Lifestyle Portal
  •   २५ बैशाख २०७८, शनिबार

कराँचीको ‘पाकिस्तान स्टक एक्स्चेन्ज’मा गोली चल्यो, केहीको मृत्यु

१५ असार २०७७, सोमबार १६:२५

पाकिस्तानको महत्वपूर्ण शहर कराँचीस्थित ‘पाकिस्तान स्टक एक्स्चेन्ज’को महत्वपूर्ण भवनमा स्वचालित राइफल बोकेका आएका बन्दुकधारीहरूले आक्रमण गरेकाछन् । उक्त घटनामा परि कम्तीमा २ जनाको मृत्यु भएको छ भने केही व्यक्तिहरु घाइते भएको कुरा पाकिस्तानी समाचारमाध्यमले उल्लेख गरेकाछन् ।

‘पाकिस्तान स्टक एक्स्चेन्ज’को मुख्य ढोकामा ग्रिनेड विस्फोट गराउँदै आक्रमणकारीहरू भवनमा प्रवेश गरेका थिए । ‘पाकिस्तान स्टक एक्स्चेन्ज’ को भवन प्रवेश गरीसकेपछि सबैभन्दा पहिले उनीहरूले उक्त भवनबाहिर रहेको सुरक्षापोष्टमा गोली प्रहार गरेका थिए । आक्रमण लगत्तै घटनास्थफमा तैनाथ पाकिस्तानी सुरक्षाकर्मीले गरेको प्रतिकारमा परि घटनामा संलग्न ४ जनालाई मारिसकिएको कुरा पाकिस्तानी समाचारमाध्यमहरुले उल्लेख गरेका छन् ।

घटनाको जिम्मेवारी पाकिस्तानमा सक्रिय भूमीगत संगठन ‘बलोच लिवरेशन आर्मी’ले लिएको छ । निरन्तर अस्थिरता तथा आतंकवादको मारमा रहेको पाकिस्तानमा लामो समयदेखि जातीय समूह बलोचले बेग्लै देशको माग सहित सशस्त्र विद्रोह गरिरहेका छन् ।

घटनामा परि हताहत हुनेहरुमा प्रहरी तथा अन्य सुरक्षाकर्मी पनि हुनसक्ने प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस !
Loading comments...
सम्बन्धित खबरहरु

काठमाडौं । कोरोना संक्रमितको संख्या बढेपछि नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले आफ्नो निर्वाचन क्षेत्रको सांसदको कार्यालयलाई होम आइसोलेसन बनाएका छन्

लण्डन । नेपालमा नयाँ ‘भेरियण्ट’ सहित कोरोना भाइरसको संक्रमण बढ्न थालेपछि बेलायतको सूचीमा नेपाल ‘रेड जोन’ सूचीमा समावेश भएको छ

काठमाडौं । चीनबाट अत्यावश्यक स्वास्थ्य सामग्री लिन राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को वाइड बडी ए३३० जहाज यही

काठमाडौं । चिनियाँ कम्पनी सिनोफार्मबाट बनेको कोभिड भ्याक्सिनलाई विश्व स्वास्थ्य संगठनले आपतकालीन प्रयोगको अनुमति दिएको छ । अफ्रिका, ल्याटिन अमेरिका