Lifestyle Portal
  •   २१ माघ २०७९, शनिबार

भारतद्वारा इलाममा ‘श्री सप्तमाई गुरुकुल संस्कृत विद्यालय’को निर्माण सम्पन्न

२२ असार २०७७, सोमबार १९:४०

लोकप्रिय

काठमाडौं, २२ असार । नेपाल–भारत मैत्री विकास सहकार्य कार्यत्रम अन्तर्गत ने.रु. ३१.१३ मिलियन लागतमा निर्माण गरिएको ईलाम जिल्लाको बरबोटे गाउँ विकास समितिमा अवस्थित श्री सप्तमाई गुरुकुल संस्कृत विद्यालयको औपचारिक उद्घाटन बरबोटे गाउँ विकास समिति, विद्यालय व्यवस्थापन समिति र भारतीय राजदूतावासका प्रतिनिधिहरुद्वारा आज भिडियो कन्फरेन्स मार्फत गरिएको छ ।

नेपालस्थित् भारतीय दूतावासले जारी गरेको विज्ञप्तीअनुसार सन् २००९ मा प्राथमिक विद्यालयको रुपमा स्थापित यस विद्यालय सन् २०१५ मा माध्यमिक तहमा स्तरोन्नति भएको थियो । विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई वैदिक तथा आधुनिक शिक्षा संस्कृत भाषामा पनि अध्यापन गराइनु विद्यालयको नवीनतम पक्ष हो । ईलामसँग जोडिएका अन्य जिल्लाहरुबाट आएका विद्यार्थीहरुका लागि विद्यालयले आवासीय सुविधा प्रदान गर्दछ ।

भारत सरकारको आर्थिक सहयोगमा निर्मित यस चार तल्ले भवनमा विद्यालय तथा छात्रावासको ब्लक रहेका छन् जसमा दशवटा कक्षाकोठा, आवासीय विद्यार्थीका लागि नौवटा शयन कक्ष, चारवटा अध्ययन कक्ष, वार्डेन कार्यालय, एउटा बैठक कक्ष, एउटा साझा हल, तीनवटा भण्डारण कक्ष र प्रत्येक तल्लामा छात्र र छात्राका लागि छुट्टै सरसफाईका सुविधाहरु रहेका छन् । जिल्ला समन्वय समिति ईलामले यस परियोजनाको कार्यान्वयन गरेको हो ।

यस नवनिर्मित संरचनाले विद्यार्थीहरुको सिकाई वातावरणलाई अभिवृद्धि गर्ने अपेक्षा गरिएको छ । शिक्षाको क्षेत्रमा पूर्वाधार विस्तार गर्ने नेपाल सरकारको प्रयासलाई पुरा गर्ने सहयोगीको रुपमा रहेको यस परियोजनासँग भारत सरकार र जनताको तर्फबाट जोडिन पाएकोमा भारतीय दूतावास खुशी व्यक्त गर्दछ ।

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

भक्तपुर, १७ पुस: अङ्ग्रेजी नयाँ वर्ष, २०२३ को पहिलो दिन । भक्तपुरका प्रमुख गन्तव्य मानिएका पर्यटकीयस्थल नगरकोटदेखि रानीकोटसम्मका होटल स्वदेशी

“आमा मलाई हुर्काउनु भो, पढाउनु भो, माया दिनुभयो । अब म हजुरको सधैँ सेवा गर्छु है” भन्दै नारायणी नमूना मावि

खजुरा, १५ पुस : निकै तामझामका साथ नेपालगञ्जको ऐतिहासिक पर्यटकीय ताल रानीतलाउलाई सञ्चालनमा ल्याइए पनि अहिले संरक्षणको अभावमा पुनः जीर्ण

महोत्तरी, १३ पुस महोत्तरीको बर्दिबास नगरपालिका स्थित तल्लो पाटुको विवादित जग्गालाई विद्यालयको संरक्षणमा ल्याइएको छ । पाटु स्थित जन जागृत