
चीनमा नयाँखाले ‘स्वाइन फ्लू’ भाइरस भेटियो, अनुसन्धानकर्ताहरुले नाम दिए G4
चीनमा फेरि एउटा नयाँ ‘स्वाइन फ्लू’ भाइरस फेला परेको छ । वैज्ञानीकहरुले उक्त भाइरस मानवजाति मा पसे माहामारीको रुप लिनसक्ने चिन्ता व्यक्त गरेका छन् । सुँगुरमा पाइएको फ्लू गराउने नयाँ किसिमकाे भाइरस मानिसमा सरेपछि महामारीको रुप लिनसक्ने अनुसन्धानकर्ता वैज्ञानिकहरूको चेतावनी छ ।
G4 नाम दिइएको यो भाइरस आनुवंशिक रुपमा सन् २००९ को SARS फ्लू को प्रकोप पछिको परिस्कृत हुनसक्दछ ।
टेस्ट गर्दा स्वाइनमा काम गर्ने १०.४% तथा सामान्य जनसंखयाको ४.४ प्रतिशत संक्रमित हुनसक्ने प्रक्षेपण गरिएको छ ।
अध्ययनकर्ताहरुले उक्त भाइरसले आफ्नो स्वरुप परिवर्तन गरी सहजै एकअर्कामा सर्न सक्ने भन्दै चिन्ता व्यक्त गरेको छ। यो भाइरसमा मानिसलाई संक्रमित गराउन सक्ने, तीव्ररूपमा फैलिन सक्ने लगायतका सबै प्रकारका संभावना र लक्षण रहेको वैज्ञानिकहरूको भनाइ छ ।
New swine flu virus with ‘pandemic potential’ identified by researchers in China: Studyhttps://t.co/a5gwbOuzj2
— OpIndia.com (@OpIndia_com) June 30, 2020
यो नयाँ भाइरस हो, यस्तो भाइरसविरुद्ध मानिसमा प्रतिरोधात्मक क्षमता नहुने भएकाले सचेत हुनुपर्ने वैज्ञानिकहरूको चेतावनी छ । संसार कोरोना भाइरसबाट आक्रान्त भइरहेका बेला चिनियाँ शीर्ष वैज्ञानिकहरु नयाँ फ्लूका विषयमा चिन्तित बनेका हुन् । वैज्ञानिकहरु यसको अध्ययनको लागि जुटिसकेका छन् ।
चीनमा सुँगुरकाे मासु फ्याक्ट्रि एवं स्वाइन कम्पनीमा काम गर्नेहरूमा याे भाइरसकाे संक्रमण भइसकेकाे हुनसक्ने अनुमान गरिएकाे छ । याे भाइरसले फेरि माहामारी ननिम्त्याउला भन्न सकिन्न । याे भाइरसविरूद्धकाे खाेप पनि छैन् ।
याे भाइरस इन्फ्लुएन्जा नै गराउने तर खराब रूपमा परिवर्तन भएकाे भाइरसकाे प्रजाती रहेकाे बीबीसीमा उल्लेख गरिएकाे छ ।
एजेन्सी