कोरोनाभाइरस संक्रमणका कारण विश्वभर मृत्यु हुनेको संख्या पाँच लाख माथी


असार १५, २०७७ । वैश्वीक स्वास्थ्य महामारी तथा स्वास्थ्य संकट बनेको कोरोनाभाइरस (कोभिड-१९) को महामारीका कारण विश्वभर मृत्यु हुनेको संक्रमित व्यक्तिहरुको संख्या ५ लाख माथी नाघेको छ भने विश्वभर ५५ लाख बढी मानिसले संक्रमणलाई जितिसकेका छन् । नेपालमा हालसम्म कोरोनाभाइरसको संक्रमणबाट २८ जनाले ज्यान गुमाएका छन् भने ३,०१३ जना कोरोना संक्रमितहरु स्वस्थ्य भएर घर फर्किसकेका छन् ।

विश्वकै जटिल स्वास्थ्य चुनौति बनेको कोरोनाभाइरस (कोभिड-१९)को असर दिनानुदिन बढ्दै गएको छ । जुनसुकै उमेर समूहका व्यक्तिमा पनि यसको संक्रमणको घटना देखिसकिएको छ । नेपालमा हालसम्म परिक्षण भएका २१५,८३९ मध्ये १२,७७२ मा संक्रमण भेटिएको छ ।

अहिलेसम्म कोरोनाभाइरसका कारण १ करोड १० लाख बढी व्यक्ति सङ्क्रमणको चपेटामा परेका छन् । संयुक्त अधिराज्य अमेरीकामा २६ लाख ३७ हजार ७७ जना अमेरिकीहरुमा कोरोनाका संक्रमण भेटिएको छ । विश्वमैं सबैभन्दा बढी ज्यान गुमाउने संक्रमितको देशमा अमेरीका माथी छ । अहिलेसम्म संयुक्त अधिराज्य अमेरिकामा १ लाख २८ हजार ४३७ संक्रमितले ज्यान गुमाउनुपरेको छ । त्यस्तै संक्रमणलाई जितेर १० लाख ९३ हजार ४५६ जना अमेरिकी स्वस्थ्य भएका छन् । तर अमेरिकी स्वास्थ्य अधिकारीहरुको अनुसार अमेरिकामा संक्रमितहरु अझै ब्यापक थपिन सक्छन् । (तथ्यांकहरु नेपाल समय बिहान ८ः५५ सम्म – असार १५, २०७७)

कोरोना भाइरसको संक्रमण दक्षिण एशिया र अफ्रिकी देशहरुलाई पनि ब्यापक संक्रमणको चपेटामा बाँधिरहेको छ र विश्व स्वास्थ्य संगठन अनुसार जुलाई महिनाभरमा यो उच्च विन्दुमा पुग्ने प्रक्षेपण गरिएको छ ।

विश्वभरको ताजा तथ्यांक हेर्नुहोस्ः


Loading comments...