नट इनफ !


लेखकः छिरिङ तामाङ

अश्वेत अफ्रिकन–अमेरिकि नागरिक जर्ज फ्लोईडलाई प्रहरीले पक्राउ गर्ने क्रममा घुँडाले घाँटीमा लामो समय थिच्दा मृत्यु भएपछि सल्किएको आक्रोसको मुश्लोले संयुक्त अधिराज्य अमेरिकालाई छपक्कै छोप्यो भने त्यस्को झिल्को फैलिएर जर्मन, फ्रान्स, बेलायत लगायतका युरोपियन देशहरुमा पनि पुग्यो। आक्रोशको आन्दोलन उत्तेजित हुनु अस्वभाविक हैन । जुन उत्तेजनाका कारण ठूलै विध्वंस पनि मच्चायो ।

उता अमेरिकामा लागेको मुश्लो हजारौं माईल यताको नेपाल सम्म पनि “इनफ इज इनफ” नामले केही सातामा आइपुग्यो तर फरक मुद्दाको लागि । यो लेखमा म त्यही अपूर्ण स्वतन्त्र अभियान र त्यसमा राजनैतिक दलहरुले खेलेको भुमिका बारे चर्चा गर्दैछु ।

नट इनफ !
चिनको वुहानबाट सुरु भएर विश्वभर फैलिएको महामारी कोरानालाई रोक्न साढे दुई महिना नागरिकलाई घर भित्रै थुनेर पनि सरकारले भने अपेक्षित काम गर्न नसकेपछि काठमाण्डौ उपत्यकाका युवाहरुको आक्रोश यो पटक अनपेक्षित रुपमा सरकार विरुद्ध पोखियो । सामाजिक सञ्जालमा बनेको समूह “कोभिड–१९ इनफ इज इनफ” ले पिसिआर टेस्टको दायरा बढाउनु पर्ने, हाल सम्म महामारी रोकथामका लागि खर्च भएको रकमको हिसाब सार्वजनिक गर्नुपर्ने, क्वारेन्टाईनमा बसेकाहरुको बसाई र खानपानको उचित बन्दोबस्त मिलाउनु पर्ने आदि माग राख्दै पहिलो दिन बालुवाटारमा प्ले कार्ड प्रदर्शन गरेपछि सयौं युवाहरुमाथी सरकारले प्रहरी लगाएर अनावश्यक दमन गर्यो ।

जायज माग राखेर भएको शान्तिपुर्ण प्रर्दशनलाई नाजायज तरिकाबाट दमन भएपछि सामाजिक संजालमा उक्त घटनाको समाचारहरु छ्याप्पछ्याप्ती बने । त्यो देखेपछि काठमाण्डौमा मात्र जागेका युवाहरु देशभर नै जर्र्याक जुरुक्क उठे । त्यसपछि काठमाण्डौ लगायत देशभर सल्कियो “इनफ इज इनफ” अभियान । जसलाई सुरु गरेका थिए युवा अभियन्ता तथा ट्राभलर “ई” ले।

पहिलो पटक बालुवाटरमा व्यापक दमन सहनु परेको काठमाण्डौका प्रदशनकारी युवाहरुले दोस्रो पल्ट पनि प्रहरी दमनको सामना गर्नुपर्यो । प्रहरीले पानीको फोहोरा र अश्रुग्याँस समेत प्रहार गर्नुका साथै लाठी चार्ज गर्दै प्रदशनकारीलाई धरपकड पनि गर्यो ।

लेखकः छिरिङ तामाङ

वृहत प्रदशनको तयारी थालिरहेको बेला एकातिर सरकारले सोही दिन लिपुलेख लिम्पियाधुरा सहितको नक्सा भएको निशान छाप अध्यावधिक गर्न संसदको वैठकमा लैजाने निर्णय गर्यो भने अर्को तिर सामाजिक संजालमा रहेको “कोभिड –१९ इनफ इज इनफ” समुहमा यस्को अभियान बारे नकरात्मक राजनैतिक टिकाटिप्पणीहरु आउन थाले ।

यसरी लगातार दुई पल्ट दमनमा परेपछि युवाहरुको आक्रोसको पारो निक्कै बढेको थियो तर दुवै पल्ट प्रदशनकारी युवाहरुले कुनै विध्वांस्त्मक कार्य–सार्वजनिक सम्पतिको तोडफोड आदी) भने गरेनन। दुईरदुई पल्ट अनावश्यक दमन त्यो पनि जायज मुद्दामा सहनुपरे पछि वृहत प्रदशन गर्ने तयारी युवाहरुले गरे भने यता देशभर प्रदशन बारे चर्चाहरु हुनथाले।

