मुटुमा ब्लोकेज रोक्न ट्रान्स फ्याट भएका खानेकुरा नखानु नै वेश


ट्रान्स फ्याट अत्यधिक हानिकारक फ्याट हो

के के खाना मा ट्रान्स फ्याट बढी पाईन्छ , मुटुमा ब्लोकेज रोक्न यि खाना न खानुस्

○ बनस्पती घ्यु
○ केक, पेस्ट्री, पाइ
○ क्रिम
○ पीजा, बर्गर, सैन्ड्विच
○ बिस्कुट, कूकिज, क्रेकर
○ चक्लेट
○ डोनट
○ पप्कोर्न
○ क्रिम कैन्डी
○ तारेको (Fried) फास्ट फुड
○ फ्रेन्च फ्राइ
○ फ्रोजेन फुडस

डा. ओम मुर्ति अनिल
मुटुरोग विशेषज्ञ

खानामा ट्रान्स फ्याट बढी भएमा हार्ट अटेक र ब्ल्केजको सम्भावना बढी हुन्छ, ट्रान्स फ्याट अत्यधिक हानिकारक फ्याट हो । यस्को बारेमा राम्ररी थाहा पाउनुहोस् ।

हाम्रो दैनिक खानामा ट्रान्स फ्याटको मात्रा एक प्रतिशत भन्दा कम हुनुपर्छ । हामीले बजारमा किन्ने प्रत्येक खानेकुरामा ट्रान्स फ्याटको मात्रा हेर्ने गर्नुपर्छ र ट्रान्स फ्याटको मात्रा प्रष्टसँग नलेखिएको खानेकुरा सकेसम्म किन्नुहुँदैन ।

वनस्पति घ्यूमा ट्रान्स फ्याटको मात्रा अत्यन्तै बढी हुन्छ । कुनैकुनै वनस्पति घ्यूमा ५० प्रतिशतसम्म ट्रान्स फ्याट भएको पाइन्छ । वनस्पति घ्यू सस्तो भएकोले शुद्ध घ्यूको सट्टामा बढी प्रयोग हुनेगर्छ । रेष्टुरेण्टहरुमा यसको प्रशस्त प्रयोग भएको पाइन्छ ।

फास्टफूडहरु यस्तै घ्यूमा बनाइएको हुन्छ । यस्तो खानाको स्वाद राम्रो हुने, बढी sale व्हुने र हेर्नमा आकर्षक देखिने हुन्छ । तर स्वास्थ्यको दृष्टिकोणले हेर्ने हो भने यस्ता खानाहरु अत्यन्तै हानिकारक हुन्छन् ।

यस्ता खानामा पाइने ट्रान्स फ्याट र सैचुरेटेड फ्याटले हाम्रो शरीरमा कोलेस्ट्रोलको समन्वयलाई बिगारेर हृदयघात जस्ता प्राणघातक रोगको उत्पत्ति गर्नसक्छ ।

हामीले खाने कुरा किन्ने बेलामा र खाने बेलामा अलिकति बिचार गर्नुपर्ने जरुरी देखिन्छ ।

यो खानामा सैचुरेटेड फ्याट र ट्रान्स फ्याटको मात्रा कति होला, कस्तो तेल वा घ्यूको प्रयोग भएको होला, प्रिजरभेटिभको प्रयोग भएको छ कि छैन् जस्ता कुराहरु बिचार गर्नुपर्छ ।

केही नसोची यस्ता खानेकुरा निर्घक्क सग प्रयोग गर्नु असामयिक स्वास्थ्य दुर्घटनाको लागि बाटो खोलिदिनु हो ।

ट्रान्स फ्याट पनि एक प्रकारको अनसैचुरेटेड फ्याट नै हो, तर यसले नराम्रो कोलेस्ट्रोल LDL लाई बढाउँछ र राम्रो कोलेस्ट्रोल HDL लाई घटाउछ । यसले नराम्रो कोलेस्ट्रोललाई मुटुको रक्तनलीमा थुपारेर ‘Coronary Artery Disease’ हुने सम्भावना बढाउँछ ।

ट्रान्स फ्याट सैचुरेटेड एनिमल फ्याट भन्दा पनि बढी खतरनाक हुन्छ । यसले रक्तनलीमा Blockage बन्ने संभावना पनि बढाउँछ । बजारमा पाइने धेरैजसो खानेकुरामा ट्रान्स फ्याटको मात्रा धेरै हुनसक्छ । विशेष गरेर फास्ट food, फ्रोजेन food र प्रोसेस्ड food, यसको मात्रा बढी भएको पाइन्छ । खानेकुरा किन्ने बेलामा ट्रान्स फ्याटको मात्राको बारेमा जानकारी राख्न जरुरी हुन्छ ।


Loading comments...