
सलहका बारेमा बुझ्नै पर्ने ५ कुराहरु
पूर्वी अफ्रिकामा बितण्डा मचाएर बालीनाली र रुखबिरुवाका पत्ताहरु समेत सखाप पारेका सलहहरु भारतीय उपमहाद्वीपका देशहरुमा देखिनु एउटा निकै चिन्ताजनक विषय हो । कोभिड १९ को महामारीले पर्न गएको आर्थिक अनि सामाजिक चुनौतिलाई मध्यनजर राखेर जुधिरहेका देशहरुमा अनि त्यहाँका वालीनालीमा यसरी आएका सलहहरुले पार्ने असरले थप चुनौति सृजना गरेको छ ।

बारा, पर्सा, सर्लाही तथा रुपन्देहीमा शनिबार बिहान सलहको हूल भारतबाट भित्रिएको छ, पश्चिमबाट पूर्व तिर बहेको हावा केही दिनअघि अचानक दक्षिणतर्फबाट उत्तरतर्फ बहेकोले सहलको झुण्ड छुट्टिएर नेपालतर्फ आएको हुनसक्ने अनुमान छ । प्रदेश नं ५ सरकारले यसको व्यवस्थापनका लागि १ केजी सलह आफ्नो स्थानीय निकायमा बुझाउने जो कोहीलाई नगद रु २० दिने प्रस्ताव अघि सारिसकिएको छ ।
सलहका बारेमा आज हामी ५ बुझ्नै पर्ने कुराहरु
यि कुराहरु हामीले बुझ्न जरुरी छ
१) यो पछिल्लो ७० वर्षहरुमा भएको सर्वाधिक ठूलो सलह महामारी हो, के यहाँहरुलाई थाहा छ कि सलहले एकदिनमा करिब ३५ हजार मान्छेले पेटभरि खान सक्ने खानेकुराहरु खाइदिन सक्दछ? अनि सैयौं हजारौं हेक्टर वालीयोग्य खेतहरु अनि त्यहाँ भएका वालीनालीहरु सलहका झुण्डहरुले सखाप पारिसकेका छन् ।
२) नयाँ पुस्ताका सलहहरुको जन्म र बिकास भइरहेको छ
यसअर्थमा अहिलेको सलहको महामारी त्यसै सकिएर जाने छैन, सलहका अगाडीका पुस्ताहरुले तय गरेका बाटोहरु, यात्राहरु पछ्याँउदै नयाँ पुस्ताहरु थप इभोल्यूशनरी क्षमताका साथ आउनेछन् । अहिले देखिएको सलह आकारमा पहिले देखिएका भन्दा २० गुणा ठूलो स्वरुपका छन् । यी सलहका नयाँ पुस्ताका सँख्याहरु अहिलेका सहलभन्दा ८००० गुणा धेरै रहने बताइएको छ । यि सलहहरु रणनैतिकरुपमा वालीनाली हुर्कने समयमा र वाली पाकेको समयमा आउँछदछन् ।
३) सलहका कारणले विश्वभरि ५० लाख मान्छे भोकमरीको जोखिममा
सलहको आक्रमण त्यस्ता ठाँउमा बढि छ जहाँ खाधान्न संकट पहिले देखि नै रहिरहेको छ । यसवर्ष त झन् कोभिड १९ को प्रकोपका कारण खाधान्न सप्लाई चेन नै प्रभावित बनेको छ । यस समयमा सलहहरुले खाधान्न खेतमा नै नष्ट पारिदिए भने कस्तो अफ्ठेरो अवस्था होला त ? हामीले बुझ्न जरुरी रहन्छ ।
४) सलहले सबैभन्दा धेरै असर भने सोमालियालाई गर्नेछ
द्वन्द, रोग र खडेरीसँग निकै लामो समयदेखि जुधिरहेको सोमालियालाई सलहले झनै कडा चुनौति दिएको बताइन्छ, सेप्टेम्बरसम्म ३५ लाख सोमालियालीहरु भोकमरीमा जाने स्पष्ट तथ्याङ्क छ अब सलहको प्रकोपले सोमालियालाई झनै असर गर्ने पक्का छ ।
५) सलह आक्रमणले पुरुष भन्दा बढि महिलालाई असर गर्नेछ
खाधान्नको मुल्य बढ्ने र पूर्ति घट्ने भएपछि पुरुष क्रमश आप्रवासनमा जाने र सहज ठाँउमा यात्रा गर्ने क्रम रहन्छ तर महिलाका हकमा भने ब्यवहारीक र सामाजिक पक्षले आप्रवासनलाई सहज बनाउँदैन । यसो गर्दा महिलाहरु सलह प्रभावित क्षेत्रमा जोखिममा रहन्छन्, युद्ध, चोरी, डकैती लगायत भोकमरीको यथावत समस्याले महिलाहरुलाई गाँज्ने स्पष्ट छ ।
सलहहरुको प्रभावलाई क्षतिपूर्ति गर्न र रोकथाम गर्न केहि वर्ष लाग्नेछ, यस क्रममा पृथ्वीका धेरै स्थानहरुमा भोकमरी र अन्य मानवीय जोखिम पर्ने स्पष्ट छ ।