
कोरोनाभाइरस संक्रमितहरुका लागि दिल्लीमा खुल्यो ‘विश्वकै सबैभन्दा ठूलो’ स्याहार केन्द्र
२२ असार २०७७, सोमबार ००:४२
छिमेकी राष्ट्र हिन्दुस्तानको राजधानी नयाँ दिल्लीमा एक हजार शय्यासहितको ‘कोरोनाभाइरस स्याहार केन्द्र’ सरदार पटेल कोभिड अस्पतालको उद्घाटन भएको छ । जसमा २५० वटा आइसियु बेड रहेका छन् । कोरोनाभाइरस (कोभिड-१९) संक्रमणको प्रारम्भिक लक्षण तथा कोभिड-१९ पोजेटिभ भएको अथवा कोभिडसँग सम्बन्धित कुनै पनि लक्षण नदेखिएकाहरुका लागि समेत केन्द्रले उपचारको व्यवस्था गर्नेछ ।
‘विश्वकै सबैभन्दा ठूलो’ संक्रमित स्याहार केन्द्र दावी गरिएको त्यस स्याहार केन्द्र झण्डै बिस (२) वटा फुटबल मैदान बराबरको क्षेत्रफलमा रहेको छ ।
ट्विटर ह्याण्डलमार्फत सरदार पटेल कोभिड अस्पतालबारे हिन्दुस्तानका गृहमन्त्री तथा भारतीय जनता पार्टिका पूर्व अध्यक्ष अमित शाहले सार्वजनिक गरेका हुन् । शाह लेख्छन्, “डीआरडीओले सरदार वल्लभ भाई पटेल कोभिड-१९ अस्पताललाई केवल १२ दिनको रेकर्ड समयभित्र MHA, MOHFW, सशस्त्र बलो तथा टाटा ट्रस्टको सहयोगमा बनाइएको हो ।” उनीसगँगै रक्षामन्त्री राजनाथ सिंह तथा टाटा सुपुत्र पनि उपस्थित थिए ।
Visiting the 1000 Bed Sardar Patel COVID Hospital with 250 ICU Beds built in record time by DRDO & Tata Sons along with Raksha Mantri Shri @rajnathsingh ji. https://t.co/WHvV1wtALe
— Amit Shah (@AmitShah) July 5, 2020
यस ‘कोरोनाभाइरस स्याहार केन्द्र’मा ६०० सैन्य जवानलाई सेवाका लागि उपलब्ध अवस्थामा राखिएको छ । जसमा तत्कालका लागि डाक्टर, नर्श, स्टाफ तथा प्यारामेडिकल टिम पनि संलग्न छन् ।
कोरोनाभाइरस (कोभिड-१९) को संक्रमणमा दिल्ली भारतको अत्याधिक प्रभावित क्षेत्रमध्ये एकमा पर्दछ । भारतमा आइतवार सर्वाधिक चौबिस हजार आठसय (२४८००) नयाँ संक्रमित भेटिएको घटना पुष्टि भएसँगै विश्वभरमा सबैभन्दा बढि कोरोनाभाइरस संक्रमित दर्ता भएको देशको सूचीमा रसियालाई पछाडी पार्दै तेस्रो स्थानमा पुगेको छ । भारतमाथी अमेरिका तथा ब्राजिलमा भारतभन्दा दुइगुणा बढी कोरोनाभाइरस संक्रमित दर्ता भएका छन् । शिर्ष १२ देशको सूचीमा भारतसहित एशियाका ३ देशहरु रहेका छन् ।
कोरोनाभाइरस (कोभिड-१९)को संक्रमणका कारण हालसम्म भारतमा उन्नाइस हजार (१९०००) भन्दा बढीले ज्यान गुमाइसकेका छन् ।
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
काठमाडौँ, १९ पुस : काठमाडौँ महानगरपालिकाको पुरानो बसपार्कमा निर्माणाधीन काठमाडौँ भ्यूटावर अर्काे वर्ष सञ्चालनमा आउने भएको छ । जलेश्वर स्वच्छन्द
एजेन्सी न्युयोर्क, १९ पुस अमेरिकी अन्तरिक्ष निकाय नासाले भर्खरै नयाँ कक्ष सुरु गर्दा सूर्यको अनौठो र सुन्दर तस्बिर सेयर गरेको
एजेन्सी सीउल, १९ पुस उत्तर कोरियाली नेता किम जोङ उनले दोस्रो शक्तिशाली सैन्य अधिकारी पाक जोङ चोनलाई पदमुक्त गरेको कोरियाली
एजेन्सी सेनेगल, १९ पुस सेनेगलका दुई विपक्षी सांसदलाई बजेटको बहसका क्रममा गर्भवती सांसदलाई पेटमा लात हानेको अभियोगमा ६ महिनाको जेल