तर्गतको संसदिय पद्धत्ती मात्रै हो । यो बाहेक अरु केही फरक बिकल्प कसैको लागि पनि उपलब्ध नभए पछी नेपालका तथाकथित साम्यवादी शक्तिहरुका लागि आन्दोलनले ल्याइदिएको उपलब्धि “खाए खा नखाए घिच” अथवा “न खाउँ भने दिन भरिको शिकार्, खाउँ भने कान्छा बाउको अनुहार” झै भयो । यदी त्यस परिबेशमा ‘जबज’ को जुक्ती नलगाएको भए र साम्यवादीको मौलिक सिद्धान्तमा टिकेर बसिरहेको भए आजसम्म नेपालमा दलहरुको नाममा नेपालमा साम्यवादी शक्ती बाहेक अरु सबै हुन्थे । जुन देशको हितमा हुन्थ्यो वा हुदैनथ्यो भन्ने कुराको छुट्टै बहस हुन सक्छ । तर २०४६ सालको आन्दोलनको सहयोगी शक्ति साम्यवादी सिद्धान्त बोकेका भूमिगत दलहरु पनि भएको हुँदा प्राप्त उपलब्धिमा आफूलाइ समावेश गराउन सजिलो बिषय थिएन ।

आखिर संसदिय पद्धतीलाई जुन उदाहरण दिएर गाली गरिएको थियो सोही कुरा आफुले ग्रहण गर्नुपर्ने स्थितीमा केही जुक्ती लाउनुपर्ने बाध्यतालाई सुङुरको मासुलाई ‘जबज’ को जुक्ती लगाई ‘धराने कालो बङ्गुरको मासु’ भनेर खाँदा झन धेरै ठूलो क्रान्तिकारी देखिने र भनिदै आएको अमेरिकी साम्रायज्यवादी र भारतिय बिस्तारवादीहरुलाइ चक्मा दिएको ढोल पिट्ने थाहा छैन यिनिहरुले भनेका साम्राज्यवादी र बिस्तारवादी शक्तिहरुलाई यो कार्यबाट कती फरक पर्यो तर नेपाली जनताले यिनिहरुलाई पनि एउटा शक्तिको रुपमा राष्ट्रिय राजनीतिमा स्थापना गरिदिए । अब आएर एमाले पार्टिले ज ब ज र मदन भन्डारीलाई सक्दो मार्केटिङ गर्नलाइ केही बाँकी राखेन । यही दौरानमा एमालेका मदन भन्डारी र जीवराज आश्रितको गाडी दूर्घटनानामा मृत्यु भयो र उक्त मृत्युलाइ दूर्घटना नभनी षड्यन्त्र जामा लगाइदिन पाइयो भने ‘जबज’लाई अझै तन्क्याउन सकिने र पुरै एमालेलाई बहुदलिय प्रतिस्पर्धामा सजिलो हुने अनि शक्तिमा पुग्न पाउने रननिती कायम हुँदा अमेरिकी साम्राज्यबाद र भारतिय बिस्तारवादलाई दोष लगाउन पछी नपरेको कुरा हामीसँग अझै ताजा छ जुन कुराले पछी गती पाउन छोड्यो । किन हो थाहा छैन । उक्त दूर्घटनाबाट जोगिएका गाडी चालक अमर लामाले दुर्घटना मात्र हो भनेर भन्दा उस्ले कस्को गोली खाएर मर्नुपर्यो सो कुराको छानबिन मात्र पनि कहिले नहुने यो कस्तो सर्वहाराको वकालत गर्ने साम्यबादी सिद्धान्त बोकेको शक्ती हो ? बुझ्न गाह्रो भयो ।

संक्षेपमा भन्ने हो भने ‘जबज’ को उत्थान गर्नुपर्ने बाध्यताले साँचो कुरा लुकाइएको र निर्दोश मारीनु परेको यथार्थ हो र ‘जबज’ को जन्म हेला गरेर तिरस्कार गरिरहेको कुरालाइ क्रान्तिकारी तरिकाले ग्रहण गरेको भन्ने भ्रम छर्नु परेको कुरा चै बास्तविक हो भन्न सजिलो भएको छु ।

पछी त यही ‘जबज’ लाई प्रचन्डपथले जित्न खोजेको बेलामा यो ‘जबज’ का ठेकेदारहरुलाई यस्लाई जोगाउन हम्मे हम्मे परिसकेको थियो । तब यिनिहरुलाइ त्यही अमेरिकी सम्राज्यबादी र भारतिय बिस्तारवादीको समिप्यताको आबश्यकता परिसकेको थियो र यिनिहरुले त्यसपछी आ-आफ्नो भाषणहरु र वक्तब्यहरुमा अमेरिकी साम्राज्यबादी र भारतिय बिस्तारवादी भन्न छोडिसकेका थिए र पछी यो नारा प्रचण्डहरुले बोके र यिनिहरुले पनि यो नारा छोडि सकेको कुरा कसैबाट लुकेको छैन ।

– निकाशमुखी


Loading comments...