अमेरिकी विश्वविधालयका कक्षाहरु अनलाइन भएमा आप्रवासी विद्यार्थीहरुले देश छाड्नुपर्ने सम्भावना


अमेरिकी होमल्याण्ड सेक्यूरिटीको इमिग्रेशन एण्ड कस्टम इनफोर्समेन्ट (आइसीई) निकायले अबका दिनहरुमा अमेरिकी विश्वविधालय नखुलेर अनलाइन कक्षाहरु भएको स्थितिलाई ध्यान दिंदै स्टुडेन्ट एक्सचेन्जमा आएका विद्यार्थीहरुका लागि नयाँ इमिग्रेशन नियमहरु ल्याएको छ ।

डिपार्टमेन्ट अफ स्टेटले अमेरिकामा पूर्ण रुपमा अनलाइन कोर्समा सञ्चालन भइरहेका कार्यक्रमहरुमा विद्यार्थीहरुलाई समावेश गर्नका लागि भिसा नदिने र विद्यार्थीहरुलाई आ-आफ्नै देशमा बसेर अध्यन गर्न प्रोत्साहन गरिने बताइएको छ । अमेरिकामा नै बसिरहेका विद्यार्थीहरु जस्को कोर्सहरु सम्पूर्ण रुपमा अनलाइन हुनेछन्, उनीहरुलाई अमेरिकाले भिसा अवधि बढाउने छैन । यसो नगरेर ति बिधार्थीहरु अमेरिका मा नै बसिरहेमा उनीहरुलाई इमिग्रेशन कन्सीक्वेन्सेस र फोर्सफूल रिमुभिङमा मात्र सिमित नहुने कानुनहरु लागू हुनेछ । यदि अध्ययन संस्थाहरुले हाइव्रिड मोडल लागू गरेमा ३ घण्टा क्रेडिट कोर्स अनलाइन या एउटा भन्दा बढि कक्षाहरु भौतिक रुपमा नै सञ्चालन गरेको खण्डमा भने विद्यार्थीहरुलाई भिसा प्रदान गरिने बताइएको छ ।

आइसीई प्रतिवेदनका अनुसार सन् २०१८ सम्ममा मात्र अमेरिकामा १५ लाख ५० शजार नन एक्टिभ नन इमिग्रेशन भिसाहरु जारी गरिएको थियो । राष्ट्रपति डोनाल्ड ट्रम्प आँउदो फल सेसनमा अमेरिकाका स्कुल र कलेजहरु खोलिनुपर्ने कुरामा अडिग छन्, यद्धपी यिनका ट्वीटमा आँउदो राष्ट्रपति चुनावका दरिला उम्मेदवार जोइ वाइडेनलाई उद्धृत गरेर डेमोक्र्याटहरुले राजनैतिक फाइदाका लागि स्कूल कलेजहरु खोल्न बाध्य गरिरहेको उल्लेख गरेका छन् । हारवर्ड विश्वविधालयले प्रथम वर्षका विद्यार्थीहरुलाई कलेजमा नै बस्न प्रावधान जारी गर्दै अन्य वर्षहरुमा अध्यनरतहरुलाई अनलाइनमा नै पढ्न उर्दि जारी गरेको छ ।

स्मरण रहोस् विश्वभरि सबैभन्दा धेरै कोरोना संक्रमण र मृत्यू भएको देश अमेरिका हो ।


Loading comments...