देशको राजधानी काठमाडौंमा अवश्य पनि राजनैतिक दलका गतिविधि नहुने हैन तर स्वतन्त्र नागरिक अभियान विरलै देख्न पाईन्छ । अझ त्यो पनि युवाहरुको । केही समय अगाडी सरकारले लेराएको गुठी विधेयकको विरुद्धमा काठमाण्डौ उपत्यकाका नेवार समुदायले एकढिक्का भएर प्रदशन गरेका थिए । यो नै संभवत काठमाण्डौ र देशले नै देखेको कुनै पनि राजनैतिक दलले अगुवाई नगरेको विशाल जनप्रदशन थियो ।

यसरी एक्कासी काठमाण्डौं उपत्यकामा सुरु भएको आन्दोलन र त्यसले लिएको फैलावट बारे टिकाटिप्पणीहरु हुन थाले । कतिले यसलाई शहरिया संभ्रान्त वर्गका युवाहरुको प्रदशन भन्दै वेवास्ता गरे भने कतिले आम नागरिकको चासोको विषय भन्दै सडक रसामाजिक संजालमा साथ पनि दिए ।

यसै बिच वैकल्पिक शक्तिको पगरी भिर्न हानथाप गरिरहेको विवेकशिल र साझा पार्टी, जनता समाजवादी पार्टीले यो अभियानलाई एक्यबद्धता जनायो ।

“इनफ इज इनफ” अभियानमा विवेकशील लगायत अन्य दलका कार्यकर्ताको संलग्नतालाई भने निक्कै नै गम्भिर प्रकृतिकोआरोपहरु लाग्यो । विवेकशीलका ठुलै नेतृत्वपंक्ती नै खुल्मखुल्ला अभियानमा देखिएपछि बढी भार पनि विवेकशील तिर नै पर्न गयो ।

वृहत प्रदशनको तयारी थालिरहेको बेला एकातिर सरकारले सोही दिन लिपुलेख लिम्पियाधुरा सहितको नक्सा भएको निशान छाप अध्यावधिक गर्न संसदको वैठकमा लैजाने निर्णय गर्यो भने अर्को तिर सामाजिक संजालमा रहेको “कोभिड –१९ इनफ इज इनफ” समूहमा यस्को अभियान बारे नकरात्मक राजनैतिक टिकाटिप्पणीहरु आउन थाले । त्यसै गरी सरकार निकट विद्यार्थी संगठन र नेकपा डबलको कार्यकर्ताले संसदमा पेश हुने निशानछापलाई रोक्न भारतिय छहारीमा आन्दोलन भईरहेको एकदमै निकृष्ट र अनावश्यक प्रचारबाजी पनि गर्न थाल्यो ।

हुनत नेपालमा कसैको विरोध गर्नु पर्यो भने उसलाई भारतिय एजेण्टको ट्याग भिडाईदिने चलन नौलो भने होईन ।

यसरी व्यापक रुपमा अनावश्यक हल्ला हुन थालेपछि सामाजिक संजालको समूहमा पनि यसबारे कुराकानी सुरु भयो । त्यस समुहका एडमिन र मोडरेटर मध्ये पनि राजनैतिक दलमा लागेकाहरुको खोजी गरियो र समूहमा भटाभट पोष्टहरु हुन थाल्यो । एकातिर सरकारको निशानछाप अध्यावधिक गर्ने चलाखि र अर्कोतिर स्वतन्त्र युवा अभियानको नाम पाएको अभियानमा राजनैतिक दल आबद्ध कार्यकर्ताको उपस्थितिले उक्त समूहमा भाँडभैलो नै मच्चियो र सबै एडमिन र मोडरेटरहरु हटाईए र निस्किए ।

राजनैतिक दल र स्वतन्त्र नागरिक अभियान बिचको सामञ्जस्यताबारे म थप चर्चा तल गर्नेनैछु । यस खण्डमा भने यो अपूर्ण आन्दोलनमा नै केन्द्रित बनौ ।

यसरी विवादहरु उत्पन्न भएपछि अर्को दिन गर्ने भनिएको वृहत जनप्रदशनमा उल्लेख्य उपस्थिति हुन सकेन । विवेकशील, साझा लगायतका केन्द्रिय स्तरका नेताहरु लगायत केही सय युवाहरुले माईतिघरमा शान्तिपुर्ण प्रदशन गरे । यस भन्दा अघि भएको जस्तो प्रहरी हस्तक्षेपपनि भएन । यसरी यो अभियान मत्थर हुदै हुदै गयो र अन्तत कहिले चक्रपथ र कहिले शहिदगेटमा एकदमै कम मानिसको उपस्थितिमाप्रदशन भईरहेका छन ।

