Lifestyle Portal
  •   ३ चैत्र २०७९, शुक्रबार

गिरिजाप्रसाद कोइरालाको जन्म जयन्तीको अवसरमा फाउण्डेशनद्वारा तीन दिवसीय कार्यक्रम प्रारम्भ

१८ असार २०७७, बिहीबार २२:५३


वीरगञ्ज १८ असार । नेपाली राजनितिका शिखर पुरुष स्वर्गीय गिरिजा प्रसाद कोईरालाको जन्म जयन्तिको अवसरमा जी.पी. कोईराला फाउण्डेशन पर्साले वीरगञ्जमा विभिन्न तीन दिवसीय र्कायक्रमको आयोजना गरेको छ ।

स्वर्गीय गिरिजा प्रसाद कोईरालाको ९६ औं जन्म जयन्तिको अवसरमा मानव सेवा आश्रममा आज दिवा खाना तथा राहत स्वरुप चामल दुई बोरा, मिठाई, १ टोकरी आप आश्रममा प्रदान गरिएको छ ।

जी.पी. कोईराला फाउण्डेशन पर्साले कोईरालाको जन्मोत्सवको अवसरमा तीन दिवसीय र्कायक्रमको घोषणा गरेको छ । पहिलो दिनको र्कायक्रममा मानव सेवा आश्रममा औपचारिक र्कायक्रमलाई सम्बोधन गर्दै फाउण्डेशन पर्साका अध्यक्ष मोहम्मद सहाबुद्दिनले गिरिजा प्रसाद कोईरालाको योगदान स्मरणिय रहने बताए । कोईरालाले देखाएको सहमति सहकार्य र एकताको खाचो अहिले पनि उतिकै रहेको सभापति सहाबुद्दिनले बताए ।

जी.पी. फाउण्डेशन पर्साका सचिव धिरज गुप्ताले गिरीजा प्रसाद कोईरालाको राजनितिक चेतना अहिले पनि उत्तिकै सान्दर्भिक रहेको जिकिर गरेका थिए ।

फाउण्डेशन पर्साले आयोजना गरेको पहिलो दिनको औपचारिक कार्यक्रमको सभापतित्व मोहम्मद सहाबुद्दिनले गरेका थिए । र्कायक्रममा फाउण्डेशनका कोषाध्यक्ष मनोहर साह, सह सचिव मिन्टु देवि सिहं, सदस्यद्वय प्रिति सिह, जितेन्द्र सिंह, बाबु नन्द प्रसाद पटेल, फाउण्डेशन पर्साका वीरगञ्जका नगर सभापति आकाश चौहान, नेपाली काँग्रेसका बुथ सभापति शेख निजामुद्दिन, प्रेस युनियन पर्साका सचिव किशोर सिंह, फाउण्डेशन ईकाइ समिति वडा नं ३ का अध्यक्ष सन्दिप केवटको उपस्थिति रहेको थियो । कार्यक्रमको उदघोषण फाउण्डेशन पर्साका सचिव धिरज गुप्ताले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

भारतकी राष्ट्रपति श्रीमती द्रौपदी मुर्मु र राष्ट्रपति रामचन्द्र पौडेल बीच टेलिफोन संवाद भएको छ। हाल केरला भ्रमणमा रहनुभएकी भारतीय राष्ट्रपति

वीरगञ्ज र यस वरपरका क्षेत्रको आर्थिक विकासको लागि केही लेख्न मन लागेको छ। यस लेखमार्फत मैले लेख्न खोजेको वा भन्न

भारतीय चर्चित अभिनेता तथा निर्देशक सतीश कौशिकले ६६ वर्षको उमेरमा अन्तिम् सास लिएका छन्। समकालिन मित्र तथा कलाकार अनुपम खेरले

केही दिन पहिले (२०२७९, फागुन ५) उद्योग मन्त्रालयले एउटा महत्वपूर्ण निर्णय सार्वजनिक गरेको थियो। उक्त निर्णयले सरकार मातहतका निकाय तथा