
दक्षिण अफ्रिकी देश बोत्स्वानामा सयौं हात्ती मृत भेटिए
१९ असार २०७७, शुक्रबार १२:४६
प्राकृतिक सम्पदा तथा जीव संग्रहालय मानिने दक्षिणी अफ्रिकी देश बोत्स्वानामा पछिल्लो दुई महिनाको अन्तरालमा सयौं हात्तीहरु मृत भेटिएका छन् । यति ठूलो संख्यामा भएको हात्तीहरुको मृत्यु के कारणले गर्दा भयो, त्यो अझै पत्ता लागिसकेको छैन ।
उक्त दक्षिणी अफ्रिकी देशको ओकाभाङ्गो डेल्टा क्षेत्रमा यही सन् २०२० को मई महिनादेखि ३५० भन्दा बढी मृत हात्तीहरु भेटिएका हुन् ।
स्थानीय अधिकारीहरुले शवबाट नमूना संकलन गरेर नमूनाहरु परीक्षणका लागि पठाएका छन् जसको रिपोर्ट केही दिनभित्र आइसक्ने छ । तथ्यांक अनुसार अफ्रिकी देशहरुमा भएका हात्तीको कूल संख्याको १ तिहाइ बोत्स्वानामा मात्रै भेटिन्छ ।
Hundreds of elephants dead in mysterious mass die-off https://t.co/v7aoMenwpr pic.twitter.com/mfJCLfZnhO
— Guardian news (@guardiannews) July 1, 2020
बोत्स्वानामा वन्यजन्तु संरक्षणमा कार्यरत अधिकारीहरुले केही समय लगाएर विमानबाट गरेको निरीक्षणपछि बल्ल मे महिनामा हात्तीहरुको मृत्युबारे सरकारलाई जानकारी दिएका थिए ।
घना तथा ब्यापक फराकिलो बोत्स्वानाको जङ्गलमा भएको उडानमा उनीहरूले गणना गर्न सकेको जम्मा १६९ वटा मृत हात्तीहरु देखेका थिए । जुन आफैमा असामान्य कुरा हो । विमानबाट भएको त्यस निरिक्षणको एक महिनापछि भएको अर्को चरणवद्ध अनुसन्धान अरू शवहरू चिनियो जसबाट कुल सङ्ख्या ३५० भन्दा बढी भयो ।”
उनका अनुसार अनावृष्टिसँग सम्बन्ध नभएको कुनै एउटै घटनामा यति ठूलो सङ्ख्यामा हात्तीको मृत्यु हुनु एकदमै अस्वाभाविक हो ।
विज्ञान, प्रविधि र अनुसन्धानसम्बन्धी सामग्री सङ्ग्रह गर्ने एक वेबसाइटका अनुसार मृत हात्तीको शरीरबाट दाह्रा ननिकालिएको भन्दै मे महिनामा सरकारले हात्तीको मृत्युमा अवैध सिकारीको संलग्नता नभएको जनाएको थियो । हात्तीबाहेक त्यहाँ यसकिसिमले अन्य कुनै पनि जीवजन्तु मरेका छैनन् । विज्ञहरूले विष वा रोगका कारण हात्तीको मृत्यु भएको सम्भावना खण्डन गर्ने सकेका छैनन् ।
धेरै मृत ति हात्तीहरुको मुख भुइँमा जोतिएको छ भने अन्य हात्तीहरू वृत्ताकार शैलीमा घुमेर ढलेका छन् । विज्ञहरुका अनुसार उनीहरूको स्नायुप्रणालीमा आक्रमण भएको हुनुपर्ने आशंका गरिएको छ । हात्तीहरुमा देखिएको यो समस्याको सम्बन्ध पानीको स्रोत वा माटो केसँग रहेछ भने कारण पत्ता नलागेसम्म मानिस पनि प्रभावित हुनसक्ने जोखिम बढेको छ ।
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
पर्वको बहानामा अराजकता फैलाएको भन्दै ‘विश्व हिन्दू परिषद् नेपाल’द्वारा जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण गराएको छ ।
बलिउड सिनेमाका ५ तारे समिक्षक तरन आदर्शले आफ्नो आधिकारीक फेसबुक अकाउन्टबाट यहि साता एउटा पोष्ट सार्वजनिक गरे जुन पोष्टमा नवपुस्ताका
हाम्रा बजारहरूमा पच्चीस पैसा, पचास पैसा, एक रुपियाँका सिक्का देखिन छाडेको वर्षौं भयो। यसैगरी एक र दुईका कागजी नोट बजारमा
भारत सरकारको अनुदान सहयोगमा तनहुँ जिल्लाको घिरिङ गाँउपालिकामा अवस्थित श्री दिपक माध्यमिक विद्यालयको नवनिर्मित भवनको उद्घाटन भएको छ । भारतीय