सन् २०१० मा ट्युनेयियाबाट सुरु भएको अरब स्प्रिंग जस्तै महाअभियान हुने अनुमान गरिएको “इनफ इज इनफ” अन्ततः आजको दिनसम्म आईपुग्दा स्थिल देखिएको छ। काठमाण्डौ बाहेकका स्थानमा प्रदशन हुन छोडिनैसकेका छन भने काठमाण्डौमा कहिले काही थोरैसंख्यामा भईनै राखेका छन। यस्को कारण के होला त? एक्कासी सुरु भएको आक्रोस कसरी माग नै पुरा नभई फेरी स्वात्तै हराएर गयो त? के यसमा राजनैतिक दल संबद्ध कार्यकर्ताको उपस्थितिनै कारण हो त ?

कारण धेरै होलान । एउटा कुरालाई धेरै चिजले असर गर्न सक्छ नै। तर जे भए पनि एउटा स्वतन्त्र नागरिक अभियान अझ त्यो पनियुवाहरुको उठ्नु आफैमा एउटा सुखद पक्ष थियो र फेरी हराएर जानु हामी सबैको लागि एकदमै दुखद घटना । त्यसैले यसपाली सायद केही कारणवस यो स्वतन्त्र नागरिक अभियान इनफ इज इनफको सट्टा नट इनफ ! भएको छ ।

स्वतन्त्र नागरिक अभियान र राजनैतिक दलको भुमिका
ट्युनेसियामा सन् २०१० मा सुरु भएको नागरिक प्रदशनका कारण ट्युनेसिया लगायत ईजिप्ट, यमन, सिरिया, लिबियाको तानाशाहीसरकारहरु नै पतन नै भए । अमेरिकामा अश्वेत नागरिक जर्ज फ्लोईडको हत्या पछि प्रहरी कानुनमै फेरबदल गर्नुपर्यो। १७ वर्षीय अभियन्ता ग्रेटा थनबर्गले सुरु गरेको जलवायु परिवर्तनको मुद्दाले आज विश्वभर हलचल लेराईराखेको छ । नेपालमा भने यस्तै महाअभियान हुने दाबि गरिएको स्वतन्त्र नागरिक अभियान त्यतिकै सेलाएर गयो । यस्का पछाडी विभिन्न कारणहरु छन र होलान । “इनफ इज इनफ” समुहमा राजनैतिक दलका कारण विवाद पनि आएकोले राजनैतिक दलको स्वतन्त्र नागरिक अभियानमा कस्तो भुमिका रहने भन्ने बारे केही चर्चा आवश्यक छ जस्तो लाग्छ ।

म आफै पनि विवेकशील नेपाली दलमा लामो समय देखी आवद्ध छु । दलले विगतमा नेतृत्व गरेका विभिन्न सामाजिक र राजनैतिक अभियानहरुमा पनि सहभागी भईयो। ती आशिंक सफल पनि भए र केही पुर्ण रुपमा असफल पनि । विवेकशीलले नै सुरु गरेको माइतीघर मण्डलामा आएर शान्तिपुर्ण रुपमा प्ले कार्ड बोकेर गर्ने प्रर्दशनको सिको आज धेरैजसो प्रदशनमा देख्न पाईन्छ । प्रर्दशन भनेको ढुङ्गामुढा हान्नु र टायर बाल्नु मात्र सोच्ने समाजमा त्यति परिवर्तन गर्न सक्नु आफैमा गौरवान्वित हुने कुरा हो नै यस्को श्रेय कसैसे दिए पनि नदिए पनि विवेकशीलले पाउँछ नै ।

आफैले नेतृत्व गरेको अभियानहरुमा पनि केही आरोप आक्षेप विवेकशीलले नखेपेको हैन । यहाँ यस्ता आरोप आउनु अस्वभाविक पनि मानिदैन तर “इनफ इज इनफ” अभियानमा विवेकशील लगायत अन्य दलका कार्यकर्ताको संलग्नतालाई भने निक्कै नै गम्भिर प्रकृतिकोआरोपहरु लाग्यो । विवेकशीलका ठुलै नेतृत्वपंक्ती नै खुल्मखुल्ला अभियानमा देखिएपछि बढी भार पनि विवेकशील तिर नै पर्न गयो ।

विवेकशील र साझा पार्टीले पछिल्लो समय नेपालमा हुने गरेका साना–साना स्वतन्त्र नागरिक अभियानहरुलाई सघाउन अगाडी नआएकोहैन । जस्का कारण यी दुवै पार्टी माथी पपुलिस्ट भएको आरोप पनि लाग्ने गरेको छ।

