Lifestyle Portal
  •   ४ चैत्र २०७९, शनिबार

मानव अधिकार विरुद्धका सयौं घटनामा संलग्न अफ्गानीस्तानका ‘वारलर्ड’ भनिने दोस्तम दूर्लभ ‘मार्शल’ उपाधीद्वारा विभूषित

२१ असार २०७७, आईतवार १५:१२

लोकप्रिय

अफ्गानीस्तानका अन्डरग्राउण्ड डन मानिने यि वारलर्ड त्यहाँका अधिकांश बलात्कार, चोरी, लुट अनि अपहरणका मुद्दाहरुमा अभियोग लागेका ठूलो आपराधिक तथा गैरकानूनी समूह चलाउने र अपराधीलाई संरक्षण गर्ने आरोपमा मुछिएका व्यक्ति हुन् । मानव अधिकार उल्लंघनका हजारौं मुद्दाहरु यिनीउपर छ यद्धपी यिनै व्यक्तिलाई अफगान सरकारले सेनाको सबैभन्दा ठूलो उपाधी ‘मार्शल’ले विभूषित गरिदिएको छ ।

अव्दुल राशीद दोस्तम ६६ वर्षका छन्, यिनलाई अफ्गानी सेनाको सम्मानजनक मार्शल उपाधीले बिभूषित गरिएको हो । राष्ट्रपति अशरफ घानीले यो सम्मान प्रदान गरेका हुन् । अव्दुल राशीदका प्रवक्ताले दोस्तमको भनाई उदृत गर्दै भनेका छन्, “आफूलाई यसरी मार्शल उपाधी प्रदान गरिनु हजारौं जना मुजाहिद्धिन लडाकुको वलिदानलाई कदर गरिएको” बताएका छन् ।

सन् २०१४ मा दोस्तम घानीको सरकारमा उपराष्ट्रपतिका दावेदार थिए तर त्यसो हुन सकेन । अफगान सरकारले आफ्ना जम्मा ३ जना नागरीकलाई मात्र अहिलेसम्म सेनाको मार्शल डिक्रि दिएको छ, दोस्तम तेश्रो व्यक्ति हुन् । वारलर्ड भनेर चिनिएका अव्दुल राशीदको अफ्गानीस्तानमा एकदमै क्रुर छवी छ, हजारौं किटानी जाहेरी सहितका मुद्धा समेत अव्दुल राशीद अफ्गानीस्तानका वारलर्ड मानिन्छन्, पछिल्लो समय राष्ट्रपति घानीसँगको विवादका कारण यिनी अपोजिशन अव्दुल्लाह तर्फ झुकेका मानिन्छ, गत मे महिनामा अव्दुल राशीद र अहिलेका राष्ट्रपति रुहानीबिच सम्झौता भए अनुसार नै यो महत्वपूर्ण उपाधी प्रदान गरिएको हो । अफ्गानीस्तानमा यिनी अत्यन्तै महत्वपूर्ण तथा शक्तिशाली व्यक्ति मानिन्छन ।

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

भारतकी राष्ट्रपति श्रीमती द्रौपदी मुर्मु र राष्ट्रपति रामचन्द्र पौडेल बीच टेलिफोन संवाद भएको छ। हाल केरला भ्रमणमा रहनुभएकी भारतीय राष्ट्रपति

वीरगञ्ज र यस वरपरका क्षेत्रको आर्थिक विकासको लागि केही लेख्न मन लागेको छ। यस लेखमार्फत मैले लेख्न खोजेको वा भन्न

भारतीय चर्चित अभिनेता तथा निर्देशक सतीश कौशिकले ६६ वर्षको उमेरमा अन्तिम् सास लिएका छन्। समकालिन मित्र तथा कलाकार अनुपम खेरले

केही दिन पहिले (२०२७९, फागुन ५) उद्योग मन्त्रालयले एउटा महत्वपूर्ण निर्णय सार्वजनिक गरेको थियो। उक्त निर्णयले सरकार मातहतका निकाय तथा