भारतले ५७ वटा चिनियाँ एप्सहरुमाथी किन लगायो बन्देज?


भारतको सार्वभौमिक्ता, स्वतन्त्रता, सुरक्षा अनि सदाशयतामाथि प्रश्न उठ्ने भएकाले भारत सरकारले टिकटक, शेयर इट लगायत ५७ वटा एप्सहरुलाई भारतमा रोक लगाएको छ । भारतको इन्फरमेशन टेक्नोलोजी एक्टको ६९ ए खण्डको अनुसार सञ्चार र प्रविधि मन्त्रालयले यसो गरेको हो ।

१३० करोड भारतीयहरुको डिजीटल सुचनाको सुरक्षा र स्वतन्त्रताको रक्षार्थ डाटा सेक्यूरिटी लगायतका कुराहरुमा भारतीय पक्षमा निकै बिवाद पहिल्यै देखि चलिआएको हो । संचार र प्रविधी मन्त्रालयका अनुसार भारतीयहरुले प्रयोग गरेका एन्ड्रोयड र आइओएस एप्समार्फत प्रयोगकर्ताका डाटाहरु गैरभारतीय श्रोतले प्रयोग र परिचालन गरेको बताइएको हो, यो कुरा भारतीय पक्षलाई मान्य नहुने बताइएको छ ।

भारतले चिनियाँ एप्सहरु माथी लगाएको बन्देजको अमेरिकाले पनि खुलेरै तारिफ गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनको आलोचना गर्दै भारतले चिनियाँ प्रविधिका स्मार्टफोन एप्लिकेशनहरुमाथी लगाएको प्रतिवन्धको स्वागत गरेका छन् ।

भारत सरकारको कम्प्युटर इमरजेन्सी रेस्पोन्स टिमले पनि अनेकन पटक भारतीय प्रयोगकर्ताहरुले आफ्नो डाटाहरु मिसयूज भएका कुराहरुको गुनासो गरेको उल्लेख गरेका छन् । भारतीय प्रयोगकर्ताहरुको डाटा सुरक्षा र भारतीय सार्वभौमिक्ताको रक्षार्थ एप्सहरुमाथी कडाईका साथ प्रतिबन्ध लगाइएको हो र जब कुरा चीनमा उत्पादित एप्सहरुको हुन्छ, तब बढ्दो भारत-चीन सीमा विवादमा भारतीय प्रयोगकर्ताका डाटाहरु र यूजरबेसले चीनलाई कम्पीटिटिभ एडभान्टेज हुने कुरा पनि स्पष्ट छ ।

स्मरण रहोस्, भारतमा टिकटक, शेयर इट, यूसी लगायत थुप्रै चीनका डिजीटल उत्पादनका प्रयोगकर्ताहरु छन् । टिकटककै आधारमा फ्यानवेश बनाएका र अभिनय तथा गायन क्षेत्रमा व्यवसायीक करियर शुरु गरेका स्टारहरुको कथामा पनि तत्कालका लागि ब्रेक लागेको छ । अब हेरौं यस प्रतिबन्धमा मान्छेलाई प्रविधि प्यारो हुन्छ या राष्ट्रप्रेम ?


Loading comments...