कीर्तिपुर शहर ‘सिटी अन द हिल’


काठमाण्डौ उपत्यका घुम्नेहरुको लागि अर्को जीवन्त इतिहास, कला, खानपान, संस्कृती तथा प्राकृतिक सुन्दरता निहार्नेहरुका लागि कीर्तिपुर एउटा छुट्टै पर्यटकीय लोक बन्न सक्छ । यही सम्भावनालाई आत्मसाथ गर्दै कीर्तिपुर शहरले नयाँ ब्रान्ड “सिटी अन द हिल” को ब्राण्ड लोगो एक कार्यक्रमका बीच २०७७ असार १९ मा अनावरण गरेको छ । यस ब्रान्डको कीर्तिपुरमा आयोजित ब्रान्ड इन्डोरसेन्ट कार्यक्रममा अनावरण गरिएको थियो । यससँगै यो शहर नेपालका पहिलो औपचारिक ब्राण्डिङ्ग भएको शहर बनेको छ ।

कार्यक्रममा ब्रान्ड विवरण, लोगो र अभियानहरू लगायतकामा विषयमा प्रस्तुती गरिएको थियो । कार्यक्रममा बोल्दै मेयर रमेश महर्जनले वर्तमान महामारीको कारण यस्तो ऐतिहासिक उपलब्धि सार्वजनिक गर्न नसकिइएको बताउँदै किर्तिपुरले महामारी पछी भने आफुलाई पर्यटन गन्तव्यको रूपमा स्थापित गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
यसै अवसरमा नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख डा धनञ्जय रेग्मीले कीर्तिपुरको खाना, उत्सव, संस्कृतिमा छुट्टै विशेषता रहेको बताउँदै कीर्तिपुर शहरलाई आन्तरिक र बाह्य पर्यटकहरूका लागि आकर्षक गन्तव्यको रूपमा विकास गर्न सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो । शहर ब्राण्डिङ्गले विगतमा पर्यटन व्यवसायलाई विभिन्न सङ्कट्बाट उकास्न मद्दत पुर्र्याएको बताउदै उनले कीर्तिपुरलाई पनि यस नयाँ ब्राण्डिङ्गल आन्तरिक र विदेशी पर्यटकहरूमाझ स्थापना गर्ने बताउनु भयो ।


Loading comments...