
‘फोटो नेपाल’ प्रतियोगिताको उत्कृष्ट ५ विजेता घोषित
२३ असार २०७७, मंगलवार २३:४९
लकडाउनमा घर बसाइको समयलाई सृजनात्मक बनाउँदै आफ्नो ठाउँलाई प्रचार गर्ने उद्देश्यका साथ नेपाल पर्यटन बोर्डले आयोजना गरेको झयालबाट देखिने सुन्दर दृश्यको फोटो प्रतियोगितामा सहभागी सात सय भन्दा बढी फोटोहरुमध्ये उत्कृष्ट ५ छनौट गरिएको छ ।
उत्कृष्ट पाँचमा छनौट भएका फोटोग्राफरहरु प्रबिन श्रेष्ठ, उमेश स्थापित, शुसिल पौडेल, साम्दे शेर्पा र कमल कँडेल रहेका छन् । यस प्रतियोगिताको मुख्य निर्णायकमा वरिष्ठ फोटोपत्रकार नरेन्द्र श्रेष्ठ हुनुहुन्थ्यो ।

प्रतियोगितामा नेपालको कुनै ठाउँको प्राकृतिक सौन्दर्य, संस्कृति, पर्यटन गतिविधि वा केही पनि सान्दर्भिक तस्बिरहरु अनलाइनबाट पठाउन अनुरोध गरिएको थियो ।
नेपाल पर्यटन बोर्डको फोटो अभियानको साइट photonepal.travel मार्फत प्रतियोगितामा सहभागीता जनाइएको थियो । विजयीहरुलाई जनही दश हजार नगद पुरस्कार प्रदान गरिनेछ ।
बोर्डका कार्यकारी प्रमुख डा. धनञ्जय रेग्मीले बिजयीहरुलाई वधाइ एवं सहभागीहरुलाई धन्यवाद ज्ञापन गर्दै आगामी दिनहरुमा पनि बोर्डको नेपाल प्रबद्र्धन गर्ने अभियानहरुमा सहभागी हुन अनुरोध गर्नुभएको छ ।
उत्कृष्ट फोटोहरु फोटो नेपालको तलको लिङ्क र मेलसँगै प्रेषित छ
https://photonepal.travel/photo/3007/rolwaling-himal-range-with-kathmandu-valley
https://photonepal.travel/photo/2424/serene
https://photonepal.travel/photo/3513/the-serenity-from-the-window
https://photonepal.travel/photo/3259/khasti-chaitya-boudha
https://photonepal.travel/photo/2690/nepali-conversation
कभर तस्वीरः सुशिल पौडेल



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
नइ प्रकाशनको प्रतिष्ठा, गरिमा र महिमाको उचाइ अभिवृद्धिका लागि विशिष्ट योगदान पुर्याएबापत देशदेशान्तरका महानुभावलाई ‘नइ रजत महोत्सव पदक’ अर्पण गर्ने
असार १९, वीरगंज । विश्व हिन्दू परिषद् नेपाल, पर्सा निकट युवाहरुद्वारा पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिकामा विरोध प्रदर्शन गरिएको छ ।
भारत सरकारको अनुदान सहयोग अन्तर्गत नेपालका विविध हितग्राही संस्थाहरुलाई ७५ वटा एम्बुलेन्स र १७ वटा विद्यालय बस उपहार प्रदान गरिएको
नेपालका लागि नवनियुक्त भारतीय राजदूत नवीन श्रीवास्तवले आज राष्ट्रपति भवन, शितल निवासमा आयोजित एक समारोहमा सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारी