
अमेरिकी राष्ट्रपति ट्रम्प विरुद्ध इरानले जारी गर्यो पक्राउपुर्जी, इन्टरपोललाई सहयोग गर्न आव्हान
१६ असार २०७७, मंगलवार ००:५२
इरानी जनरल सुलेमानीलाई इराकको बग्दादमा मारेको आरोपमा इरानले अमेरिकी राष्ट्रपति ट्रम्प र उन्का केहि सहयोगीविरुद्ध पक्राउ पूर्जी वारेन्ट जारी गरेको छ ।
सोमबार तेहरानका न्यायधिक अली अलकाशीमेरले जनवरी ३ मा बग्दादमा जनरल सोलेमानीलाई हत्या गरेको आरोपमा ट्रम्प लगायत अन्य ३० अमेरिकी अधिकारी र सैन्य अधिकारीहरु विरुद्ध किटानी जाहेरीका साथ वारेन्ट जारी गरेको हो ।
Iran has issued arrest warrants for Donald Trump and 35 others over the killing of top general Qassem Soleimani and has asked Interpol for help https://t.co/1CGAo9yoii pic.twitter.com/lxfJhG0pqm
— Reuters (@Reuters) June 29, 2020
अली काशीमेरका अनुसार उन्को कार्यकाल सकिएपछि पनि जनरल सोलेमानीको हत्या आरोपमा अमेरिकी नेतृत्वलाई इरानले कारवाही गर्न नछाड्ने बताएका छन् । फ्रान्सको लियोनमा रहेको इन्टरपोलले भने ईरानको यस कदमबारे केहि बोलिसकेको छैन । काशीमेरका अनुसार इन्टरपोललाई यि व्यक्तिहरु विरुद्ध मुद्दा दायर गरेर पक्राउ गर्नका लागि सहयोगको आव्हान गरेको छ । इन्टरपोलमा सामान्यतया देश या सुरक्षा निकायहरुले अपराधीहरुका विरुद्धमा प्रमाणसहित पक्राउ पूर्जी जारी गर्दछ र इन्टरपोलले यी पूर्जी अनुरुप अपराधीहरुलाई पक्राउ गर्ने गर्दछ ।
इरान र अमेरिकी द्वन्दको श्रृंखलाहरुमा यस प्रकरणले थप कटुता निम्त्याएको छ ।
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
काठमाडौँ, १९ पुस : काठमाडौँ महानगरपालिकाको पुरानो बसपार्कमा निर्माणाधीन काठमाडौँ भ्यूटावर अर्काे वर्ष सञ्चालनमा आउने भएको छ । जलेश्वर स्वच्छन्द
एजेन्सी न्युयोर्क, १९ पुस अमेरिकी अन्तरिक्ष निकाय नासाले भर्खरै नयाँ कक्ष सुरु गर्दा सूर्यको अनौठो र सुन्दर तस्बिर सेयर गरेको
एजेन्सी सीउल, १९ पुस उत्तर कोरियाली नेता किम जोङ उनले दोस्रो शक्तिशाली सैन्य अधिकारी पाक जोङ चोनलाई पदमुक्त गरेको कोरियाली
एजेन्सी सेनेगल, १९ पुस सेनेगलका दुई विपक्षी सांसदलाई बजेटको बहसका क्रममा गर्भवती सांसदलाई पेटमा लात हानेको अभियोगमा ६ महिनाको जेल