यो पल्ट यस्तै अभियानको उदयको संघारमा आई पुगेर स्वतन्त्रनागरिक अभियानको भ्रुणहत्या भएको स्वीकार गर्न विशेष गरी वैकल्पिक शक्तिको खेमा मा उभिने राजनैतिक दल संबद्ध साथीहरुले हिच्किचाउन परेन ।

औपचारिक रुपमा राजनैतिक दलले कुनै पनि स्वतन्त्र नागरिक अभियान लाई ठिक लागेमा एक्यबद्धता जनाउन विज्ञप्ती निकाल्नु रत्यस्को समर्थनमा पार्टीले छुट्टै कार्यक्रम संचालन गर्नु अनौठो कुरा भएन तर स्वतन्त्र नागरिक अभियानमा नै संमाहित भएर अभियान सफल बनाउन लागिपर्दा यो पालीको दुखद परिणामलाई भने राजनैतिक दल र अझ विशेषगरी वैकल्पिक शक्तिका हिमायतिहरुले गम्भिररुपमा संश्लेषण गर्नै पर्छ । किनभने यो अभियानको दुखद अन्त्य समग्रमा देशको लागि नै अहितकारी छ ।

मेरो एकजना मित्र जो कुनै पनि राजनैतिक दलमा आबद्ध हुनुहुन्न र काठमाण्डौमा सुरु भएको “इनफ इज इनफ” आन्दोलनमा सहभागी हुनुहुन्थ्यो उहाँले “इनफ इज इनफ” समूहमा भएको विवादलाई लिएर एउटा पोष्ट गर्नुभयो कि ( एउटा स्वतन्त्र नागरिक अभियान पार्टीको झोले कार्यकर्ताहरुले गरेर त्यतिकै सक्किने भयो । यो वाक्यांशको वजनलाई एकपल्ट वैकल्पिक शक्तिमा आबद्ध सदस्यहरुले र अझ विषेश गरी नेतृत्वपंक्तिले महशुस गर्नै पर्छ ।

आज सम्म विश्वमा भएका र नेपालमा भएका राजनैतिक दलले नेतृत्व गर्ने राजनैतिक अभियानले मुख्यतः राजनैतिक व्यवस्था फेर्न मद्दतगरेको छ भने स्वतन्त्र नागरिक अभियानले सामाजिक र सांस्कृतिक फेरबदलमा सहयोग गरेको छ । कुनै राजनैतिक दलले गर्ने कार्यक्रमा सामान्य मानिस पुग्नु नौलो कुरा मानिदैन तर स्वतन्त्र अभियानहरुमा राजनैतिक दल पुग्नुलाई शंकाको दृष्टि लाग्ने गरेको छ । फेरीनेपालमा विरलै देख्न पाईने (यो पल्टको जस्तो घनत्व भएको त पहिलो पटक नै भनौ ) स्वतन्त्र नागरिक अभियानले सरकारमा जुनसुकैपार्टीले नेतृत्व गरेको भएपनि छुट्टै र विशेष महत्व राख्ने गर्छ ।

राजनैतिक दलहरु भनेको प्रायः आफू सरकारमा नहुँदा सरकारमा हुनेहरुको आलोचना गरिनैरहन्छन । यो स्वभाविक राजनैतिक चलन नै हो तर कुनै स्वतन्त्र अभियान देखा पर्नु भनेको समग्रमा राष्ट्रको लागि भने सुखद कुरा हुन जान्छ किनभने यस्ता अभियानहरु विना स्वार्थ संचालित हुन्छ जस्को फाईदा सबै राजनैतिक दल र देशलाई बराबर पर्छ । यो पल्ट यस्तै अभियानको उदयको संघारमा आई पुगेर स्वतन्त्रनागरिक अभियानको भ्रुणहत्या भएको स्वीकार गर्न विशेष गरी वैकल्पिक शक्तिको खेमा मा उभिने राजनैतिक दल संबद्ध साथीहरुले हिच्किचाउन परेन । बरु यो महत्वपुर्ण गल्तीबाट पाठ सिक्दै आगामी दिनमा पनि हुन सक्ने यस्ता स्वतन्त्र अभियानहरुलाई दलगत रुपमाकसरी अगाडी बढाउन सकिन्छ त्यता तिर छलफल गर्नुपर्ने जरुरी देखिन्छ ।

:: लेखक छिरिङ तामाङ विवेकशील नेपाली दलको केन्द्रीय सदस्य हुन् । यो उनको निजी विचार हो ।


Loading comments...